सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक, दूतावासले थाल्यो अनुसन्धान - Naya Online

सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक, दूतावासले थाल्यो अनुसन्धान

जेडी गाउँले

मलेसिया, ३१ जुलाई । एक सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक भएपछि यस विषयमा मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान थालेको छ ।

सार्वजानिक भएको भिडियोमा एक सुरक्षा गार्डलाई मलेसियन भाषामा गाली गर्दै एकजना व्यक्तिले लठ्ठीले पिट्दै गरेको देखिन्छ । उक्त भिडियोमा पिट्ने व्यक्तिले लगातार गाली गर्दै पिटिरहेको देखिन्छ भने सुरक्षा गार्डको पोशाक लगाएका व्यक्ति चुपचाप पिटाइ सहिरहेका देखिन्छन् । त्यसैगरी दृश्यमा नदेखिने अर्को व्यक्ति हिन्दीमा बोलेको सुनिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कुट्ने व्याक्तिले प्रयोग गरेको भाषा र दृश्य हरुले घटना मलेसियाकै रहेको पुष्टी भए पनि कुटिने व्यक्ति नेपाली नै हो भन्ने यकिन भइसकेको छैन । मलेसियामा रहेको नेपाली दूतावासले भने मलेसियामा सुरक्षा गार्ड पिटिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र अहिले त्यो घटनाको थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उजुरी गरिसकेको जनाएको छ ।

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाद्वारा आर्थिक सहयोग

कैलाली । सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाले कैलालीका विभिन्न क्षेत्रमा ७६ घर परिवारलाई आर्थिक सहयोग...

जुममा संघीय लोकतान्त्रिक मञ्च इजरायलको दोश्रो अधिवेशन

इजरायल, ४ अगष्ट । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलिराम), लिम्वुवान मञ्च नेपाल अन्तरगतको प्रवास...

दूतावासले भन्यो -पिडित र पिडक दुवै नेपाली

मलेसिया, ३ अगष्ट । कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा एकजना गार्डलाई निर्मम तवरले कुटपिट गरेको...

सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक, दूतावासले थाल्यो अनुसन्धान

मलेसिया, ३१ जुलाई । एक सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक भएपछि यस विषयमा मलेसियास्थित...