प्रधानमन्त्री केपी शर्मा ओलीको सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने तयारी - Naya Online

प्रधानमन्त्री केपी शर्मा ओलीको सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने तयारी

काठमाडौँ,भदौ २९

बालबालिका देशको सुदूर भविष्य भएकोले बालबालिकाको हक, हित र उनीहरूका भविष्य र अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारेका छन् साथै यसअघिको पुस्ताले पनि लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताएका छन् ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गरेका छन् साथै उनले भने, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकाका पाँच स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पदमदुःखी सम्बाहाम्फे पाचथरको कुम्मायक गाउँपालिकास्तरय स्वास्थ्य सस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ...

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...