किराँतसभ्यता: भ्रम वा वास्तविकता ? - Naya Online

किराँतसभ्यता: भ्रम वा वास्तविकता ?

यो युगमा आफ्नो सभ्यता र इतिहासप्रति गर्व नगर्ने मानिस सायद कोहि नहोला । तर सभ्यता र इतिहासको विरासतमाथि उभिएर मात्र पुग्दैन त्यो संग संगै कर्तव्य र दायित्व जोडेर अगाडी बढिरहेको वर्तमानले मात्र सुन्दर भविष्यमा पुर्याउन सक्दछ । विश्वका पुराना सभ्यताहरूको औचित्य वर्तमानले पुष्टि गर्न सकेन भने त्यसको इतिहासका विषयवस्तु वाहेक अन्य उपयोगिता देखिने छैन । अहिलकोे सन्दर्भमा त्यो किराँतकालिन सभ्यताबाट यहाँसम्म आईपुग्दा के कस्तो अन्योल र असमञ्जस्यताहरूमा देखा परिरहेको छ र त्यसले निकट भविश्यमा किराँत भाषा, धर्म, संस्कृतिका साथै राजनीतिक अधिकारहरू माथी कस्तो प्रभाव पार्दछ भन्ने विषयमा चर्चा गर्न वान्छनिय ठानेको छु । म एउटा राजनीतिशास्त्र र कानुनको बिद्यार्थी भएको नाताले राजनीतिकरूपमा राज्यसत्ताको मुल प्रवाहबाट कसरी पछाडी पर्न बाध्य भईन्छ र त्यसले भावी पिढीलाई के कस्तो नकरात्मक प्रभाव पार्ला भन्ने विषयमा चिन्ता र चासो लिनु स्वाभाविक ठानेको छु ।

नेपालको इतिहास र किरात शासन
नेपालको सन्दर्भमा किराँतकाल एउटा प्रमाणिक र आधिकारीक इतिहास हो । किराँतकालको इतिहासलाई मेटेर आधुनिक नेपालको अस्तित्व खोज्न असम्भव छ, त्यसैले किराँत वंशका विषयमा नेपालको गौरवमय इतिहास सुरक्षित छ भन्दा कुनै अत्युतिm नहोला । किराँतहरू कहाँबाट आए भन्ने विषयमा इतिहासकारहरू एकमत भएको पाईन्दैन । केहि इतिहासकारहरूले ई.पु.२४०० तिर आफ्नो प्राचिनस्थल बेबिलोन छाडेर मेसोपेटानियातिर लागेका थिए भनेका छन् केहिले किराँत मंगोल जातका भएकाले उनिहरू ई.पु. १५०० बर्ष अघि मुल बासस्थान तिब्बतबाट आसाम हुदै पुर्वी नेपालबाट पसेका हुन भनि ब्याख्या गरेका छन् । किराँत कहिँबाट नआएको यहि भुमिको आदिवासी हुन् जुन कुरा यजुर्वेदमा गुहाम्यःकिराँत वा गुफामा बस्ने जातिको रूपमा ब्याख्या गरिएको छ । त्यस्तै संस्कृत भाषामा किराँतको अर्थ सिमानामा बस्ने जाति भन्ने अर्थ लाग्दछ त्यसैले किराँतहरू नेपाल उपत्यकाको सिमाना आसपासमा नै प्राचिन कालदेखि बस्ने जाति हुन भन्ने तर्कहरू पनि नभएको होईन । किराँतहरू कहाँबाट आए भन्ने विषयमा इतिहासकारहरूमा मतैक्यता देखिता पनि नेपाल उपत्यकामा शासन गर्ने गोपाल, महिषपाल वंशपछि किराँत नै थियो भन्ने कुरा विभिन्न इतिहास, अभिलेख, शिलालेख, ऐतिहासिक पुरातत्वहरूले प्रमाणित गरेको छ । ती मध्ये अंशुवर्माको समयमा हनुमान ढोका पुरानो दरबार जिर्णेद्वारको क्रममा एउटा अभिलेख प्राप्त भयो उतm अभिलेखमा किराँत शब्दको उल्लेख भएको पाईएको थियो त्यस्तै किराँत राजा स्थुङ्कोको पालामा मौर्य सम्राट अशोक नेपाल आएका थिए भन्ने लगायत थुप्रै ऐतिहासिक पुरातात्विक अभिलेख, पुरानो ताम्रपत्र, ऐतिहासिक स्तम्भ आदिले पुष्टि गरेको छ । अझ पशुपतिनाथ क्षेत्रमा रहेको किराँतरूपी विरूपाक्षको मुर्ति र किराँतेश्वर महादेव आदि किराँत शासन सम्बन्धी ज्वलन्त इतिहासहरू हुन् । तिनै इतिहास अनुसार नेपाल उपत्यकामा किराँतहरूले एक हजार बर्षसम्म ३२ पुस्ताले शासन गरेका थिए । वि.सं.५०० तिर नेपाल उपत्यकामा पश्चिमबाट आएका राजपुत लिच्छिवीहरूले किराँत दरबारमा आक्रमण गरि उनिहरूलाई धपाए पछि किराँती शासकहरू नेपाल उपत्यका पूर्व बनेपा हुदै टिष्टासम्म शासन गरेका थिए । यसरी किराँतवंशको उत्पति र शासन रहेको विभिन्न तथ्य प्रमाणले पुष्टि गरेको छ ।

किराँतवंश र शासनसत्ता
किराँतवंशका अन्तिम राजालाई नेपाल उपत्यकाबाट धपाएपछि भागेर बनेपामा अखडा जमाई शासन गर्न थाले । उनको मृत्युपछि उनको शासनको बागडोर छोरा जेठा लिलिमहाङले सम्हालेपछि राज्य विस्तार गर्ने उद्देश्यले भाई खामसोसोहाङलाई सुनुवार, हायु, चेपाङ सेनाको जिम्मा लगाएर बनेपा राज्य गर्न छाडिदिए र आफु योक्लुम्बा, आठपहरिया, याङफु, लोहरूङ सेनाहरूका साथ लिएर राज्य विस्तार गर्न पूर्वतिर लागे उनले अरुणपूर्वदेखि टिस्टासम्म कब्जा गरेर शासन गरेका थिए । यसरी लिलिमहाङले शासन गरेको देश भएकाले अरुणपूर्वदेखि टिष्टासम्मको क्षेत्रलाई लिम्बुवान भनियो भन्ने इतिहास पाईन्छ । त्यस्तै भाई खामसोसोहाङले नेपाल उपत्यका पूर्व बनेपाबाट अरुण पश्चिमसम्म शासन गरेका थिए जसलाई खम्बुवान भनियो भन्ने इतिहासकारहरूको दावी छ पछि खम्बुवान बनेपादेखि पूर्वतिर खुम्चदै गएको इतिहास पाईन्छ । यसरी किराँत वंशका लिलिमहाङ र खामसोसोहाङले शासन गरेका राज्य त्रिशुलीदेखि टिष्टासम्म फैलिएको थियो भन्ने भनाई छ । यसरी किराँत वंशका दुईभाईले खम्बुवान र लिम्बुवान राज्य स्थापना गरि शासन गरेको थिए यी राज्यहरूको अस्तित्व वि.सं. १८३१ सालसम्म रहेको ऐतिहासिक तथ्य प्रमाणहरू अहिलेसम्म सुरक्षित छ । किराँत वंशको सन्तानहरू मध्ये राई र लिम्बु हुन् भन्ने कुरामा दुईमत रहेन । अहिले किराँत वंशको दावी गर्नेहरूमा राई, लिम्बु, सुनुवार र याख्खा पर्दछन् यस विषयमा इतिहास, तथ्य, अभिलेख, ऐतिहासिक दस्तावेजले पनि पुष्टि नै गरेको छ र हाल यी जातिहरूले आफ्नो जातीय संस्थाको नामको अगाडी किराँत लेखेका छन् । यस्तो ऐतिहासिक, प्रमाणिक आधारलाई कुल्चेर खम्बु, लिम्बु भनेर किराँत इतिहास भन्दा पृथक तर्क गर्नु इतिहास बिर्सनु या इतिहासको ज्ञान नहुनु बाहेक अरु केहि पनि होईन भन्ने स्वत स्पष्ट हुन्छ । अहिलेको सन्दर्भमा किराँती भावनाबाट अगाडी बढ्न आवश्यक छ,त्यसो भयो भने मात्र गौरवपूर्ण पुर्खाको विरासतलाई जिवन्त बनाउन सकिन्छ । एकताको माध्यमबाट मात्र भाषिक, धार्मिक, साँस्कृतिक र राजनीतिक अधिकारहरूको पुर्नजागरण गर्न सफल हुन्छ ।

लिम्बुवान र यसको पतन
लिम्बुवान, खम्बुवान किराँत महासभ्यताबाट श्रृजित आधुनिक सभ्यताहरू हुन् । किराँत सभ्यताबाट अलग धारको लिम्बुवान र खम्बुवानको पहिचान कुनै ऐतिहासिक तथ्य, प्रमाणहरूले पुष्टि गर्न सक्दैन किनभने किराँत सभ्यताको शाखा प्रशाखाको रूपमा लिम्बुवान, खम्बुवान भएको भन्ने कुरा इतिहासले पुष्टि गरि सकेको छ । यो प्राज्ञिक युगमा तथ्य, प्रमाण, कुनै ऐतिहासिक अभिलेख, पुरातात्विक वस्तुको अध्ययन, अनुसन्धान नगरि तर्क गर्नु सर्वाधिक हाँस्यास्पद विषय हुन जान्छ । यस्तो प्रबृतिको अन्त गर्न आवश्यक पनि छ । वास्तवमा लिम्बु शब्दको ब्युत्पतिको सन्दर्भमा इतिहासकारहरू एकमत देखिन्दैन । कसैले लिङबा वा उम्रिएको जाति भन्ने गरेका छन त्यसलाई विज्ञानसम्मत ढंगले पुष्टि गर्न पनि गार्हो देखिन्छ । त्यस्तै कसैले लुङबोङबा बाट लिम्बु भएको भन्ने तर्कहरू अघि सारेका छन् त्यसमा पनि विश्वास गर्ने आधारहरू कमै देखिन्छ । इतिहासकार स्व. ईमानसिङ चेम्जोङको भनाई अनुसार किराँतकालिन आठ राजा र दस सरदारहरू बिच युद्व हुदाँ दस सरदारहरूले धणुकाँड (लिःबोङ) प्रयोग गरि आठ राजालाई हराई राज्य स्थापना गरेको हुनाले त्यस राज्यलाई लिम्बुवान भनियो जुन राज्य अरुणपूर्व देखि टिष्टासम्म फैलिएको थियो । इतिहासकारहरूका भनाई अनुसार वि.सं.१४२१ सालमा राजा भएका साङलाईन लिम्बुको मृत्यु भएपछि राजा भएका पुङलाईनले हिन्दु मत ग्रहण गरि आफ्नो थर राय लेख्न शुरु गरेपछि लिम्बुवानमा हिन्दुकरणको प्रारम्भ भयो । एकातिर लिम्बुहरूमा हिन्दुकरण हुनु अर्कातिर आफै विचमा वैमनश्यता उत्पन्न हुनुका कारणले एकथरि लिम्बु राजाले मकवानपुरका सेनवंशी राजा लोहाङ सेनलाई विजयपुरमा आफ्नै लिम्बु राजा (राय) बिरुद्व युद्व गर्न सहायता मागेपछि लिम्बुवान राज्यभित्र सेन र रायविच राजा र चौतारियाको भुमिकामा राज्य सञ्चालन गर्ने क्रम शुरु भयो । विस्तारै सेन र रायविचमा पनि मनमुटाव शुरु भएपछि नाम मात्रको सेन राजा राखेर बुद्विकर्ण राय हर्ताकर्ता भएर शासन चलाउन थालेपछि लिम्बुवान संकटमा पर्याे । लिम्बु राजाहरूविच आपुङ्गीपन, आफैभित्र असमझदारी बढाएर आपसी एकता कमजोर भएको बेला मौका छोपेर बसेका गोरखा राजा पृथ्वी नारायण शाह राज्य विस्तार गर्न अगाडी बढे अन्तत दस लिम्बु राजाहरू विभाजित भएर पाँच जना लिम्बु राजाहरू (श्रीजङ राय, श्रीफुङ राय, जमन राय, आतहाङ राय र देव राय) पृथ्वी नारायण शाहलाई साथ दिए भने अर्का पाँच जना लिम्बु राजाहरू (शुभवत राय, रैनसिङ राय, सुनुहाङ राय आशदेव राय र जसमुखी राय) गोरखा राज्यविरुद्व लडे अन्तमा उनिहरू हारेपछि कोहि गोरखा राजासँग आत्मसर्मपण गरे भने कोही सिक्किमतिर भागे । यसरी गोरखा राज्य विस्तारको क्रममा वि.सं. १८३० श्रावण ४ गते माझकिराँत खम्बुवान र वि.सं.१८३१ श्रावण २२ गते लिम्बुवान विजयपुर र चैनपुर गरि सम्पूर्ण लिम्बुवान, खम्बुवान राज्यलाई गोरखाली फौजले शसस्त्र र कुटनीतिक ढंगले कब्जा गरि किराँत शासनको सम्पूर्ण अवशेष समाप्त गरे । खम्बुवान र लिम्बुवानको पतनपछि नेपालमा आधुनिक नेपालको नयाँ इतिहास शुरु भयो ।

वर्तमान राजनीति र किराँत अस्तित्व
इतिहासको पुनारावृति संसारमा कहि सम्भावना छैन किनकी समयले सबै चीज, वस्तुहरूको अस्तित्वलाई रूपान्तरण गरिदिन्छ यो विज्ञान सम्मत कुरा हो । पुराना राज्यहरू ध्वंस हुदै जाने र आधुनिक राज्यहरू निर्माण हुदै जाने बिशिष्ठता नै आजको यथार्थ हो यस्ता घटनाहरू संसारभरि छन । वास्तवमा लिम्बुवानको अस्तित्व आजभन्दा ३५ बर्ष अगाडीसम्म थियो जसलाई भुमि सुधार ऐन २०२१ ले सम्पूर्णरूपमा समाप्त गरिदियो । संसारका शतिmशाली बादशाहहरू ढले, सम्राटहरू लखेटिए उनिहरू फेरि ब्युँझिएर फर्किेएनन । यो किराँत शासन पनि त्यस्तै हो न यलम्बर फर्कन्छ न राज्य फिर्ता हुनेवाला छ त्यसैले किराँतीहरू नयाँ संस्करणमा अगाडी बढ्नुको विकल्प छैन । नयाँ संस्करणमा किराँत अस्तित्व भनेको भाषा, धर्म, संस्कृति र मुल्य मान्यताहरूलाई भविश्यसम्म उन्नत र जीवन्त बनाई राख्नु हो । यो समय इतिहासतिर फर्केर होईन भविश्यतर्फ लम्केर अस्तित्व खोज्ने वेला हो । वर्तमान हिजोको दस राय राजाहरूले चलाएको लिम्बुवान होईन, एकाईसौ सताब्दीको स्वतन्त्र, स्वाधिन र सार्वभौम राज्यमा आफ्नो स्वामित्व र अपनत्व खोज्ने बेला हो, त्यो विश्वव्यापी लोकतन्त्रको माध्यममबाट मात्र सम्भव छ । विश्व भुमण्डलीकरणको यो जमानामा एउटा सिमित भुगोल र संस्कृतिमा बाँच्न खोज्नु आफैले आफैलाई अपराध गर्नु पनि हो ।

विद्वान प्रोफेसर महेन्द्र पी. लामाका अनुसार यो युग बिहानको खाजा बैंककमा खाने, ढाकामा दिउसोको खाना खाने अनि बेलुकीको डिनर काठमाण्डौमा खाएर बेलुकी दिल्लीमा आराम गर्ने हो । जमाना बद्लिएको छ तर हामी बद्लिन सकेका छैनौ, किराँत सभ्यताको त्यत्रो वैभवतामा बाँचेका लिम्बुवान र खम्बुवानहरू अहिले साँगुरो घेराबाट अगाडी बढ्दै विभाजित हुन खोज्नु मुर्खता सिवाय अरु केहि पनि होईन । यो समय धर्मको नाममा किराँत कि युमा भनेर विवाद गर्ने वेला होईन अझ क्रिश्चयन, बौद्ध र हिन्दु धर्म अनुशरण गर्नु त सर्वाधिक गलत कार्य हो । किराँत इतिहासमा युमाको पनि अस्तित्व जेडिएको पाईन्छ । इतिहासकारहरूका अनुसार पल्लो किराँत राज्यका आठ किराँती राजाहरू मध्ये कोहि तिब्बतको ल्हासा हुदै नेपाल आएका थिए उनिहरू ल्हासावंशी भए कोहि तिब्बत हुदै काशी श्याम मकवानबाट आएका थिए, उनिहरू काशी वंशका भए, ल्हासाबाट आउने किराँती राजा लासाङले युमा धर्मको अनुसरण गरेको देखिन्छ तर बुद्ध धर्मालम्बीहरूको आक्रमणबाट उनको मृत्यु भएपछि उनका छोरा उवाहाङले उतm युमा धर्मलाई निरन्तरता दिएको उल्लेख गरेको पाईन्छ । उवाहाङको युमा धर्मप्रतिको अगाद आस्था र विश्वासका कारणले दैवी शतिm प्राप्त गरि उनको राज्य ल्हासाको खामबाट मिथिलासम्म फैलिएको चर्चाहरू पाईन्छ । जे भए पनि किराँत महासभ्यताको अगाडी यस्ता शाखा प्रशाखाहरू धेरै हुन सक्छन । त्यसैले वर्तमान मुल सभ्यताबाट प्रवाहिकरण भएको हुनुपर्छ । भुराजनीतिमा जनसंख्याको भुमिका महत्वपूर्ण हुन्छ, त्यसले पहिचानलाई स्थापित गर्दै समावेशी, समानुपातिक प्रतिनिधीत्वको अवसर प्रदान गर्छ । त्यसैले यहि २०७८ साल बैसाख जेठमा बार्हाै राष्ट्रिय जनगणना हुदैछ यतिखेर किराँतीहरूको संख्या युमा बौद्ध, क्रिश्चियन, हिन्दुमा विभाजित भयो भने त्यसले किराँत सभ्यताको ऐतिहासिक विरासतलाई अपमान गर्ने मात्र होईन कि राजनीतिकरूपमा समेत नकरात्मक प्रभावको सामना गर्नुपर्ने हुन्छ ।

वर्तमान नेपालको संबिधान २०७२ को भाग ३३ धारा २९५ को उपधारा २ मा प्रदेशको नामाकरण सम्बन्धी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाई बहुमतबाट हुने प्रावधान छ । यहि संबैधानिक प्रावधानलाई टेकेर प्रदेश नं १ को नामाङ्कन किराँत प्रदेश बनाउन सबै सहमत हुने त्यस अनुरूप घनिभुतरूपमा रूपमा वहस पैरवी गर्ने हो भने किराँत प्रदेश सम्भव छ । तर किराँतीहरू विच नै विवाद छ, यस्तो अवस्था कालान्तरसम्म रहिरहयो भने प्राचिन किराँत इतिहास र सभ्यताहरू एक पछि अर्काे हुदै लोप हुनु बाहेक अर्काे विकल्प देखिँदैन । सभ्यता र संस्कृतिको संरक्षण गर्नु भनेको प्राचिन मुल्य मान्यताहरूलाई आधुनिकिकरण गर्दै लैजानु हो ।

प्राचिन सभ्यताले श्रृजना गरेका राम्रा कार्यहरू अनुशरण गर्ने हो जस्तै पञ्च भलाद्मीबाट न्याय निरूपन गर्ने किराँतकालिन न्याय प्रणाली अहिलेसम्म सान्दर्भिक छ, त्यस्तै आवास क्षेत्र र कृषि क्षेत्र जस्ता किराँतकालिन भुमिव्यवस्थापन अहिले विश्वका विकसित मुलुकहरूले अपनाईरहेका छन् । रक्सी, याङबेन, किनीमा आदि किराँत पुर्खाहरूले आविश्कार गरेका परम्परागत थुप्रै खानपानहरू साथै अन्य कैयौ जडिवुटीहरूलाई ट्रेडमार्कको रूपमा विकास गर्ने हो भने त्यसले एकातिर आयआर्जनमा टेवा दिन्छ भने अर्कातिर किराँत मौलिक सभ्यताले जिवन्तता पाउँछ । यदि सभ्यतालाई आर्थिक समृद्धिसंग नजोड्ने हो भने मलेहरूलाई आफ्नै पुर्खाले फाँडेको आवादी जग्गाहरू अहिले बिरानो भए झै हुन वेर छैन । यो जमाना भाषा, संस्कृतिको मर्म कायम राखेर बैज्ञानिक र आधुनिकिकरण बनाउने हो त्यसो भएन भने आफ्नै भाषा प्रयोग गरेका कारणले आफ्नै देशमा बेरोजगार हुनुपर्ने र संस्कार अनुशरण गरेका कारणले हेपिनुपर्ने दिन नआउला भन्न सकिन्न । बोल्नेको पिठो पनि बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने भने झै भाषा भनेको विचार आदानप्रदान वा सम्वाद गर्नु मात्र नभई आधुनिक युगको व्यापार हो, आजका ठुला ठुला व्यापारहरू अंग्रेजी भाषा विना संभावना छैन त्यसैले हाम्रा भाषाको विकास गर्दा त्यतातिर पनि ध्यान दिन आश्यक छ । किराँत संस्कार संस्कृतिलाई समय सापेक्ष बनाउदै लानु पर्नेमा आधुनिक बन्ने वाहानामा आफ्नो मौलिकतालाई बिर्सेर पश्चिमा संस्कारहरू अंगाल्न थालेको यो परिस्थितीमा बेलैमा त्यतातिर नसोच्ने हो भने किराँत मुन्धुम, भाषा, धर्म, संस्कृतिहरू लोप भएर जाने कुरामा कुनै द्विबिधा छैन ।

राजनीतिकरूपमा भन्ने हो भने बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिकता आधुनिक नेपाली समाजको बिशेषता हो । यस्तो समाजमा प्रतिश्पर्धात्मक लोकतन्त्र,विधीको शासन, वर्तमान संविधान र कानुनको सम्मान गर्दै राष्ट्रवादी चरित्र देखाउनु सक्ने वेला हो, निहित जातीय,क्षेत्रिय आग्रह, पुर्वाग्रह भन्दा माथी उठेर समग्र नेतृत्वको विकास गर्नु आजको आवश्यकता हो यदि त्यतातिर सोचाई गएन भने श्रीलङकाको एलटीटीईको विध्वंस र विनास अनि स्यवं एडोल्फ हिटलरले यहुदी र कम्युनिष्टहरूको घृणाबाट राजनीति गर्दा उनले दुखद अन्त्य जो कोहीलाई थाहा छ त्यसैले त्यतातिर कसैले कदम चाल्नु बुद्धिमत्ता हुदैन । अन्तमा किराँत विशाल सभ्यता हो, तिनलाई आधुनिक समाजमा श्रृजनशिल ढंगले प्रयोग गर्न छाडेर मिथक वा भ्रम मात्र सम्झने हो भने नेपालमा पनि फ्रान्सिस फुकोयामा जन्मेर भन्ने छ तिम्रो इतिहासको अन्त भयो ।

लेखक राजनीतिशास्त्र र कानुनको विद्यार्थी हुन् । साथै यो लेख लेखकको नीजिविचार हो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘मुलुकी अपराध संहिताको परिच्छेद–२७ को दफा २८९ को केही उपदफा’हरू संशोधन गरौं !

निनाम कुलुङ ‘मङ्गले’ विसं २०६२/०६३ पछिको राजनैतिक परिवर्तनपछि पनि नेपालका आदिवासी जनजाति, दलित, मुसलमान,...

‘सत्चालिस सालमै मेरो कागजातमा धर्मको महलमा युमा लेखियो’

वरङहाङ थाम्सुहाङ के लेख्नु कसरी सुरु गर्नु खै ? न मैले मुन्धुम पढेको छु...

अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !

देवेन्द्र सुर्केली फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस...

लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी

नन्द कन्दङ्वा लोकतन्त्र विश्वभर लोकतन्त्रबारे प्रशस्त बहस हुने गरेको छ । सारमा लोकतन्त्रको अर्थ...

लिम्बू जातिको धर्मबारे

नन्द कन्दङवा यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र...

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन: यादव

  काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत...

कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं,२६ भदौ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा...

मापदण्डसहित उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय : पसलहरु कुन कुन बार खुल्ला हुने तालिका

काठमाडौँ , २५ भदौ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा...

किराँतसभ्यता: भ्रम वा वास्तविकता ?

यो युगमा आफ्नो सभ्यता र इतिहासप्रति गर्व नगर्ने मानिस सायद कोहि नहोला । तर...