कोरोना (कोभिड १९), जनता र सरकार - Naya Online

कोरोना (कोभिड १९), जनता र सरकार

पृष्ठभूमि
डिसेम्बर २०१९ मै चिनको बुहानमा देखा परेर संक्रमण शुरु भएको कोरोना (कोभिड १९) फागुन २०७६ मा नै नेपालमा देखा परेको थियो । चिनले लक डाउन गरेर यसलाई नियन्त्रण त गर्यो तर यो अन्य देशहरूमा माहामारीको रूपमा फैलियो । अन्य देशमा फैलिरहदा भने नेपालमा यो आई पुगेकै थिएन र फैलिएको थिएन । यसर्थ, यसबाट नेपाली जनतालाई बचाउन र यसको व्यवस्थापन गर्न नेपाललाई प्रशस्त मौका तथा समय थियो । तर नेपाल सरकारले यसको लागी तत्काल कदम नचालेर प्रधानमन्त्रि ओलीको स्वास्थ्यमा केन्द्रित रह्यो र तुरुन्त लकडाउन गर्न केपी ओलीलाई अस्पतालबाट बाहिर आउदासम्म पर्खि बस्यो । अन्तत ओली चैत्रको पहिलो हप्तामा अस्पतालबाट बाहिर आए र लकडाउनको घोषणा त गरे तर त्यो ढिलो भईसकेको थियो ।

सरकारको सजगता
सरकार भनेको व्यक्ति होईन त्यो त संस्था हो राज्यसत्ताको मुख्यनायक हो । सरकारले जनताको स्वास्थ्यको लागि कोरोनाको व्यवस्थापन गर्न तत्काल सजग भएको देखिएन । लकडाउन भनेको कोरोनालाई फैलन नदिई प्रभावकारी व्यवस्थापन गर्न तयारीको लागी थियो । सरकारले कोरोना व्यवस्थापनको लागि लकडाउन त गर्यो तर त्यसको प्रभावकारी व्यवस्थापनभन्दा अन्य कुरामा ध्यान दियो । सरकारले हवाई उडानबाट आउनेहरूलाई विमानस्थलबाट सोझै क्वारेन्टाईनमा लानु पर्दथियो तर त्यो गरेन । हवाई उडान पनि ढिलो गरि बन्द गर्यो । दोस्रो, नेपाल सिमा नाकाहरूलाई नियन्त्रण गरिनु पर्दथियो र खास–खास नाका खुला गरिनु पर्दथियो । भारतबाट आउनेहरूलाई सोझै क्वारेनटाईनमा लैजान सिमाका नाकाहरूमा व्यापक क्वारेन्टाईन स्थापना गरिनु पर्दथियो र त्यहाँ १४ दिन राखेर कोरोना जाच गरि आफ्नो गाउ ठाउँमा पठाउनु पर्दथियो । सरकारले मजदुरहरू खासगरि सहरी मजदुरहरूलाई १४ दिनसम्मको खाने बस्ने व्यवस्था गरेर कोरोना जाच गरि त्यसपछि काम गर्न खुला गर्नु पर्दथियो । यसो गरिएको भए देश भित्रका जनता सुरक्षित हुन्थे र देश भित्र लगातार लकडाउन गर्नै पर्दैनथियो भने दशौ अरव रूपैया खर्च पनि गर्न पर्दैनथियो ।

तर सरकार यता पट्टी लागेन बरु कोरोना जाच गर्ने किट्स तथा औजारहरूमा कमिसन खान यो या त्यो एजेण्टबाट सामान झिकाउने भन्नेतिर लाग्यो । नेपाल भारत सिमा नाका सबै बन्द गर्यो भने भारततिर आउनेहरूलाई सिमा नाकामा नारा जुलुस नै गर्नु पर्ने अवस्था आयो । यसको परिणाम मानिसहरू नाकाबाट नआई खुला सिमाको विभिन्न क्षेत्रबाट नेपाल भित्र पसे र गाउँगाउँमा कोरोना सल्किन पुग्यो । कोरोनाको कहर चलेको समयमा सरकार दल टुक्र्याउने खेलतिर लाग्यो र दल टुक्र्याउने अध्यादेश ल्यायो । सरकार दल भित्रैका गुण्डा भनेर चिनीएका र पुर्व प्रहरी प्रमुखलाई प्रयोग गरेर अर्को दलका नेता तथा सांसदहरूलाई अपहरण गर्ने कामतिर लाग्यो । यि सबै हर्कतहरूले कोरोना भुसको आगो झै भित्र भित्रै झन फैलियो ।

कोरोना नियन्त्रणको व्यवस्थापन
कोरोनाको औषधी नभएकोले यसलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न कोरोनालाई देश भित्र, क्षेत्रभित्र, गाउँभित्र र घरभित्र छिर्न नदिनु र कोरोना भए नभएको जाच गरेर निश्चित गर्नु नै यसको प्रभावकारी व्यवस्थापन थियो । यस्तो काममा सरकार शुरुमै चुक्यो र पछिल्लो समयमा अलि अलि भए पनि केही यस्ता काम भने भए तर त्यो धेरै ढिला भईसकेको थियो । अझ सरकारले फुर्ति लगाएर सरकारकै प्रभावकारी व्यवस्थापनका कारण अहिले सम्म ४–५ जना कोरोना संक्रमित भएको र रोक्न सकिएको भनेर ठुलै गफ चुट्यो तर यो उस्को व्यवस्थापनका कारणले नभएर जाँच नगरिएको र नदेखिएको कारणले भएको थियो । सरकारको व्यवस्थापन त हवाईजहाजबाट आएका मानिसहरू को को आए र कता–कता गए भन्ने सम्म रिपोर्ट लिन सकेन । २÷४ जनाको केस हिस्ट्री लिएर चित्त बुझायो ।

कोरोना नियन्त्रण व्यवस्थापनमा स्थानिय सरकारले राम्रै काम गर्यो तर उसले आफ्नै कार्यालय वरिपरि र आसपास मात्र क्वारेनटाईन बनायो । सिमाना नजिक र नेपाल–भारत सिमा नाकामा क्वारेन्टाईनका साथै चेकजाँच गर्ने व्यवस्था गर्न असफल रह्यो । हुन त यो संघीय सरकारको नीतिगत कमजोरीका कारणले भएको होला ।

केटीकेटी खेल
‘केटाकेटीलाई गुलेली खेलाउन दियो मट्याङग्राको सत्यानाश’ भन्ने हाम्रो गाउँघरमा प्रचलित उखान छ । सरकारमा बस्नेहरू कोरोनालगायत धेरै सवालहरूमा केटाकेटी जस्तो देखियो । केटाकेटीले गुलेली भेट्टाए हान्नुपर्ने ठाउँमा नहानेर जता पायो त्यता हानेर मट्याङग्रा सकाउछन् त्यस्तै सरकारमा बस्नेहरूले मट्याङग्रा मात्र सिध्याए । तर कोरोना नियन्त्रण गर्न सकेनन् । अहिले कोरोना झन–झन फैलिरहेको छ । नेपाली जनताको भाग्य भनौ कोरोनाको संक्रमण धेरै भए पनि मर्नेको संख्या अनुपातमा कम छ । यसमा पनि सरकारले बेसार र पानी खान सिकाएकै कारण मर्नेको संख्या कम भएको हो भनेर भनि दिन बेर लगाउदैन । यो त केटाकेटी जस्तै छ । केटाकेटी जस्तालाई सरकारमा पुर्याउने नेपाली जनतालाई पनि धन्यवाद नै दिनु पर्छ ।

जिम्मेवारी कस्ले लिन्छ ?
कोरोना व्यापकरूपमा फैलियो भनेर यहि साउन १५ देखि सरकारले फेरी कडाई शुरु गरेको छ । यतिखेर पुन लकडाउन र निशेधाज्ञा नै जारी गर्ने कुराहरू आईरहेको छ । कोरोनाको प्रभावकारी व्यवस्थापन नगरी लकडाउन गरेर आफ्नै दल भित्र लडाई गरिरहने कार्य भईरहेकोले अबको लकडाउनले चाही गर्छ के भन्ने प्रश्न उठ्छ । फेरि देशले कोरोना नियन्त्रणको कार्यमा काम नगर्ने र आन्तरिक लडाई गर्ने लकडाउन थेक्न सक्दैन । अर्थतन्त्र अहिल्यै चिन्ताजनक अवस्थामा पुगेको छ । जनताको हालत यस्तो दयनीय भएको छ । व्यापार व्यवसाय तथा कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ । यसको जिम्मा कस्ले लिन्छ ? शुरुमा सरकारको व्यवस्थापनले गर्दा ४–५ जना संक्रमित भएकोमै सरकारले नियन्त्रण गर्न सक्यो भन्ने सरकार र सरकारमा मन्त्रिहरूले अहिल्यै २०,०८६ संक्रमित पुग्नु, दैनिक हजारौ संक्रमित बढ्नु र ५८ मर्नु सरकारकै प्रभावकारी व्यवस्थापन र नियन्त्रणका उपायले हो भनेर किन भनिरहेका छैनन् । यो त सिधै प्रधानमन्त्रि ओली र उनले नेतृत्व गरेको सरकारको गलत हर्कतका कारण भएकोले जनताले यिनलाई सजाय गर्नु पर्ने हदसम्मको अपराध हो ।

नेताको चातुर्यता
सरकारको नेतृत्व गर्ने ओली अलि स्याल बाठो छन् । ‘स्याल बाठो भयो भने शहर छिर्छ’ भन्ने एउटा उखान छ । एकछिन झुक्याउन सफल भए पनि त्यो दिर्घकालका लागी हुदैन । उनले यस वीचमा जनताको मन मस्तिष्क डाईभर्ट गर्न कथित राष्ट्रवाद, कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धको चुच्चे नक्सा, नेपाली आयोध्याकाण्ड जस्ता कुराहरू ल्याए । जनतालाई केहीछिन भए पनि उपनिबेशकारी अवसरवादी अभिजातिय नश्लिय राष्ट्रवादले गिजोल्न सफल भए । जति झुक्याए पनि अखिर स्याललाई शहरमा यताबाट पनि कुटछन् उताबाट पनि कुट्छन, अगाडिबाट पनि कुट्छन् र पछाडीबाट पनि कुट्छन् अनि दुःखान्त मरण हुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘मुलुकी अपराध संहिताको परिच्छेद–२७ को दफा २८९ को केही उपदफा’हरू संशोधन गरौं !

निनाम कुलुङ ‘मङ्गले’ विसं २०६२/०६३ पछिको राजनैतिक परिवर्तनपछि पनि नेपालका आदिवासी जनजाति, दलित, मुसलमान,...

‘सत्चालिस सालमै मेरो कागजातमा धर्मको महलमा युमा लेखियो’

वरङहाङ थाम्सुहाङ के लेख्नु कसरी सुरु गर्नु खै ? न मैले मुन्धुम पढेको छु...

अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !

देवेन्द्र सुर्केली फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस...

लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी

नन्द कन्दङ्वा लोकतन्त्र विश्वभर लोकतन्त्रबारे प्रशस्त बहस हुने गरेको छ । सारमा लोकतन्त्रको अर्थ...

लिम्बू जातिको धर्मबारे

नन्द कन्दङवा यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र...

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन: यादव

  काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत...

कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं,२६ भदौ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा...

मापदण्डसहित उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय : पसलहरु कुन कुन बार खुल्ला हुने तालिका

काठमाडौँ , २५ भदौ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा...

किराँतसभ्यता: भ्रम वा वास्तविकता ?

यो युगमा आफ्नो सभ्यता र इतिहासप्रति गर्व नगर्ने मानिस सायद कोहि नहोला । तर...