काठमाडौं , भदौ ३१
राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट थप चार उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ।
जसमा चीनको गुआंग्झो ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेड, गुआन्जाउ, ललितपूरको सम्पदा हेल्थकेयर प्राली. इमाडोल, भारतको आर एल क्रोप इन्डिया र काठमाडौंको श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्डष्ट्रिजको उत्पादन गुणस्तरहीन मापदण्ड विपरित भेट्टाएको हो।
प्रयोगशालाले कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
यस अगाडि स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।