अमेरिकामा हलोविन मनाउँदा - Naya Online

अमेरिकामा हलोविन मनाउँदा

विरही काइँला


३१ अक्टोबर हलोविन पर्व । प्रत्येक वर्ष अक्टोबर महिनाको अन्तिमदिन ईसाइहरूले मनाउने चाड । पहिले अमेरिकामा हलोविन मनाउने चलन थिएन । आइरिस र स्कटिसले यो चाड उत्तर अमेरिकामा पनि ल्याए । यो चाड अमेरिकामा सबै धर्मका मानिसहरूले गर्मी यामको विदाइ गर्न मनाउने चाड भएको छ । यो परिवारको लागि एउटा ठट्यौली उत्सव पनि हो । हरेक वर्ष २६ अक्टोबरमा मनाइने राष्ट्रिय फर्सी दिवसपछि आउने यो चाडमा घर बाहिर राखिएका फर्सीसँगै माकुराको जालो टाँगिन्छ । राक्षस तथा दुष्टात्माका पुतलाहरूले घर सजाउने चलन छ ।

वर्ष २०१९को कुरा ।
हामीले पनि घर बाहिर पुतलाहरू झुण्डयाएका छौं । कालो माकुरोसँगै जालो टाँगेका छौं । बेलुकी ६ बजे पछाडि हुरी बतास आउने सम्भावना रहेको मौसम विभागको चेताउनीको कारणले गर्दा मानिसहरू ५ बजेदेखि नै घरमा आउन थालेका छन् । हलोविन मनाउन आउनेहरूलाई क्यान्डी दिनु दीपक घरमा बस्ने भएपछि माङगेना, आर्य, अमूल्य, युयु र म हलोविनका लागि तयारी हुन्छौं । विक्रम, स्मृति सापकोटालाई पर्खदा अलिक ढिलो हुन्छ । बिक्रम सापकोटाले इन्डियानादेखि वाशिङ्टन डीसीहुँदै भर्जिनियासम्म व्यापार फैलाएका छन् । विक्रम, स्मृतिसँग पूजाहरू पनि थपिए । हाम्रो समुहको संख्या १५ पुगेको छ ।

आर्य सुपर म्यान, याजा जम्बी, आदी रोबर्ट अनि अमूल्य स्पाइडर म्यान बनेका छन् । हलोविन मनाउने क्रममा आर्यले रेबाको घरको दैलो ढकढकाए । मानसिक रूपमा अस्वस्थ आमालाई भेट्न आएकी रेबाकी छोरी डेभीले दैलो खोलिन् ।

चारै जनाले एकसाथ भने– ‘ट्रिक अर ट्रेट’ ।

डेभीले सबैले बोकेका फर्सी आकारको बाल्टीमा क्यान्डी लगाइदिइन् । अघिल्लो वर्ष उनका पिता वारेन ए रिचर्डले क्यान्डी बाँडेका थिए । त्यही वर्षको बडा दिन आउन अघि रिचर्ड बिते । पतिको निधनपछि रेबाले मानसिक सन्तुलन गुमाएकी कारण अलग बस्दै गरेकी छोरी डेभी आमासँग बस्न आएकी छे ।


आजको हलोविन रीतिथितिहरू सेल्टिक भाषी देशहरूका लोक रीतिथिति विश्वासबाट प्रभावित भएको मानिन्छ । गैलिक परम्परा अनुसार यो चाड मान्नेहरूका लागि आजको दिन फसल यामको आखिरी दिन हो । आजदेखि नै जाडो याम शुरू हुन्छ । आजै मृतात्माहरू जागेर जीवित आत्माहरूलाई सताउने गर्दछन् । यस्ता नराम्रा आत्माहरू भगाउनका लागि मानिसहरूले भूत, पिशाच, राक्षस, ग्रीकरियर, मोंस्टर, ममी, कंकाल, वैम्पायर, बेयरवोल्फ, चुडेलजस्ता आकृतिभएका पहिरहरण र मकुण्डो लगाउने गर्दछन् ।

मानिसहरूमा आत्मा र अनात्माबारे फरक फरक विचार छ । कतिले आत्मा अनि कतिले अनात्माको वकालत गर्दै आइरहेका छन् । अमेरिकामा चाहिँ हलोविन सबैका लागि पर्व हो । हलोविनको साँझ ज–जस्को घर अगाडि फर्सी वा राक्षसका पुतलाहरू झुण्ड्याइएका हुन्छन् त्यसता घरको दैलो ढकढकाउदै ‘ट्रिक अर ट्रेक’ (TRICK-OR-TREAT) भन्ने गरिन्छ । घरपतिले दैलो खोलेर बाल्टीमा क्यान्डी लगाइदिने गर्दछन् ।


हाम्रो समुह सडक पार गरेर अर्को सडकका एउटा घरको दैलो ढकढकउन पुग्यो । बत्ती झिलिमिलि भए तापनि घर सुनसान थियो । एकाएक बत्ती झ्याप्प निभ्यो । मानिसहरू कहालिएका डरलाग्दा आवाजसँगै हाम्रा वरिपरि नरकंकालहरू नाच्न लागे । त्यहिँ समय घरका दैलो खोलियो जहाँ तीन वटी चुडेलहरू ठिङ्ग उभिरहेका देखिए । घरको तर्साउने दृश्यले आर्य, याजा, आदि र अमूल्य डराए । हामीले उनीहरूका हात समातेर नडराउ भन्यौं । यिनै चुडेलहरूका हातबाट आर्य अनि साथीहरूले क्यान्डी थापे । हामीले नरकंकालहरूसँग फोटो खिच्यौं अनि अर्को घरतर्फ पाइला चाल्यौं । त्यसघरको दैलो छेउमा राखिएको बाल्टीमा लेखिएको थियो –‘बाल्टीबाट क्यान्डी निकालेर लानुहोस् ।’ तर बाल्टीमा क्यान्डी थिएन । हामीभन्दा अगाडि आउनेहरूले क्यान्डी लगिसकेका थिए । बाल्टी रित्तो थियो । चुपचाप बाटो लाग्यौं ।

दुईवटा सडक वरिपरि घुम्दा नै क्यान्डीका बाल्टी भरिए । अमूल्य र आदिले बाल्टी बोक्न सकेनन्, माङगेनाले अमूल्यको अनि स्मृतिले आदिको बाल्टी बोकिन् । पूजाहरू स्प्रीङफिल्ड प्लाजातर्फ लागे हामी घर फर्क्यौं ।

केहीदिन अघि फर्सी दिवसको छेकमा पम्पकिन पार्क घुम्न गएको थिएँ । पहेँला फर्सीहरूले पार्क भरिका थिए । अमेरिकामा फर्सीलाई लोकप्रिय बालीमध्येका एक खेती मानिन्छ । यहाँको लोक– संस्कृतिमा समेत फर्सीको विशेष स्थान छ । हलोविनको प्रतीक ‘ज्याक ओउ–लालटिन’ भनिने सजावट फर्सीहरूमा कुँदिने गरिन्छ । यसलाई हलोविनको समय मानिसहरूले घर–घरमा राख्ने गर्दछन् ।

पम्पकिन पार्कमा आगन्तुकहरूलाई पार्कमा भुतको जङगल पनि घुमाइन्छ । जङगलमा देखाइने कङकालहरूका नृत्य, चुडेलहरूका लस्कर, पुतलाहरूउडेका दृश्यहरू हलोविन आगमनको पूर्वरूप रहेछन् ।

हलोविन खेल्दा बाल्यकालको दसैँ सम्झे । दसैँसँगै गाउँघर सम्झे । उसबेलाको दसैँ हिजोआजको दसैँ जस्तो थिएन । उसबेला दसैँ भन्नाले वर्षमा एकपटक असोज महिनामा मनाइने दसैँलाई नयाँ लुगा लगाउने दिन र मिठो खानेकुरा खाने समय बुझिन्थ्यो । हाम्रो घरमा दसैँ आउनु महिनादिन अघिदेखि दशैँको तयारी सुरू हुन्थ्यो । जाँड पकाएर ठूल–ठूला ध्याम्पाहरूमा राखिन्थे । सहरबाट गजी लुगा किनेर ल्याएका सिलाउनु पन्द्रदिन अगाडी दर्जीलाई बोलाइथ्यो । दर्जी लुगा सिलाउने हाते मिसिन ढाडमा बोकेर घरमा आउथे अनि आँगनमा गुन्द्रीमाथि मिसिन बिसाएर पालैसँग हाम्रो कमर हात छाती आदिको लम्बाइ चौडाई नापेर त्यसैको नापमा गजी लुगा काटेर सिलाउथे । म दाजुभाईमा काइँला हुनाले मेरो पालो चार नम्बरमा आउथ्यो । लुगा सिलाइ सकेपछि घटाउनु वा बढाउनु पर्छ कि भनेर लुगा लगाउनु पर्दथ्यो । आमाले ठीक भयो भनेपछि दर्जीले लुगा फुकाल्न लगाएर आमालाई जिम्मा लगाउथे । हामी भने नयाँ लुगा लगाउनुलाई दसैँको प्रतीक्षा गर्दथ्यौं ।

नौरथ लागेपछि दर्जीका छोराहरूले हाम्रो आँगनमा विहान अनि साँझ गरी दुई पटक नगरा बजाउने गदर्थे । यो क्रम फूलपातीसम्म चल्दथ्यो । मारको दिन दर्जीका सबै परिवारले सुकिला लुगाफाटा लगाइवरी नौमती बाजा बजाउथे । ब्राहमणहरू भेला भएर मालश्री गाउथे । त्यसदिन आँगनको मौलो वरिपरी फर्सी, काँक्रो, कुभिण्डो आदिको मार काटेपछि मौलोमा राँगोलाई मार हानिन्थ्यो । मार हान्दा बन्दुक पडकाइथ्यो । दसैँको प्रभावकै कारण लिम्बुहरूले विवाह र मृत्युको समय बन्दुक पडकाउने प्रथा बसालेका हुनुपर्छ ।

पन्धदिन अघि सिलाइएका नयाँ लुगा लगाएर दाजुहरूसँग म पनि मार हानेको रमिता हेर्थे । मूल घरमा मार हानिसकेपछि गाउँका एक–एक गर्दै सात जिम्मावाल सुब्बाहरूका आँगनमा मार काटिन्थ्यो । म दाजुहरूसित घोडामा चडेर गाउँभरिका मार हानेको दृश्य हेर्न पुग्थे । फूलपातीदेखि टिकाको दिनसम्म हाम्रो घरमा भतेर पाक्दथ्यो । गरीबहरूलाई भातमासु खान दिइन्थ्यो । सुब्बा मान्न आएका रैतीहरूलाई पिताजीले जमरासँग टिका लगाइ दिनुहुन्थ्यो । गाउँका लिङगेपिङ अनि रोटेपिङमा बाल–वृद्धा सबै उमेरका मानिसहरू भिँड लाग्दथे । बलियाहरूले छेलो हान्थे, पैठोजोर खेल्थे । आछामे कान्छा, हाङबोलो नेम्बाङ, डिगबहादुर तामाङ, दिलबहादुर तामाङ र म चाहिँ भरखरै काटेको मकैको बोट उखेलेर त्यसको हुक्राङ खेल्दथ्यौं ।

बि.स. २०२८ सालदेखि सुब्बाङ्गी ब्यवस्था हटेपछि सुब्बाहरूले मार काट्न छाडे । आँगनको मौलो पनि उखेलेर फालियो । हामी सानोमा नयाँ लुगा लगाउनु दसैँ कुर्थ्यौं । आज आर्य, अमूल्य, आदि र याजाहरूले राक्षस आकृतिका भएका लुगा र मकुण्डो लगाउन हलोविन कुर्ने गर्छन् । यहाँ जन्मेका, पढेकाहरूले क्रिस्मस, धन्यवाद दिवस, हलोविन मनाउन सुरू गरेका छन् र त्यसैमा रमाउदा रहेछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विजयपुरमा बोर्ड राखेपछि विवाद बढ्दै

लिम्बुवान नागरिक समाजको ध्यानाकर्षण १४ अक्टोबर, लन्डन/प्रदेश नम्बर एकको नामाकरणको विषय टुङ्गो नलागिरहेको बेला...

प्रा.डा. महेन्द्र लावतीको अगुवाईमा आदिवासी पहिचानको अतिक्रमणक विरूद्धमा आन्दोलनलाई सहयोग

न्यूयोर्क, २८ असोज । नेपालमा पहिचानमाथि लगातार अतिक्रमण भइरहेको प्रति अमेरिकास्थीत आदिवासी जनजातिहरु सक्रिय...

विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व

केन्ट(बेलायत), १३ अक्टोबर । बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ...

मुकेश राईको साथी तिमी मेरो… म्युजिक भिडियोमा

युके, ९ अक्टोबर । गीतकार मुकेश राईको एल्बम मनोकांक्षा भाग २ मा समाविष्ट गीत...

अमेरिकामा हलोविन मनाउँदा

विरही काइँला ३१ अक्टोबर हलोविन पर्व । प्रत्येक वर्ष अक्टोबर महिनाको अन्तिमदिन ईसाइहरूले मनाउने...

केवाईसी यूके, वर्कशायर (रेडिङ) शाखाको अध्यक्षसहित सबै निर्विरोध निर्वाचित

यूके, ८ अक्टोवर किरात याक्थुङ चुम्लुङ यूके, वर्कशायर (रेडिङ) शाखाको अध्यक्षमा चुडाकर्ण थाम्सुहाङसहित सबै...

स्पेनले आप्रवासीमाथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुद नेपालीहरू धमाधम पोर्चुगल जाँदै

कृष्ण खनाल ‘मदन’ बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक...

किरात याक्थुङ चुम्लुङ युकेको बेजिङस्टोक शाखाको अधिवेशन सम्पन्न

विजयकुमार लिङ्थेप युके, ४ अक्टोबर । किराँत याक्थुङ चुम्लुङ युकेस्थीत बेजिङस्टोक शाखाको शनिबार भर्चुअल...

अमेरिकामा नेपाली आदिवासी कलाकार संगठीत

न्यूयोर्क, ४ अक्टोबर । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आयोजनामा अक्टोबर ३,...

नेपाली साहित्यमा अफ्रिकाः अनुभव बाड्दै अनेसास अफ्रिकाको पहिलो साहित्यिक भेट

सिसेल्स, २९ सेप्टेम्बर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले २६ सेप्टेम्बर (असोज १०...