‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर - Naya Online

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं, २३ असोज । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।

बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरू उपलब्ध गराइने धामीले बताए । स्थापनाको एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने उनले जानकारी दिए । ‘आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरूमा सुपथ मूल्यमा सामान उपलब्ध गराउनेछौं ।’

काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरूमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेको धामीले जानकारी दिए । ‘बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने क्रममा नेचर सुपरमार्केट प्रा.लि.को स्थापना भएको हो,’ उनले भने, ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौं ।’

सर्वसुलभ र गुणस्तरीय सामानहरू उपभोक्तामाझ पु¥याइने प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए । ‘उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुन्छ,’ उनले भने, ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिनेछ ।’ मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरू बिक्री वितरण गरिने उनले बताए । सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न प्रा.लि. प्रतिबद्ध रहेको प्रवन्धक सुभेक्षा धामीले बताइन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं, २३ असोज । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर...

फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १६ असोज । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

बैंकमा गभर्नरको हस्ताक्षर नभएका नोटहरु धमाधम भेटिन थाले

काठमाडौं,असोज ७ ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि...

प्याजको मूल्य तोकियो

काठमाडौं , असोज ५ पर्सामा प्याजकौ मुल्य निर्धारण गरिएको छ पर्साका प्रमुख जिल्ला अधिकारी...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक...

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं, २१, असार। वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ...

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ। तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा...

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४...

मुल्य वृद्धि गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना

बाँके, ९ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...