२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा छन् । सामाजिक सङ्सस्थामा आवद्ध छन् भने साहित्यको श्रीवृद्धिमा लागिपर्छन् । सानैदेखि कलाप्रतिको मोहले कुत्कुताउथ्यो । र, नै केही प्रतियोगितामा अब्बल बन्थे । आफ्नो पारिवारिक अवस्थाले गर्दा हाल उनी परदेशमा छन् । तर पनि साहित्य र सिर्जनलाई उत्तिकै प्रेम गर्छन् । त्यसैले गर्दा मगर भाषा तथा नेपाली भाषामा बेला बखत कविताहरू लेखिरहन्छन् । आजको नयाँ अनलाइनमा उनै मातृभाषी कवि डीएन ‘उपहार’ मगरसँग गरिएको कुराकानीको सारअंश ।
परदेशी जीवन कसरी व्यतीत गर्दै हुनुहुन्छ ?
परदेशी जीवन देश घरगाउँ र आफन्तहरूलाइ सम्झना गर्दै अनि अलिकती कसैको छोरा कसैकी श्रीमान् र कसैका बाबु हुनुको जिम्मेवारी बहन गर्दै कहिले हाँस्दै कहिले रुँदै खाली समयमा केही लेख्दै बिताइरहेछु ।
सिर्जना के कति गर्दै हुनुहुन्छ ?
सिर्जना मुड चलेको बेला र समय मिलेको बेला अलिअली गरिरहेछु ।
सिर्जना गर्नु परेको खण्डमा समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
जहाँ इच्छा त्यहा शक्ति भन्छन नि ! लेख्ने दृढ इच्छा छ भने समय जसरी नि व्यबस्थापन गर्न सकिन्छ, त्यसै नै गरिरहेछु ।
मातृभाषी साहित्यलाई हामीले कसरी बुझ्ने ?
यो गहन विषय हो । बुझ्ने नै हो भने आज हामीले लेखी रहेको साहित्यीक भाषा पनि कसैको मातृभाषा हो । यद्यपी नेपालमा त झन मातृभाषी साहित्यको खानी छन् । तर सबै ओझेलमा परेका छन्। तर पनि मातृभाषा साहित्य चै कुनै सम्बन्द्धित समुदायहरूको एउटा जिउँदो इतिहास हो ।
मातृभाषी लेखनका चुनौतीहरू के कस्ता छन् ?
चुनौती एकदमै छ । एक त यहाँ भासा नै हराउदै गैरहेको छ र बचेको भासाहरू पनि धरापमा छन । यस्तो परिस्थितिमा मात्री भासी साहित्य सिर्जना गर्नु भनेको सुनको खानीमा उभिएर बुच्चो नाक कान प्रदर्शन गर्नुजस्तै हो ।
यो साहित्यलाई पुस्तान्तरण गर्न के गर्ने होला ?
भाषाको महत्वको बारेमा चेतना फैलाउनु पर्यो । भाषाप्रति मोहित हुने खालका कार्यक्रम तर्जुमा गर्नु पर्यो । र भासाप्रती साहित्यिक जागारणको चेतना हरेक युवामा भर्नु पर्यो ।
सिर्जना के रैछ ? के हैन रहेछ ?
सिर्जनाहरू अलौकिक छन् अध्यात्मिक छन् सास्कृतिक छन् भौतिक छन् बुझ्नेहरूलाई सिर्जना जीवनको सार हो नबुझ्नेलाई सिर्जना काँढेतार हो ।
यहाँको कृति कहिलेसम्म पढ्न पाइएला ?
मलाई अलिकती चकचक गर्न मन लागेको छ । भनौ न गजल सङ्ग्रह, गीत सङ्ग्रह, कथा सङ्ग्रह, कविता सङ्ग्रह र उपन्यास एउटै मितिमा र एउटै मन्चबाट बिमोचन गर्ने चकचक जागेको छ, त्यसैले अझै केही समय लाग्ला ।
कविता लेखेर के पाउनु भो के गुमाउनु भो ?
कवितामा जीवन खोज्ने हो, भने मैले जीवनको अर्थ पाएँ तर दुई चार दर्जन कलम बाहेक केही गुमाएको छैन भन्नुपर्ला ।
प्रस्तुतिः प्रकाश दिप्साली
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।