मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण - Naya Online

मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

कास्र्की, २४ साउन । कास्कीको माछापुच्छ्रे गापा वडा नं ३ घाचोक कि मृगौला पीडित सुस्मिता परियारलाई आर्थिक सहयोग गरिएको छ। पिडितका गाउँवासी युवाहरूले चलाएको अभियानमा छिमेकी गाउँ लाहाचोकले पनि रकम सङ्कलन गरेको थियो । उक्त कार्य वैदेशिक रोजगार स्वयंसेवक टिम र माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्ल्ब लाहाचोकको संयुक्त अभियानमा सङ्कलन गरिएको हो।

सङ्कलित रकम वडा नं ४ का जनप्रतिनिधि पुर्ण बहादुर शाही र वडा नं ३ का जनप्रतिनिधि सुर्य प्रसाद लम्सालको हात बाट रु १,१३,९३३ रुपियाँ हस्तान्तरण गराइएको व्यवस्थापनका जिम्मा पाएका सुशील श्रेष्ठले जानकारी गराए।

‘हाम्रो सानो सहयोगले पनि कसैको उपचारमा टेवा मिल्छ भने किन सहयोग नगर्ने ! भन्ने वैदेशिक रोजगार स्वयंसेवक टिम संयोजक राजु क्षत्री अपुरो दाजुले आव्हान गरेपछि हामी पनि सक्रीय भएका हौँ ।” कोरियामा कार्यरत रहेका सुन्दर हमाल, समीर शाही र अस्ट्रेलिया बाट सगुन अधिकारी र साउदीबाट लबि क्षत्रीले जानकारी गराए ।

स्मरणीय छ, यस अघि पनि वैदेशिक रोजगारमा रहेका लाहाचोकबासीले स्वयंसेवक टिम गठन गरि दुबै मृगौला फेल भइ उपचार गराइरहेका हरिलाल परियारका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सङ्कलन अभियान चलाएका थिए। टिमले स्वदेशमा पनि स्वयंसेवक टिम परिचालन गर्दै रु १२ लाख पचास हजार पिडितलाई हस्तान्तरण गराएको थियो। सो कार्यमा हेमजा एफएमले मिडिया सहयोगीको भुमिका निर्वाह गरेको थियो।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण

काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह बुधबार प्रज्ञा...

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै

काठमाडौँ, १४ असोज । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको...

श्रम स्वीकृति अनश्चितकालको लागि बन्द

काठमाडौं, असोज १४ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि...

पीसीआर शुल्क बढि लिने आठ प्रयोगशालालाइ मन्त्रालयको २४ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले तोकेको...

नेपालमा प्रत्येक दिन ६र७ जनामा बलात्कारको घटना भईरहेको छ : गृहमन्त्री बादल

काठमाडौं, असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले विश्वका अरु देशको तुलना गर्दा नेपालमा बलात्कारका...

माडी नगरपालिकाले अयोध्याधामको लागि १०० विघा जमिन छुट्यायो

काठमाडौं, असोज १४ चितवनको माडी नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका जमिनको टुङ्गो...

उर्जामन्त्री पुनबाट विद्युत अनियमित समस्या समाधान गर्न निर्देशन

काठमाडौं, असोज १३ उर्जामन्त्री वर्षमान पुनले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन...

ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं , असोज १३ काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री...

उपत्यकामा जोर विजोर प्रणालीमा थप कडाई

काठमाडौं,असोज १३ उपत्यकामा स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप कडा बनाइए छ...

वर्षमा ६ पटकसम्म मात्र जाँड–रक्सी बनाउन पाइने : सर्वोच्च अदालत

काठमाडौं , असोज १३ सरकारबाट अनुमतिमतिपत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र...