करणी गरि हत्या गर्नेलाई मृत्यु दण्डको माग - Naya Online

करणी गरि हत्या गर्नेलाई मृत्यु दण्डको माग

काठमाडौं, असोज १५


संविधानले मृत्युदण्डको परिकल्पना नगरेको अवस्था भएता पनि संसदहरुले करणी गरि हत्या गरेको प्रमाणित भएमा मृत्युदण्ड दिनु पर्ने विषयमा छलफल आवश्यक भएको बताएका छन् ।

बुधबार बसेको संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बैठकमा ‘महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कार सम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दै १६ वर्षमुनिका बालिकालाई करणी गरी हत्या गरेको पाइएमा मृत्युदण्डसम्मको कार्बाही हुने विषयमा छलफल आवश्यक भएको संसदहरुले बताएका हुन् ।

बैठकमा सांसदहरुले करणी जस्तो जघन्य अपराधपछि पीडक थोरै दण्ड सजाय भोगेपछि पुनः ठाडो शिर लगाएर हिंड्न सक्ने तर पीडित झन् पीडित हुने स्थितिको अन्त्य हुन पनि कडाभन्दा कडा कारबाहीको व्यवस्था गरी कानुन निर्माण गर्नुपर्ने बताउदै मृत्यु दण्डको बहसलाई अघि बढाउनु पर्ने माग गरेका छन् ।

संसदहरुले दण्ड सजाय दिने विषयमा भावनात्मक कुरालाई अगाडि सार्न नहुने र अन्तर्राष्ट्रिय महासन्धि अनुसार नेपालले मृत्युदण्ड हुने कानून बनाउन नसक्ने भएता पनि यस विषयमा छलफल आवश्यक रहेको साथै १६ वर्षमुनिका बालिकामाथि करणीपछि हत्या गरेको प्रमाणित भएमा मृत्युदण्डको लागि छलफल हुनेबित्तिकै महासन्धिको कुरा ल्याएर रोक्ने प्रयास गर्न नहुने बताएका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक । झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.)...

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध...

उपचार निशुल्क गर्न भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ५कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना...

केपी शर्मा ओली र प्रचण्डबिच ४ बुदे सहमति

काठमाडौं, ५ कार्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा...

कोरोनाको उपचार गर्न नसक्नेको सरकारले उपचार गर्छ : मन्त्री ढकाल

काठमाडौँ, ५ कार्तिक स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको परिक्षण र उपचार परिवारले गर्न...

लिम्बुवान मञ्चको क्रियाशिल सदस्यता पत्र वितरण कार्यक्रम सम्पन्न

झापा, ४ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान मञ्चले झापाको बुद्धशान्ति गाउँपालिका–...

जसपाको संघीय परिषद अध्यक्षमा डा.बाबुराम भट्टराई

काठमाडौँ, ४ कार्तिक । पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटी (जसपा)का नेता डा.बाबाुराम भट्टराई जनता...

कोरोनाको उपचारबारेको निर्णय फिर्ता हुन सक्ने, मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, ४ कार्तिक । आज मंगलबार मन्त्रिपरिषद्को बस्ने भएको छ । सधैँ सोमबार र...

लिम्बुवान मञ्चको राजनैतिक प्रसिक्षण तथा अन्तर्कृया कार्यक्रम सन्पन्न

इक्साहाङ चेम्जोङ, झापा झापा, ४ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मञ्च नेपाल...