‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले - Naya Online

‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले

नडाहा, १७ साउन । लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको ‘भाग्य लेख्ने मसी’ गीत म्युजिक भिडियोमा सार्वजानिक भएको छ ।

वैदेशिक रोजगारको क्रममा हाल ओमानमा रहेकी मुना वान्तावाको सो गीतमा मिलन बम्जनको स्वर रहेको छ भने सङ्गीत देवेश राईको रहेको छ । पछिल्लो समयका नयाँ पुस्ताले माया पिरतीमा भोग्नु परेको पीडालाई प्रेम कथामा उतारिएको सो म्युजिक भिडियोमा अभिनय मोडल सुरज तामाङ, शोभा थापा र होम रोक्काले गरेका छन् । यो गीतलाई बजारमा मिरर लाइट प्रोडोक्सनले बजारमा ल्याएको हो ।

सो गीतको निर्देशन, सम्पादन र छायांकन देवेन्द्र पुनले गरेका छन् । सुनसरीको नडाहामा जन्मिएकी मुनाले गीतका अलवा गजल र कवितामा पनि निरन्तर कलम चलाउदै आएकी छिन् । यसअघि पनि उनको गीतहरू रेकर्ड भैसकेका छन् भने, विभिन्न पत्रपत्रिकामा विविध विधाका रचनाहरू प्रकाशित भइसकेका छन् ।

सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै गीतबारे गीतकार मुना भन्छिन् –“मैले अहिलेको युवा पिढीले गर्ने माया र पिरतीको प्रसङ्गलाई उठान गरेकी छु । यो गीत सबैले सुनेर कन्जुस्याइँ नगरी प्रतिक्रिया दिनुभयो भने म आफ्ना कमजोरीहरू सुधार्ने मौका पाउँछु । जसले गर्दा लेखनमा म निखारिन सक्छु ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा म्युजिक भिडियो

तेह्रथुम, ८ असोज । टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको...

गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड

काठमाडौं, ८ असोज । पाःलाम प्रतियोगितामा उत्कृष्ट २० मा पर्ने गरिमाया लिम्बू र उत्कृष्ट...

तमर फिल्म्स्द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बूलाई अवसर

काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा

काठमाडौं ७ असोज । गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा...

सागर शर्माको दशैं गीत ‘दशैं होईन दशा’ सार्वजनिक

काठमाडौं, ७ असोज । हिन्दुहरूको महान चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे...

विदेशिएका युवावर्गको पीडा प्रस्तुत गरिएको भिडियो सार्वजनिक

काठमाडौं ६ असोज । विदेशिएका युवावर्गको पीडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ...

अब राजन मुकारुङ संगीतकार पनि

काठमाडौं, ६ असोज । साहित्यकार राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक भएको छ...

प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वरमा ‘सानु’ मा

काठमाडौं, ६ असोज । आकाश श्रेष्ठ र एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत...

सुखदेव राईको ‘हतुवागढी घोरेटार बजार’ सार्वजनिक

काठमाडौं, ५ असोज । सुखदेव राईको स्वर तथा संगीतमा ‘हतुवागढी घोरेटार बजार’ सार्वजनिक भएको...

‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक

काठमाडौं, ३ असोज । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ...