‘पाथिभरालाई मुकुमलुङ्मा नामाकरण गर्नैपर्छ’ –सञ्जुहाङ पालुङ्वा - Naya Online

‘पाथिभरालाई मुकुमलुङ्मा नामाकरण गर्नैपर्छ’ –सञ्जुहाङ पालुङ्वा

विर्तामोड, १७ साउन । संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वाले आफुले थाहा पाएदेखि ‘मुक्तो कुक्मार मुकुमलुङ’ नै रहेको र पछिल्लो समयमा दमनकारी राज्यसत्ताले जबर्जस्ती पाथिभरा बनाएकोमा घोरभर्त्सना गर्दै यो तुरुन्त नसच्याए कडा संघर्ष गर्ने बताएका छन् । शनिबार विर्तामोडमा लिम्बुवान स्प्रीङ आन्दोलनको बहस कार्यक्रम पालुङ्वाले यस्तो बताएका हुन् ।

त्यसैगरि संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, संघिय लिम्बुवान मंच नेपालका उपध्यक्ष ज्ञानुहाङ इम्बुङले पन्चायती ब्यवस्थाको जस्तो मात्र नभएर अहिलेका याक्थुङ्बाहरुको चेतना धेरै अगाडी बढिसकेकोले अब उप्रान्त यस्ता हस्तक्षेप नगर्न र गरे भयानक सामना ब्येहोर्न सरकारलाई चुनौती दिएका थिए ।

रंगकवी धर्मेन्द्र नेम्बाङले मुकुम्लुङ याक्थुङ्बाहरुको माङ्गेना चोत्लुङ मध्येकै एक रहेकोले यसको अस्तित्व माथी खेलवाड गर्न भनेको सिंगो याक्थुङ सामुदायमा माथी अपहेलना गरेको ठान्दै यस्तो हर्कत नगर्न राज्यसत्तालाई आग्रह गरे ।

मुन्धुमविद आर. बि. पालुङ्वाले मुकुमलुङ याक्थुङ्बाहरुको प्रत्येक मुन्धुममा वर्णित भएर आउने भएकोले यो पाथिभरा नभएर मुकुम्लुङ नै भएको बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ का जिल्ला अध्यक्ष भक्त खेवाङ, लाजेहाङ साम्यु, एल बि पालुङ्वा, निश्चलता लावती, रमेश तुम्रोक, प्रेमदिप थाम्सुहाङ, नन्दुभाइ मेन्याङ्बो लगायतले विकाशको नाममा स्थानीय रैथानेहरुको र सिंगो याक्थुङ जातिको आस्थाको धरोहर मुकुम्लुङको प्रकृतिक सौन्दर्य नष्ट गरेमा जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको बताए ।

लिम्बुवान स्प्रीङ आन्दोलनका संघर्ष समिती संयोजक इक्साहाङ चेम्जोङको अध्यक्षतामा भएको उक्त बहस भेलामा प्रमुख अतिथि संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वा थिए । लिम्बुवान स्प्रीङ आन्दोलनका सक्रिय सदस्य पुष्पहाङ लोवाले कार्यक्रम संचालन गरेको कार्यक्रमलाई बिर्तामोडको बसपार्कस्थित राँके होटल र डिल्ली मावोले प्रायोजन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

कोरोना (कोभिड १९), जनता र सरकार

पृष्ठभूमि डिसेम्बर २०१९ मै चिनको बुहानमा देखा परेर संक्रमण शुरु भएको कोरोना (कोभिड १९)...

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध

काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ...

सेनाको कुटाईबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई १० लाख दिने

चितवन, १७ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको कुटपिटका कारण अनाहकमा ज्यान...

‘पाथिभरालाई मुकुमलुङ्मा नामाकरण गर्नैपर्छ’ –सञ्जुहाङ पालुङ्वा

विर्तामोड, १७ साउन । संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वाले आफुले थाहा...