२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन - Naya Online

२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन

एजेन्सी ,३१ अगस्ट

टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कÞानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ ।

उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर उनले जेलभित्रै भोक हड्ताल सुरु गरेकी थिइन् । उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो ।

परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो । तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल सुरु गरेकी थिइन् । लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरेको भएता पनि आफ्ना माग पुरा नभएसम्म कुनै औषधी उपचार लिन तिम्तिकले इन्कार गरिकी थिईन ।

अन्ततः अगस्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरिन । अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो भएको र औषधी खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको उनका समर्थकहरुले बताएका छन् । टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरेका छन् । ४२ बर्षिया तिम्तिकको सहादत प्राप्त गर्दाको तौल जम्मा ६५ पौण्ड रहेको थियो । तिम्तिकका साथी तथा शुभचिन्तकहरुले उनको शवको विरोध प्रदर्शनसहित अन्त्यष्टी गर्दै गर्दा टर्कीको पुलिसले टियर ग्यास समेत हानेको न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् ।
टर्कीको एकेपी फासिवादी शासन व्यवस्था नै तिम्तिकको हत्यारा भएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन् |

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकामा नयाँ प्रयोगकर्ताले वीच्याट र टिकटक चलाउन नपाउने

अमेरिकी सरकारले वीच्याट र टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै अब...

अफगानिस्तानमा २३ अफगानी सैनिकको मृत्यु

अफगानिस्तान , सेप्टेम्बर १८ अफगानिस्तानको पश्चिमी बाग्गिस र पूर्वी नान्गाहर प्रान्तमा भएको झडपमा कम्तीमा...

२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन

एजेन्सी ,३१ अगस्ट टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कÞानून व्यवसायी तथा...

त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसनले पायो राज्यको मान्यता

काठमाडौं, १५ असार । भारतको त्रिपुरा राज्यमा संगठीत त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसनले राज्यको...

कोविड –१९ को सचेतना फैलाउन त्रिपुरामा ‘ब्रेक द चेन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, १२ असार । कोविड –१९ को बारेमा सचेतना फैलाउन त्रिपुराका भिडियोग्राफर र फिल्म...

मलेसियामा लकडाउन अवज्ञा गर्ने १० नेपालीसहित पक्राउ

बटरवर्थ, मलेसिया । यहाँस्थीत सुंगाई दुआको पेकन दरातमा लकडाउन अवधिमा फुटबल खेलिरहेका १० नेपालीलाई...

मलेसियामा (एमसिओ) दुई हप्ता बढाएर अप्रिल २८ तारिख सम्म थपियो

मलेसिया । चिनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोभिडी-१९ अहिले बिश्व भर फैलिएको छ...

विश्वमा कोरोना भाइरस बाटमृत्यु हुनेकाे स‌ंख्या ९५ हजार नाघ्यो, अमेरिकामा दैनिक १९ सयको हाराहारीमा मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको...

अमेरिकामा कोरोना भाइरसका कारण २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाए

काठमाडौं : अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले...

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित ३ नेपाली निको भए

काठमाडौँ — साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपालीलाई निको भएको छ ।...