मानव अङ्ग बेचिन्छन् भन्ने सुवास सुब्बा रिहा, कोरोना भ्याक्सिन बनाएको दावी - Naya Online

मानव अङ्ग बेचिन्छन् भन्ने सुवास सुब्बा रिहा, कोरोना भ्याक्सिन बनाएको दावी

काठमाडौं, ३१ भदौ । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरू झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा मंगलबार रिहा भएका छन् ।

तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा बस्ने सुब्बालाई प्रहरीले गत भदौ २२ गते पक्राउ गरेको थियो । ललितपुरमा उनको अन्तिम विकल्प नामक संस्था रहेको र त्यसमार्फत उपचार सेवा पनि गर्दै आएका छन् ।

सुब्बा रिहा भएपछि उनका समर्थकहरूले मंगलबार चक्रपथ क्षेत्रमा मोटरसाइकल र्याली गर्दै नक्खिपोटसम्म पुर्याएका थिए । क्रिश्चियन धर्मका पास्टर समेत रहेका सुब्बालाई उनका धार्मिक कार्यकर्ताहरूले तथा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुङ समूहका नेता कार्यकर्ताहरू समेत झण्डा लिएरै सामेल भएका थिए ।

नेपालबाट बाहुन–क्षेत्रीहरूलाई भगाउने जस्ता उग्रवादी मुद्दा उठाउने मंगोलन नेशनल अर्गनाइजेशनमाथि नेपालमा क्रिश्चियानिटी फैलाउने संगठनको आरोप पनि लाग्दै आएको छ ।

सुब्बाले कोरोनाको भ्याक्सिन बनाएको दावी गरेका छन् । जुनसुकै रोगको पनि उपचार गर्छु भन्ने सुब्बाले डा.उपेन्द्र देवकोटालाई समेत मेरोमा ल्याउनु, उपचार गर्छु भनेर सामाजिक सञ्जाल तताएका थिए ।

यो पनि पढ्नुहोस ।

‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अन्तवार्ता दिने डाक्टर पक्राउ

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण

काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह बुधबार प्रज्ञा...

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै

काठमाडौँ, १४ असोज । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको...

श्रम स्वीकृति अनश्चितकालको लागि बन्द

काठमाडौं, असोज १४ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि...

पीसीआर शुल्क बढि लिने आठ प्रयोगशालालाइ मन्त्रालयको २४ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले तोकेको...

नेपालमा प्रत्येक दिन ६र७ जनामा बलात्कारको घटना भईरहेको छ : गृहमन्त्री बादल

काठमाडौं, असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले विश्वका अरु देशको तुलना गर्दा नेपालमा बलात्कारका...

माडी नगरपालिकाले अयोध्याधामको लागि १०० विघा जमिन छुट्यायो

काठमाडौं, असोज १४ चितवनको माडी नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका जमिनको टुङ्गो...

उर्जामन्त्री पुनबाट विद्युत अनियमित समस्या समाधान गर्न निर्देशन

काठमाडौं, असोज १३ उर्जामन्त्री वर्षमान पुनले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन...

ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं , असोज १३ काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री...

उपत्यकामा जोर विजोर प्रणालीमा थप कडाई

काठमाडौं,असोज १३ उपत्यकामा स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप कडा बनाइए छ...

वर्षमा ६ पटकसम्म मात्र जाँड–रक्सी बनाउन पाइने : सर्वोच्च अदालत

काठमाडौं , असोज १३ सरकारबाट अनुमतिमतिपत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र...