अनवरत संगीतमा शम्भू फोम्बो लिम्बू - Naya Online

अनवरत संगीतमा शम्भू फोम्बो लिम्बू

लिम्बू विद्यार्थी मञ्चले इलाममा महाधिवेशन गरिरहेको बेला उपाध्यक्षमा उम्मेद्वार दिएका शम्भू फोम्बोले भोट माग्नको लागि गीत गाएछन् । उक्त गीतले सम्पूर्ण विद्यार्थीको मन खिच्ने प्रयास नै गरेछ । त्यसैले उनका प्रतिद्धन्द्वीले गीत गाएर मत माग्ने नपाउने उर्दी नै गरेछन् । उक्त अधिवेशनमा शम्भू पराजित भए । अर्को महाधिवेशन मोरङको पथरीबजारमा पुनः उपाध्यक्षकै उम्मेद्वार रहँदा गीत गाउन दिइएनछ । त्यसपछि भने १२ वर्षसम्म काम गरेको लिम्बू विद्यार्थी मञ्चको यात्रा टुङ्ग्याए ।

शम्भू फोम्बोको खास पेशा पनि स्कुलहरूमा संगीत पढाउने, संगीत सिर्जना गर्ने, गाउने हो । उनले ललितकला क्याम्पस, भोटाहिटीबाट संगीत शिक्षामा स्नातक गरेका छन् । २ दशक यसैमा बिताइसकेका उनले अन्य संघसंस्थामा एउटा लहडमा होमिन पुगेको मात्र बताउँछन् ।

वि.सं. २०५७ सालमा उच्च शिक्षाको लागि काठमाडौं भित्रिएका शम्भू सानैदेखि गीत संगीतमा रमाउने व्यक्ति थिए । काठमाडौं आउने बितिकै पुतलीसडकको साधना कला केन्द्रमा संगीतकक्षा लिन थाले । स्वरका साथमा हारमोनियम, गिटार, तबला, बासुरी, मादल, किबोर्ड, बाजाहरू बजाउन सिके ।

गुरुहरू चन्दन श्रेष्ठ, गुरुदेव कामत, सङ्गीता राना, प्रकास गुरुङसँग लामो समय संगीत शिक्षामा सिकेपछि ‘पूर्वैको मारुनी’ रेकर्ड गराए । जुन औसत रूपमा जनजिब्रोमा झुण्डियो । विशेषगरी तिहार या कुनै पर्व, वनभोजहरूमा अनिवार्य नाचिने गीत बन्यो पूर्वको मारुनी । पूर्वको मारुनीपछि ‘रूप हेरी होईन’, ‘कसको विश्वास’, ‘तिमी मेरो…’, ‘न कसैको भर’ आदि गीतहरू रुचाइएका छन् । संगीतकै शिलशिलामा दोलखा चरिकोट, पोखरा स्याङजा वालिङ, तेह्रथुम, सुनसरी, झापा, इलाम लगायतका जिल्लाहरूमा पुगेर उनले आफ्नो प्रतिभालाई प्रस्तुत गरिसकेका छन् ।

शम्भू किरात याक्थुङ चुम्लुङ सेर्पा प्रदेशको सदस्य, फक्ताङलुङ सयङको सदस्य तेह्रथुम गायन समाज अध्यक्ष, तेर्हथुम सरोकार समाजको सदस्य, सङ्घीय साँस्कृतिक मञ्चको उपाध्यक्ष र फोम्बो आवाजुङ समाज काठमाण्डौको सचिव पनि छन् ।

तेह्रथुमको खाम्लालुङमा इण्डियन आर्मी बुबा कालिप्रसाद फोम्बो लिम्बू र आमा मनमाया हुक्पा चोङ्बाङबाट ४ भाई छोरा, २ बहिनी छोरीमा उनी माइला हुन् । उनको परिवारमा भतिजी छोरी सुम्निमा लिम्बू पनि निकै राम्रो गाउछिन् । परिवारको मुख्य मानिस संगीतमै रमाउने भएकोले सबै परिवर संगीतप्रेमी छन् । उनका दुई जना जुम्ल्याहा छोरा हाङ फोम्बो र लाबहाङ फोम्बो पनि संगीतमा रुचि देखाएको बताउँछन् ।

पछिल्ला दिनमा आफ्ना सिर्जनाहरूलाई एकै ठाउँमा सम्हाल्ने योजनामा लागेका छन् । जसलाई शम्भू फोम्बो लिम्बू युट्युव च्यानल बनाएका छन् । मेलिना राईसँग गाएको रूप हेरी होइन… गीतको म्युजिक भिडियोलाई प्रचाप्रसार गर्न लागिरहेका छन् । जसमा निराजन प्रधान र सोना पालुङ्वाले अभिनय गरेका छन् ।

‘पहिले अर्कै च्यानलमा लगाएको थिएँ, अहिले आफ्नोमा लगाउँदा उति हेर्नेको संख्या बढेन । तर पनि आफ्नोमा लगाउँदा उति हेर्नेको संख्या बढेन । तर पनि आफ्नो सिर्जना आफैमा निहित भयो, यसैमा ढुक्क छु ।’ शम्भू भन्छन् ।

तस्वीरहरुः फोम्बोको फेसबुकबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मेलिना र सत्यप्रकाशको माया सुस्तरी सार्वजनिक

ईक्साहाङ चेम्जोङ , झापा काठमाडौं ,असोज १३ गितकार राजा मावोको शब्द, र बिनोद खम्बुको...

अस्मिताको ‘सुरुवात’ सार्वजनिक

काठमाडौं, १२ असोज । विगत ६ वर्षदेखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको...

सुमन लिम्बूको पाःलामको म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं, १२ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा म्युजिक भिडियो

तेह्रथुम, ८ असोज । टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको...

गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड

काठमाडौं, ८ असोज । पाःलाम प्रतियोगितामा उत्कृष्ट २० मा पर्ने गरिमाया लिम्बू र उत्कृष्ट...

तमर फिल्म्स्द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बूलाई अवसर

काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा

काठमाडौं ७ असोज । गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा...

सागर शर्माको दशैं गीत ‘दशैं होईन दशा’ सार्वजनिक

काठमाडौं, ७ असोज । हिन्दुहरूको महान चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे...

विदेशिएका युवावर्गको पीडा प्रस्तुत गरिएको भिडियो सार्वजनिक

काठमाडौं ६ असोज । विदेशिएका युवावर्गको पीडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ...

अब राजन मुकारुङ संगीतकार पनि

काठमाडौं, ६ असोज । साहित्यकार राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक भएको छ...