यासोकमा युवा तथा महिला उद्यशिलता भेला सम्पन्न - Naya Online

यासोकमा युवा तथा महिला उद्यशिलता भेला सम्पन्न

पाँचथर, २१ साउन । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा बुधबार युवा तथा महिला उद्यमशिलताबारे भेला भएको छ । भेलामा उद्यमशिलता के हो र कृषि तथा विभिन्न पेसामा समुदायलाई कसरी ब्याबसायिक बनाउन सकिन्छ भन्ने बारे छलफल भएको थियो ।

लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य जकेन्द्र लावती प्रमुख उपस्थितिमा जनता समाजवादी पार्टी कुम्मायक गाउपालिकाका महिला अध्यक्ष सुनिता लावती र जनता समाजवादी पार्टी कुम्मायक गाउपालिकाका सचिब तेजेन्द्र चेम्जोङ लगायतले पनि पेशाको बारेमा परम्परावादी सोचाइका पेसालाई त्याग्दै आधुनिकतावादी हुनुपर्ने बताएका थिए ।

जनता समाजवादी पार्टी कुम्मायक गाउपालिकाका अध्यक्ष टिएन सम्बाहाम्फेको अध्यक्षतामा भएको सो भेलामा महिलाहरुले सिकेका उद्यमशिल विभिन्न सिपलाई आय आर्जनमुलक र व्यावस्थित पेशा अपनाउनु पर्ने जोड दिदै गुन्जना लिम्बूको अध्यक्षतामा ९ सदस्यीय समिति पनि गठन गरिएको छ ।

जसको उपाध्यक्ष मनुषा आलेमगर सेन्चुरी, सचिव दिपाशा सम्बाहाम्फे, सहसचिव सुकमाया लुम्रे मगर, कोषाध्यक्ष सुजाता श्रेष्ठ छन् । सदस्यहरुमा टीका धमला, दिलकुमारी मगर, यमुना चेम्जोङ, अप्सरा अगुवा रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण

काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह बुधबार प्रज्ञा...

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै

काठमाडौँ, १४ असोज । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको...

श्रम स्वीकृति अनश्चितकालको लागि बन्द

काठमाडौं, असोज १४ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि...

पीसीआर शुल्क बढि लिने आठ प्रयोगशालालाइ मन्त्रालयको २४ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले तोकेको...

नेपालमा प्रत्येक दिन ६र७ जनामा बलात्कारको घटना भईरहेको छ : गृहमन्त्री बादल

काठमाडौं, असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले विश्वका अरु देशको तुलना गर्दा नेपालमा बलात्कारका...

माडी नगरपालिकाले अयोध्याधामको लागि १०० विघा जमिन छुट्यायो

काठमाडौं, असोज १४ चितवनको माडी नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका जमिनको टुङ्गो...

उर्जामन्त्री पुनबाट विद्युत अनियमित समस्या समाधान गर्न निर्देशन

काठमाडौं, असोज १३ उर्जामन्त्री वर्षमान पुनले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन...

ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं , असोज १३ काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री...

उपत्यकामा जोर विजोर प्रणालीमा थप कडाई

काठमाडौं,असोज १३ उपत्यकामा स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप कडा बनाइए छ...

वर्षमा ६ पटकसम्म मात्र जाँड–रक्सी बनाउन पाइने : सर्वोच्च अदालत

काठमाडौं , असोज १३ सरकारबाट अनुमतिमतिपत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र...