विकृत पुँजीवादबाट उन्मुक्ति ! - Naya Online

विकृत पुँजीवादबाट उन्मुक्ति !

इन्द्र नारथुङे


ऊ मेरो बाल्यकालदेखिको साथी, जोसँग गाउँमा मात्र होइन गाउँदेखि धेरै टाढाको भूगोलमा पनि समयसँग लाप्पा खेलेको छु । उस्तै पारिवारिक पृष्ठभूमिका हामी दुई, जीवनलाई बुझ्ने र भोग्ने सवालमा भने फरक छौं । आज विशेष उनै साथीलाई केन्द्रमा राखेर अलिकति लेख्ने प्रयास गर्दैछु ।

ऊ भित्र थुप्रै सबलपक्षहरू छन् । इमान्दार छन्, कसैलाई केही भनी बिझाउँदैनन्, थुप्रै सीपले युक्त छन् तर रक्सी खाएपछि आफूसँग भएको जम्मै पैसा सिध्याउनै पर्ने उसको बानीले उसलाई भुइँभन्दा माथि उठ्न दिएको छैन । जसको प्रत्येक्ष असर उसको परिवारले भोग्नु परिरहेको छ । टिनएजको खुट्किलोमा उक्लन साथ छोरीले विवाहको बाटो रोजिन्, पढाई छोडेर छोरो मजदुरीको लागि सहर पस्यो । खेतीपाती र पशुपालनसँगै वर्षेनी गाउँका योजनाहरूमा काम गरे पनि उसको आर्थिक जीवनमा कुनै परिवर्तन भएको छैन ।

माथिको कथा एउटा उदाहरण मात्रै हो । निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका आम मान्छेहरूको यस्तो कथा देशैभरि भेटिन्छ । सरकारले निम्न वर्गको लागि जतिसुकै राम्रा कार्यक्रम अगाडि ल्याए पनि व्यक्तिको मनस्थितिमा रूपान्तरण नल्याएसम्म त्यो कार्यक्रम सफल हुन सक्दैन । जतिसुकै कडा कानून भए पनि माथिल्लो तहमा रहेकाहरूले भ्रष्टाचार गर्नु, ठेकेदार तथा पार्टीका कार्यकर्ता सम्मिलित उपभोक्ता समितिले कमजोर संरचना निर्माण गरेर पैसा कमाउनु, सामुदायिक विद्यालयका शिक्षकहरूले पढाउनमा भन्दा अन्य कुरामा ध्यानदिनु, विद्वान कहलाइएकाहरू समालोचनाभन्दा आलोचनाको आत्मरतिमा रमाउनु र जतिसुकै आम्दानी भए पनि भुइँ मान्छेहरूले रक्सी खाएर उडाउनु उस्तै–उस्तै भैरहेको छ । यी जम्मै विकृत पुँजीवादले निर्माण गरेको साँस्कृतिक विचलनकै उपज हुन् ।

विकृत पुँजीवाद लोकतन्त्रको सौन्दर्य होइन
मानिलिऔं, कोही दुईजना एउटा कोठामा सुतिरहेका छन् । जसमध्ये एकजनालाई पिसाबले च्याप्यो । ऊ उठेर ढोका खोली ट्वाइलेट जानु उसको अधिकार हो । तर सँगै उसले बुझ्नुपर्ने विषय के हो भने कतै म उठ्दा, हिँड्दा र ढोका खोल्दा सँगै सुतेको साथीको निन्द्रा त बिथोलिँदैन । उसले यति बुझेर आफ्नो अधिकार प्रयोग गर्यो भने त्यहाँ लोकतन्त्रको सौन्दर्य झल्कन्छ । तर साथीको ख्याल नगरी होहल्ला गर्दै उठेर, ठूलो आवाजमा ढोका खोलीसँगै सुतेको साथीको निन्द्रा बिथोली दियो भने त्यो अधिकारको विकृत उपयोग हो र त्यहाँ लोकतान्त्रिक सौन्दर्य समाप्त भएको हुन्छ । अहिलेको मुख्य समस्या भनेकै अधिकारको विकृत उपयोग हो । अधिकारको विकृत उपयोगलाई टेकेर निर्माण भएको साँस्कृतिक चिन्तनलाई रूपान्तरण नगरेसम्म उच्च वर्गले भ्रष्टाचार तथा अधिकारको दुरूपयोग गरि अवान्छित लाभ लिने र तल्लो तहकाहरू रक्सीको रसातलमा भासिने अवस्थाबाट मुक्त हुँदैनन् ।

शुरु कहाँबाट ?
शुरु भुइँबाट होइन माथीबाट नै हुनुपर्छ, जहाँ राज्यको पावर छ त्यहीँबाट हुनुपर्छ । तर पूर्ण रूपान्तरणको लागि अहिलेको शासकीय स्वरूप र निर्वाचन पद्धति बाधक छ । लोकतान्त्रिक साँस्कृतिक चिन्तन र व्यवहारयुक्त समाजमा अहिलेकै शासकीय स्वरूप र निर्वाचन पद्धति उचित होला तर हाम्रो जस्तो विकृत पुँजीवादले नेतादेखि सर्वसाधरणसम्मलाई खर्लप्प निलेको देशमा अहिलेको शासकीय स्वरूप र निर्वाचन पद्धति बाँदरलाई लिस्नो सिवाय केही होइन । क्रान्तिकारी, समाजवादी, बैकल्पिक शक्ति वा रूपान्तरणको राग अलापेर सत्तामा पुग्ने जुनसुकै पार्टी होस्, अहिलेकै मनोविज्ञानयुक्त समाजमा यही निर्वाचन पद्धतिलाई टेकेर अहिलेकै शासकीय स्वरूप अनुसार सत्तामा जाउन्, अन्ततः उनीहरू विकृत पुँजीवाद वा दलाल पुँजीवादकै सेवकमा रूपान्तरण हुनेछन् ।

किनकि जहाँका नागरिकहरू एक ग्लास रक्सीमा आफ्नो अमुल्य मत दिन तयार छन् । जहाँका नेता पार्टीबाट टिकट पाउनको लागि जस्तोसुकै हथकण्डा अपनाउन पछि पर्दैनन् । टिकट पाइसकेपछि चुनाब खर्चको लागि जोसुकैबाट सहयोग लिन अप्ठ्यारो मान्दैनन् । अझ राजनीतिक पार्टीहरू दलाल पुँजीपतिहरूलाई संसदको टिकट बेचेर चुनावखर्च जोहो गर्छन् । अन्ततः संसद बनिसकेपछि आम नागरिकको भन्दा चुनाव खर्च दिने दलाल पुँजीपतिको हितमा काम हुन्छरकानून बन्छ । सरकार त्यही दलाल पुँजीपतिहरूलाई नै योजना÷आयोजनाहरू जिम्मा लाउँछ र टुलुटुलु हेरेर बस्छ । आफ्नै आसेपासेहरू सल्लाहकार र मन्त्री बन्छन् । कमिसन बुझाउने र जयजयकार गर्नेहरूले राजनीतिक नियुक्ति पाउँछ । यी सब कुरो सहन नसकेपछि सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर पार्टी भित्र विवाद हुन्छ । विवाद बढ्दै गएपछि उचाल्ने र पछार्नेहरूको लाम लाग्छ, त्यो लाममा दलाल पुँजीपतिहरू नै अग्र भागमा हुन्छन् । अन्ततः पार्टी विभाजन हुन्छ वा कुनै शक्तिले कुनै जादु गरेर केही समयको लागि विभाजन टार्दिन पनि सक्छ । विभाजन रोकिए पछि लेनदेन शुरु हुन्छ । आखिर स्थायी भनिएको सरकारको ५ वर्ष दलाल पुँजीवादलाई पोस्याएर बिना उपलब्धि सकिएर जान्छ । अघिल्लो चुनावमा प्राप्त जनमत पुनः चुनाब हुँदा अर्को पार्टीतर्फ खिचिन पनि सक्छ । तर त्यो पार्टीले गर्ने पनि त्यही नै हो । अन्ततः दशक नबित्दै अर्को जनसंघर्षको लागि सचेत नागरिकहरू तयार बन्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

दलाल पुँजीवादको प्रभाव नपर्ने वा कम प्रभाव पर्ने शासकीय स्वरूप अहिले आवश्यकता हो भन्ने प्रष्ट छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति/प्रधानमन्त्री र विधायिका तथा स्थानीय तहको लागि व्यक्ती होइन पार्टीले चुनाव लड्ने चुनावी पद्धतिले दलाल पुँजीवादको उपस्थितिलाई कम गर्न सकिन्छ । निर्वाचनको बेला दलाल पुँजीवादीहरूको सहयोग नै नलिएपछि दबाब झेल्नु र उनीहरूको हितका खातिर आम नागरिकहरूको अपेक्षामाथि बञ्चरो चलाउनु पर्दैन ।

यसरी निर्वाचन प्रक्रियादेखि सत्ता सञ्चालनसम्मै दलाल पुँजीवादको चंगुलमा फसेको पार्टी वा व्यक्तिले कसरी जनमुखी काम गर्न सक्छ ? त्यसैले दलाल पुँजीवाद हावी नहुने वा कम हावी हुने निर्वाचन पद्धति अपनाउनुको विकल्प छैन । र, दलाल पुँजीवादको प्रभाव नपर्ने वा कम प्रभाव पर्ने शासकीय स्वरूप अहिले आवश्यकता हो भन्ने प्रष्ट छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति/प्रधानमन्त्री र विधायिका तथा स्थानीय तहको लागि व्यक्ती होइन पार्टीले चुनाव लड्ने चुनावी पद्धतिले दलाल पुँजीवादको उपस्थितिलाई कम गर्न सकिन्छ । निर्वाचनको बेला दलाल पुँजीवादीहरूको सहयोग नै नलिएपछि दबाब झेल्नु र उनीहरूको हितका खातिर आम नागरिकहरूको अपेक्षामाथि बञ्चरो चलाउनु पर्दैन । सरकारको स्थायित्वसँगै जनमुखी काम अगाडि बढ्छ । समयक्रमसँगै दलाल पुँजीवादले निर्माण गरेको साँस्कृतिक मनोविज्ञान रूपान्तरण भएर राष्ट्रिय पुँजीवाद वा समाजवाद उन्मुख हुन्छ । म र मेरो भन्दा पनि हामी र हाम्रो भन्ने भावनाको विकास भैसकेपछि वर्तमानमा विद्यमान धेरै विकृतिहरू समाप्त हुनेछन् । अनि पैसा साथमा भएपछि रक्सी खाएरै सिध्याउनु पर्ने मेरो साथीको मनोविज्ञान यथास्थितिमा रहला त ?

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

सरकारको प्रवक्तामा पार्वत गुरुङ

काठमाडौँ, ३ कार्तिक । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता...

किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ

(किरात सन्देश मासिक, वर्ष ३, अंक ४, २०५४ मा प्रकाशित लेखमाथि प्रतिवाद) तान्छोप्पा पत्रिका...

डा. भट्टराईलाई मानहानीको मुद्धा लगाउनु पर्छ : राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं, २९ असोज । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता...

नेकपालाई डा. भट्टराईको जवाफ : दोषी ठहरिए दण्ड भोग्न तयार छु

काठमाडौं, २८ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बुढिगण्डकी...

त्यो भर्चुअल जानकारी र अहिलेको भर्चुअल दुनियाँ

देवेन्द्र सुर्केली दिनको ठीक ११ बजेदेखि ‘क बाट कमल, ख खरायो’ आवाज आउँछ ।...

मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको...

डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री ओली र प्रचण्डले अर्वौ रकम घुस लिएको प्रमाणित गर्न नेकपाको चुनौती

काठमाडौं , २८ असोज । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम...

बुढीगण्डकी परियोजना विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग : डा. भट्टराई

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष...

हिलाम्मे सडकले यात्रुलाई सास्ती

पवित्रा लिम्बू खजुम तेह्रथुम, २५ असोज । तेह्रथुम बसन्तपुर म्याङ्लुङ सडकखण्ड विगत केही वर्ष...