पहिचान बनाउँदै एलिना - Naya Online

पहिचान बनाउँदै एलिना

जीवनमा केही न केही काम गरेर समाजमा आफ्नो पृथक् पहिचान बनाउने सपना सानैदेखि साँचेकी थिइन्– ऐतिहासिक जिल्ला गोरखाको गोरखा नगरपालिका वडा नं. ८ की एलिना श्रेष्ठले ।
वि.सं. २०५३ साल चैत्र १६ गतेका दिन सामान्य किसान परिवारमा बुवा वीरबहादुर श्रेष्ठ तथा आमा नानुमाया श्रेष्ठको कोखबाट जन्मिएकी एलिना सानैदेखि गीत गाउन, नाच्न र अभिनय गर्नमा औधी रूचि राख्थिन् । आज उनी तिनै बाल्यकालीन अभिरुचिलाई वास्तविक जीवनमै साकार पार्न अगाडि बढिरहेकी छिन् । एक वर्षअघि ‘दिलमा तिमी छौ’ बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ गरेर कलाकारिता यात्राको औपचारिक आरम्भ गरेकी एलिनाले छोटो समयमा नै चर्चित गायक गायिकाहरूका ४ ओटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । यसरी नै उनले दुई ओटा टेलिसिरियलमा पनि अभिनय गरेकी छिन् ।
कलाकारितामा प्रवेश गर्न, स्थापित हुन र टिकिरहन निकै कठिन हुने ठानेकी उनी कुनै पनि आश्वासन र प्रलोभनसँग सम्झौता नगरीकन यो क्षेत्रमा परिहचान निर्माण गर्न लागिरहेकी छिन् । उनी भन्छिन्– “कलाकारिता क्षेत्रमा प्रवेश पाउनै गाह्रो रहेछ । प्रवेश पाएपछि पनि स्थापित हुन र यसै क्षेत्रमा टिकिरहन अझै कठिन हुने मैले देखेकी छु । तर, म सानैदेखि दुःख–सुखहरूसँग मितेरी लगाउँदै आएकी केटी भएर होला हार खाएकी छैन । सङ्घर्ष जारी राखेकी छु ।” कोरोना भाइरस (कोभिड–१९)का कारण लामो समय लकडाउन हुँदा उनका थुप्रै काम रोकिएका छन् । उनी कहिले परिस्थित सामान्य होला आफ्नो पुरानै लयमा फर्किउँला भनेर पर्खिरहेको बताउँछिन् ।
उनी मोडलिङमा मात्र पोख्त छैनन्, गीत लेख्न र गुनगुनाउन पनि उत्तिकै सिपालु छिन् । उनी आगामी दिन स्थानीय स्तरमा लुकेका प्रतिभाहरूको खोजी र तिनका प्रतिभाको प्रस्फुटन गराउनका लागि समेत अभियान चलाउने योजनामा रहेको बताउँछिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मेलिना र सत्यप्रकाशको माया सुस्तरी सार्वजनिक

ईक्साहाङ चेम्जोङ , झापा काठमाडौं ,असोज १३ गितकार राजा मावोको शब्द, र बिनोद खम्बुको...

अस्मिताको ‘सुरुवात’ सार्वजनिक

काठमाडौं, १२ असोज । विगत ६ वर्षदेखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको...

सुमन लिम्बूको पाःलामको म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं, १२ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा म्युजिक भिडियो

तेह्रथुम, ८ असोज । टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको...

गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड

काठमाडौं, ८ असोज । पाःलाम प्रतियोगितामा उत्कृष्ट २० मा पर्ने गरिमाया लिम्बू र उत्कृष्ट...

तमर फिल्म्स्द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बूलाई अवसर

काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा

काठमाडौं ७ असोज । गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा...

सागर शर्माको दशैं गीत ‘दशैं होईन दशा’ सार्वजनिक

काठमाडौं, ७ असोज । हिन्दुहरूको महान चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे...

विदेशिएका युवावर्गको पीडा प्रस्तुत गरिएको भिडियो सार्वजनिक

काठमाडौं ६ असोज । विदेशिएका युवावर्गको पीडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ...

अब राजन मुकारुङ संगीतकार पनि

काठमाडौं, ६ असोज । साहित्यकार राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक भएको छ...