काठमाडौं, ३ असोज । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका १ स्थीत साराङडाँडाकी इन्द्रकुमारी लिम्बूलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ । हाल काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेकी लिम्बूको आफ्नै दिदीबहिनीले बोनब्यारो दिएमा कम्तिमा १५ लाख ट्रान्सप्लान्ट खर्च हुने अस्पतालले जनाएको इन्द्रकुमारीले नयाँ अनलाइनलाई बताइन् ।
पाँचथरको फिदिम नपा १४, लुङ्रुपास्थीत जयबहादुर नेम्बाङकी छोरी इन्द्रकुमारीको श्रीमान प्रेमराज आङ्देम्बे ७ वर्ष अगाडि वैदेशिक रोजगारको लागि साउदी गएको ६ महिनामै सुतेको सुत्यै भएर मृत्यु भएपछि साहाराविहिन पनि भएकी छिन् । उनको ११ वर्षकी छोरा र ८ वर्षकी छोरी छन् ।
२ वर्षदेखि विरामी भएको र पहिलो चरणको उपचार गरेको डेढ वर्ष भइसकेको छ । पहिलो चरणको उपचारमा १५/१६ लाख खर्च भइसकेको र दोस्रो चरणको लागि उपचार गर्न १५/१६ लाख नै जुटाउनुपर्ने भएको हुँदा सहयोगको अपिल गर्नुपरेको बताउछिन् । ‘नानीहरु सानै छन्, म मरेभने विजोग हुन्छन् जस्तो लाग्छ’-उनि थप्छिन् ।
डाक्टरका अनुसार अब ३ महिनासम्म किमो चढाएपछि इन्द्रकुमारीको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।