कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनको प्रस्ताव प्रधानमन्त्रीद्धारा अस्विकार - Naya Online

कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनको प्रस्ताव प्रधानमन्त्रीद्धारा अस्विकार

काठमाडौं, भदौ ३०
उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव सोमबारको क्याबिनेटमा प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि क्याविनेटमा नै पाउन प्रवेश पाएन । सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले जानकारी दिए ।

उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डामै चढाएनन् ।

अर्का एक मन्त्रीले भने, ‘बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू’ भनेको सुनियो, तर प्रधानमन्त्रीज्यूले कानूनअनुसार बुझौंला भन्नुभयो ।’

स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् । उनले मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आएका छन् । तर, ढीलै भए पनि प्रधानमन्त्री ओलीले घिसिङलाई नै नियुक्त गर्ने स्रोतको दाबी छ ।

:कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा विस्वस्त : नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठ

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकाका पाँच स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पदमदुःखी सम्बाहाम्फे पाचथरको कुम्मायक गाउँपालिकास्तरय स्वास्थ्य सस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ...

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...