सवारी साधनहरूमा प्रयोग गरिने इम्बोस्ड नं. देवनागरी लिपिमा यातायात मन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षण - Naya Online

सवारी साधनहरूमा प्रयोग गरिने इम्बोस्ड नं. देवनागरी लिपिमा यातायात मन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षण

काठमाडौँ, ३० भदौ । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएकामा नेपाल प्रज्ञा–प्रतिष्ठानले देवनागरी लिपिमै राख्न ध्यानाकर्षण गराएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीलाई भेटी सवारी साधनमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको र सम्माननीय प्रधानमन्त्रीले समेत देवनागरी लिपिलाई नै इम्बोस्ड नं. मा प्रयोग गर्न आफूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभएको सन्दर्भमा आइतबार पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी कार्यान्वयनका निम्ति ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । सो अवसरमा ध्यानाकर्षण गराउनुहुँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं. प्लेट राख्ने निर्णय हुनु उचित नभएको बेहोरा जानकारी गराउनुभएको थियो ।

धेरै प्रयत्नको परिणामस्वरूप देवनागरी लिपिमा साक्षरता प्रतिशत बढिरहेको नेपालमा कतिपय सहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेको अवस्थामा सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी रोमन लिपिको अङ्ग्रेजी भाषा मात्र प्रयोग गर्दा सर्वसाधारण नागरिकहरूलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकहरूले सहजै न्याय नपाउने सम्भावना बढी हुनेतर्फ समेत उहाँहरूले मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सवारी साधनहरूको नम्बर प्लेटमा देवनागरी लिपिको नेपाली भाषा प्रयोग गरेर काम चलिरहेको अवस्थामा उक्त व्यवस्थालाई फेरेर रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्न लगाउने व्यवस्थाबाट राज्यलाई अनावश्यक आर्थिक भार थपिने मात्र होइन, राष्ट्रिय स्वाधीनताका सवालमा खरो रूपमा उत्रिएको वर्तमान सरकारप्रति नै आम जनसमुदायमा नकारात्मक धारणा फैलिनेतर्फ समेत सतर्क रहनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार रोमन लिपिको अङ्ग्रेजीमा इम्बोस्ड नम्बर राख्नैपर्ने अवस्था हो भने पनि सुरुमा देवनागरी लिपिको नेपाली भाषा प्रयोग गर्ने र त्यसका मुनि रोमन लिपिको अङ्ग्रेजी भाषाको प्रयोग गर्न सकिने राय उहाँहरूले प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री नेम्वाङले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई लिखित रूपमा ध्यानाकर्षण गराउनुभएबमोजिम प्रधानमन्त्रीबाट सवारी साधनमा देवनागरी लिपि कायम रहने गरी व्यवस्था गर्न निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताउनुभएको थियो । सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा समेत मन्त्री नेम्वाङले बताउनुभयो । वर्तमान सरकार नेपालको पहिचानका रूपमा रहेका भाषा, संस्कृति र साहित्यको संरक्षणका सवालमा अत्यन्त गम्भीर रहेको समेत उहाँले उल्लेख गर्नुभएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकाका पाँच स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पदमदुःखी सम्बाहाम्फे पाचथरको कुम्मायक गाउँपालिकास्तरय स्वास्थ्य सस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ...

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...