काठमाडौमा ८ हजार आइसोलेसन बेड तयार - Naya Online

काठमाडौमा ८ हजार आइसोलेसन बेड तयार

काठमाडौं, भाद्र ११ । काठमाडौंमा ८ हजार आइसोलेसन बेड तयार गरिएको छ । बागमती प्रदेस सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा भाद्र ९ गते नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले काठमाडौंमा आइसोलेसन केन्द्र तयार गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले तिन दिनको समय सिमा निर्धारण गरेर ६ हजार बेड तयार गर्नका लागि उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्ण राई,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिएको थियो ।

सो समितिको भाद्र ११ गते बसेको बैठकमा दुई दिनमा विभिन्न व्यवसायी,अस्पताल र अन्य क्षेत्रमा अध्ययन गरेर करिव ८ हजार आइसोलेसन बेड संचालन गर्ने तयारी पुरा गरिएको जानकारी दिइएको छ ।

काठमाडौं,ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुविधा र सुरक्षा मापदण्ड सहित कोरोना संक्रमितहरुको व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र तयार गरिएको बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले बताएका छन । कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि तयार पारिएका आइसोलेसन केन्द्रको भाद्र १३ गते बाट औपचारिक शुरुवात गर्ने जानकारी दिदै निरौलाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका स्थानीय तहले बजेट माग गरेमा प्रदेस सरकारले उपलव्ध गराउने बताएका छन ।

स्वास्थ्य मन्त्रालयमा भएको सो समितिको बैठकले उपत्यकामा लक्षण रहित संक्रमितलाई आइसोलेसन केन्द्रमा र जटिल अवस्थाका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था मिलाउनका लागि विभिन्न सम्भावित स्थानको सुची तयार पारेर सम्झौताको तयारी गरेको छ ।

बागमती प्रदेस सरकारले संचालन गर्ने ति आइसोलेसन केन्द्रलाई स्वास्थ्यकर्मी र सुरक्षा प्रवन्ध संघीय सरकारले मिलाउने छ भने संक्रमितहरुको सम्पर्क, सुचना र अन्य व्यवस्थापन स्थानीय सरकारले गर्नेछ । कपन अनलाइनबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘मुलुकी अपराध संहिताको परिच्छेद–२७ को दफा २८९ को केही उपदफा’हरू संशोधन गरौं !

निनाम कुलुङ ‘मङ्गले’ विसं २०६२/०६३ पछिको राजनैतिक परिवर्तनपछि पनि नेपालका आदिवासी जनजाति, दलित, मुसलमान,...

‘सत्चालिस सालमै मेरो कागजातमा धर्मको महलमा युमा लेखियो’

वरङहाङ थाम्सुहाङ के लेख्नु कसरी सुरु गर्नु खै ? न मैले मुन्धुम पढेको छु...

अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !

देवेन्द्र सुर्केली फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस...

लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी

नन्द कन्दङ्वा लोकतन्त्र विश्वभर लोकतन्त्रबारे प्रशस्त बहस हुने गरेको छ । सारमा लोकतन्त्रको अर्थ...

लिम्बू जातिको धर्मबारे

नन्द कन्दङवा यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र...

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन: यादव

  काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत...

कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं,२६ भदौ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा...

मापदण्डसहित उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय : पसलहरु कुन कुन बार खुल्ला हुने तालिका

काठमाडौँ , २५ भदौ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा...

किराँतसभ्यता: भ्रम वा वास्तविकता ?

यो युगमा आफ्नो सभ्यता र इतिहासप्रति गर्व नगर्ने मानिस सायद कोहि नहोला । तर...