पाँचथर, १५ साउन । पाचथरको दक्षिणी भेकमा अबस्थित कुम्मायक गाउपालिकाको यासोक बजारस्थित कुम्मायक गाउपालिका वडा न, ४ को रानिगाउ लाइनमा रहेका अधिकाङ्स घरहरू अविरल बर्षाका कारण पहिरोको जोखिममा रहेका छन् ।
अविरल वर्षासँग विहिबार गएको पहिरोले स्थानीय वडा नं. ३ का प्रसादसिं देवानको पक्की घर पुरिएको छ भने उक्त घरमा बस्दै आएका अमृत थापा र यादव खजुमको परिवारलाई स्थानीय प्रहरी प्रशासनद्वारा सुरक्षित स्थानमा सारिएको छ ।
माथीबाट निरन्तर पहिरो खसिरहेकोले स्थानीय बासीमा बजार आउजाउ गर्न डर त्रास फैलिएको छ । हालसम्म मानवीय क्षति नभए पनि अन्य घरहरू समेत पहिरोको जोखिममा रहेका छन् । पहिरोको कारण विद्युत सेवा पनि अवरुद्ध भएको इप्रका यासोकका इन्चार्जले जानकारी दिएका छन् ।
पहिरोले पुरिएको घरमा के कति क्षति भयो भन्ने कुराको एकिन विवरण आउन बाकी रहेकोे छ ।
बन्द रहेका विद्यालयहरु पुनःसञ्चालनमा ल्याउने तयारी
पाँचथरमा ‘याक्थुङ लेखक संघ, जिल्ला शाखा पाँचथर’ गठन
दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।