पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण - Naya Online

पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण

काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह बुधबार प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीबाट लोकार्पण भएको छ ।

सङ्ग्रह लोकार्पणपछि बोल्दै कुलपति उप्रेतीले परिस्थिति जतिसुकै प्रकतिकुल भएता पनि सर्जकलाई त्यसले कुनै असर नगर्ने बरु त्यसले अवसर ल्याउने बताएका थिए । उहाँले चेतना र इच्छाशक्तिलाई मानिसको उमेरले फरक नपार्ने उल्लेख गर्दै जीवनको सात दशक पार गरेका स्रष्टा पोखरेलद्वारा रचित सृजनाहरू नेपाली कविता साहित्यका लागि तागत भएको विचार व्यक्त गरेका थिए ।

पुष्पराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञश्वर निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासकार शङ्कर भारती र प्रतिष्ठानका महासचिव डा. प्रदीप मैनालीले लोकार्पित कविता सङ्ग्रहका बारेमा चर्चा गरेका थिए । भारतीले पोखरेलको लेखनमा धार्मिक र सांस्कृतिक प्रवृत्ति झल्किएको बताएका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, पूर्व प्राज्ञ परिषद् सदस्य विष्णु प्रभात, प्राज्ञसभा सदस्य शशी लुमुम्बू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम टिएन भट्ट विश्वामित्रले सहजीकरण गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि,कोरोना संक्रमितले परिक्षा दिन नपाउने

काठमाडौं, ५ कार्तिक । कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेबाट सुरु हुने...

दशैँमा पनि कोभिड अस्पताललाई निरन्तर सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा पनि कोभिड अस्पताल र प्रयोगशालाहरुलाई...

राष्ट्रपतिद्धारा दुई महिनाको पारिश्रामिक कोरोना कोषमा

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले स्थापना गरेको कोरोना “भाइरस संक्रमण रोकथाम...

नडाहामा बलात्कार निराकरण सम्बन्धी किशोरीहरुको प्रर्दशन

प्रकाश दिप्साली राई,नडाहा सुनसरी, ४ कार्तिक ।हिजो नडाहामा सचेत किसोरीहरुले समाजमा हुने गरेको व्याप्त...

पछिल्लो २४ घण्टामा देशभर ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , ४ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर ३०९३ जनामा कोरोना संक्रमण पुष्टि...

अर्थमन्त्री पौडेलको सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

काठमाडौं, ४ कार्तिक । अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन्।...

१५ दिनभित्रमा आइसोलेशन सेन्टरलाई कोभिड अस्पतालमा रुपान्तरण गरिने

काठमाण्डौ, ४ कार्तिक । सरकारले कोरोना सङ्क्रमण तिब्ररुपले बढ्दै गएपछि देशभर अहिले सञ्चालनमा रहेका...

कोरोनाको निःशुल्क परीक्षण र उपचार क-कसले पाउँछन् ?

काठमाडौं, ४ कात्तिक | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी...

दशैँमा घर नजान प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रालयको आदेश

काठमाडौँ, ३ कार्तिक । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई दशैँ,तिहार ,छठ , नेपाल सम्बत लगायतको...

यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण...