ओष्टि ओमाइलिटिसबाट पीडित पारुहाङ राईलाई १७ लाख सहयोग - Naya Online

ओष्टि ओमाइलिटिसबाट पीडित पारुहाङ राईलाई १७ लाख सहयोग

सुनसरी, २९ भदौ । गोडाको हड्डी टुक्रिएर झर्ने रोग (ओष्टि ओमाइलिटिस) बाट पीडित पारुहाङ राईलाई किरात राई विद्यार्थी संघले १७ लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ । संघले सञ्चालन गरेको पारुहाङ राई बचाउ अभियानमा संकलन भएको १७ लाख ३२ हजार सात सय २३ रूपैयाँ रकम आईतबार हस्तान्तरण गरिएको हो ।

भोजपुरको रामप्रसादराई गाउँपालिका ४ ओख्रेका पारुहाङ राई केही समय अगाडिदेखि ओष्टि ओमाइलिटिस अर्थात् गोडाको हड्डी टुक्रिएर झर्ने रोगले पीडित रहेका छन् ।

यो रोग जटिल र दुर्बल रोग रहेको पीडितको भनाई रहेको छ । बुवा–आमाले सानैमा छाडेर गएका १४ बर्षीय पारुहाङ हाल आफन्तकोमा बस्दै आएका छन् ।

तत्कालका लागि भने पारूहाङ राई बचाउ अभियानमा आर्थिक रकम संकलन कार्य स्थगन गरिएको हो । एक कार्यक्रमकाबीच सहयोग अभियानलाई सहयोग गर्ने दाताहरूको नामवली सार्वजनिक गर्दै अभियान सम्पन्न गरिएको संघका सचिव अशोक राईले बताए ।

अभियान सञ्चालन गरेको दुई महिना अवधिमा एक सय ७३ जना भन्दा बढी दाताबाट सो रकम संकलन गरिएको संघका अध्यक्ष रामचन्द्र राईले बताए । उनले भने– हामी सामाजिक न्यायका लागि लड्दै आएका छौँ,’ आवश्यक परेमा हामी यो अभियानलाई अझै निरन्तरता दिनेछौँ ।

सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका किरात राई यायाेक्खाका केन्द्रीय उपमहासचिव सुवासचन्द्र राईले विद्यार्थी संले सञ्चालन गरेकाे यस कार्य प्रशंसनीय रहेकाे बताए । उनले भने– किरात राई यायाेक्खाकाे भातृ संगठनहरूमध्ये अब्बल संगठनकाे रूपमा किरात राई विद्यार्थी संघ रहेकाे बताए । विभिन्न गतिविधिहरू गर्दै आइरहेकाे संघले सामाजिक मुद्दासँगै किरात प्रदेश नामकरणकाे आवाज उठाइरहेकाे छ ।

किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव सुबासचन्द्र राई, केन्द्रीय सदस्य द्वय कमला राई, बिमला राई, सामाजिक अभियानता समाजसेवी अन्यायको बिरोधी शिव वान्तावा राई किरात राई यायोक्खा पक्कली भासिका अध्यक्ष जे.आर. चाम्लिङ राई, इटहरी वडा ५, ७ का सचिव जेवि किरात, किरात राई सुम्निमा संघका इटहरी नगर अध्यक्ष बन्दना राई, राम कुमारी राई, माया राई लगायतको उपस्थिति रहेको थियो ।

पीडित बालकको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको अध्यक्ष राईले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकाका पाँच स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पदमदुःखी सम्बाहाम्फे पाचथरको कुम्मायक गाउँपालिकास्तरय स्वास्थ्य सस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ...

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...