सुम्हा?लुङ, मिल्गु, सुम्बेत्लुङ संरक्षण सरोकार समूह गठन - Naya Online

सुम्हा?लुङ, मिल्गु, सुम्बेत्लुङ संरक्षण सरोकार समूह गठन

धरान, १६ साउन । आदिवासी भूमी सुम्हा?लुङ, मिल्गु, सुम्बेत्लुङ (तीनजुरे मिल्के जलजले (TMJ) संरक्षण सरोकार समूह विहिबार गठन भएकोछ ।

याक्थुङ सयङ (थरगत) सहजिकरण समूहको आयोजनामा भएको भिडियो कन्फ्रेन्समार्फत गठित सरोकार समूहका संयोजक नरप्रसाद लुम्फुङवा छन् । त्यसैगरी सदस्यहरुमा उत्तम लिङथेप, टंकमाया लिम्बु, तेजमान कन्दङवा, अनिल थल्लङ, खगेन्द्र देवान, मागमान लिंखा, ज्ञानु फुरुम्बो, भगत हुक्पा चोङबाङ, हर्क तेयुङ, पूर्णबहादुर लुम्फुङवा, गिर्जमान आङबुङ, तिर्थराज मादेम्बा, बिष्णु यक्सो, खगेन्द्र खापुङ, डीविहाङ वनेम, गोपाल सेरेङ मादेन, राम आङबुहाङ र लालबहादुर नयोङ छन् ।

सरकार समूहले चाँडै परामर्श/सल्लाहकार गठन गर्ने, अभियान आन्दोलनप्रति प्रतिवद्ध जनप्रतिनिधी, बुद्धिजीवी संलग्न परामर्श समुहमा संगठित गर्ने निर्णय पनि गरेको छ । परामर्श लिनुपर्ने व्यक्तिहरुमा हाललाई दुर्गामणी देवान, बालकृष्ण मावुहाङ, अर्जुन मावुहाङ छन् भने अन्य आवश्यकता हेरी थप्दै लैजाने भएको छ ।

त्यसैगरी बाँकी प्रत्येक सयङबाट दुईजना अनिवार्य महिला पर्ने गरी सदस्य थप गर्ने निर्णय पनि भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

चौविसे गाउँपालिकामा जनजाति सङ्ग्राहलय उद्घाटन

धनकुटा, २५ साउन । २६ औं विश्व आदिवासी जनजाति दिवसमा नेपाल आदिवासी जनजाति महासंघ...

कुम्मायक गाउपालिकामा २६ औं आदिवासी दिवस

पाँचथर, २५ साउन । आदिवासी जनजाति महासंघ कुम्मायकको आयोजनामा कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा २६...

ताप्लेजुङमा लडेर एक महिलाको मृत्यु

ताप्लेजुङ, २४ साउन । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका ४ निवासी चलमाया खेवाङ लिम्बूको गए...

मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

कास्र्की, २४ साउन । कास्कीको माछापुच्छ्रे गापा वडा नं ३ घाचोक कि मृगौला पीडित...