'राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन' -नरबहादुर पुन - Naya Online

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर पुन (एनबी) हालै जनता समाजवादी पार्टी प्रवास विशेष प्रदेश समिति मलेसियाको अध्यक्ष तथा जनता समाजवादी पार्टी मगर संघको विदेश बिभागको विभागिय संयोजक छन् । पुनसँग भएको अनलाइनवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

मलेसिया बस्दै आउनुभएको कति भयो ?
मेरो मलेसियाको बसाइँ सन् २००४ सालबाट हो ।

वैदेशिक रोजगारीमा त पैसा कमाउन जान्छन्, तपाई त संघसंस्थातिर व्यस्त हुनुहुन्छ त ?
हो हाम्रो धेय पैसा कमाउनु नै हो तर हामी समाजमा बस्ने सामाजिक प्राणी भएको नाताले कुनै न कुनै संघसंस्थासँग आवद्ध भैहालिँदोरहेछ ।

कुन कुन संस्थाको कुन कुन तहमा काम गर्नुभयो ?
कुनै समयमा श्रमिक सङ्गठन लागेर श्रमिकहरूको हक हितको लागि मलेसियामा आवाज बुलन्द गर्ने र दुःख वा समस्यामा परेका नेपाली सहयोग/उद्धार गर्ने काम गरियो । त्यस्तै लाङ्घाली समाज, प्रवासी मगर संघ मलेसिया पेनाङको संयोजक, प्रवासी मगर संघ, मलेसियाको उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहुदै नेपाल मगर संघको मलेसिया अध्यक्षसम्म र केही समय जनजाति महासंघ मलेसियामा नेपाल मगर संघ मलेशियको नेतृत्व गर्दै जनजाती महासंघको वरिष्ठ उपाध्यक्षको भुमिकामा पनि रहेर काम गरेको थिएँ । नेपालको बसाइँमा पार्टीको जिल्ला र गण्डकी प्रदेश स्तरीय कमितिमा रहेर पनि काम गरेको थिएँ ।

रोजगार र संघसंस्था एकैचोटी भ्याउनुहुन्छ ?
प्रवासमा रोजगारीमा भएकै कारण स्वभाविक रूपमा पहिलो प्रथामिकता रोजगारी रहनेछ त्येस अलावा छुट्टिका समय वा बचेखुचेका समयहरूलाइ संघसंस्थातिर लगानी गर्ने हो ।

नेपाल आएर केही समय व्यावसाय पनि गर्नुभएको रहेछ, किन छाड्नुभयो ?
हो केही समय नेपाल सरकारले मलेसियाको श्रम सम्झैता रोकिदिएको कारण नेपालमा रहँदा व्यावसायी बन्ने प्रयास गरेको थिएँ तर श्रम सझौता खुलेपछि पुनः मलेसिया फर्किए ।
नेपालमा गर्न सकिन्छ भनेर केहीले भन्दैछन्, तपाईले चाहीँ नसक्नुभएको हो कि ? बजार छैन ?
होइन, तपाइले भन्ने जस्तै । आखिर हामी नेपालमै आएर केही गर्ने नै हो। अहिले मलाइ कम्पनीले ‘रिकल’ गरेकै कारण मलेसिया नै आएको हुँ ।

मलेसियामा त अहिले जनता समाजवादी पार्टीको अध्यक्ष बन्नुभएछ, कहिलेदेखि पार्टीमा आवद्ध हुनुभयो ?
म नयाँ शक्ति नेपाल स्थापनाकाल देखि नै यो राजनितिमा लागेर बौद्धिक व्यक्तित्व पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईलाई साथ दिएको हुँ ।

नेपालमा छँदा पनि राजनीतिमा हुनुहुन्थ्यो ?
जब म राजनितिमा लागे । त्यसयता म नेपालमा हुँदा वा विदेशमा हुदा नेता तथा त्यहाँका समाजहरूसँग जोडिएर राजनितिमा निरन्तर रहिरहेको छु ।

जनता समाजवादी पार्टीको कुन कुराले आकर्षित गर्यो ?
सर्वप्रथम त म बौद्धिक व्यक्तित्व आदरर्णीय नेता पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराई, उहाँको बौद्धिकता, उहाँको नौ महिने अर्थमन्त्री कार्यकाल र सत्र महिने प्रधानमन्त्री कर्यकालमा गरेका ऐतिहासिक काम र निर्णय गर्न सक्ने क्षेमतामा मेरो प्रभाव रहयो । पार्टीले लिएका नीति र सिद्धान्तमा संघीयता, सुशासन, समृद्धि र समाजवाद यस्का श्रेयहरू नै हुन् । पहिचान सहितको संघीयता, देश विकास र स्थिर सरकार हुन्नको लागी प्रत्यक्ष कार्यकारी निर्वाचन, सबै जातजाती, भेषभुषा, धर्म संस्कृति, पिछडा वर्ग र लैङ्गिक समानताको लागि पूर्ण समानुपातिक सांसद र भ्रष्टाचार रोक्नको लागि जनलोकपालको ब्यवस्था आदि इत्यादि ।

प्रवासमा रहनेहरूले नेपाली राजनीतिक पार्टीको संगठन गर्नेपर्छ ?
त्यो अनिवार्य होइन तर पनि हामी सचेत प्राणि भएकै कारण ज्ञान बिज्ञान र दर्शनप्रति झुकाव रहदोरहेछ ।

कम्पनीमा काम पनि गर्नुहुन्छ, संगठन कसरी चलाउनुहुन्छ ?
सङ्गठन एउटा व्यक्ति नभई संस्था भएको कारणले संस्थागत निर्णयबाट नै संस्था चल्छ । संस्थामा नीति र नियम हुन्छ । यदि आर्थिक पक्षको कुरा गर्नु भएको हो भन्ने लेवी र स्वेछिक सहयोग नै यस्को मुख्य आयश्रोत हुन्छ ।

मलेसियामा अध्यक्ष भएको हैसियतलाई नेपालमा पार्टीले कुन तहमा राख्ला ?
विधानत हाम्रो पार्टीले पार्टी भित्रको सांगठनिक संरचना १०+१ प्रदेशको परिकल्पना गरेको छ । जस्मा +१ भन्नेको गैर भौगोलिक प्रदेश र प्रादेशिक विशेष प्रदेश गरी दुईवटा प्रदेशलाई जनाउछ । प्रादेशिक विशेष प्रदेशमा अहिलेसम्म २१ राष्ट्रमा हामी सङ्गठीत छौ । त्यसमध्य एउटा राष्ट्र मलेसिया हो यसलाई जिल्ला सरहको संरचना र नेतृत्व विधानत उत्लेख गरिएको छ । यद्यपि हाम्रो पार्टीले सबै तहमा प्रतिस्प्रर्धात्मक विधिबाट नेतृत्व चयन गर्ने भएको हुनाले प्रारम्भिक कमिटि नै सर्वेसर्वा कमिटि हुन्छ ।

नेपालमा फर्किएर राजनीतिमै होमिने योजना हो ?
राज्य सञ्चालनको प्रमुख नीति नै राजनिति भएको कारणले राजनितिबाट टाढा रहन सकिदैनजस्तो लाग्छ ।

अन्त्यमा केही ?
अन्तमा तपाइले विदेशमा रहँदा पनि सझेर तपाइको मिडियामा मेरो कुरा राख्न स्थान दिनुभयो । यस्को लागि तपाईं र तपाईंको टिमलाई धेरै–धेरै धन्यबाद दिन्न चाहन्छु ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...