रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग - Naya Online

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँको बेडमा उपचाररत भोजपुर जिल्ला टेम्केमैयुँ गाउँपालिका वडानम्बर ८ निवासी सविन राईको उपचारको सहयोग आएको छ ।

भोजपुर सेवा समाजले फेसबुकमार्फत अपिल गरेकोमा हङकङ र जापानका नेपालीहरूबाट २० हजार सहयोग आएको हो । उक्त सहयोग विरामीका बुबा सन्तोष राईलाई भोजपुर सेवा समाजका सचिव तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशि लुमुम्बु र सर्जक शुक्र राईबाट हस्तान्तरण भएको छ ।

हङकङ साझा साहित्य श्रृङ्खलाका दाजु गुरुङ, सुनिता गिरि, टिबी याक्खाको सक्रियतामा तत्कालका लागि रूपैया १० हजार सहयोग पठाएका हुन् । आर्थिक अवस्था अत्यन्त नाजुक भएका सविन राईलाई जतिसक्दो सकिन्छ, सहयोग गर्नुको लागि प्राज्ञ लुमुम्बुले पुनः अपिल गरेका छन् ।

त्यसैगरी लामो समयदेखि जापानमा कार्यरत सानु तामाङले पनि लुमुम्बुको फेसबुक पोष्ट हेरेर रूपैया १० हजार २ सय ४६ रूपैया सहयोग पठाएका छन् । नगरकोट भक्तपुरका सानु लामाले काठमाडौंमा रहने शुक्र राईलाई सम्पर्क गरी उक्त सहयोग हस्तान्तरण गर्न लगाएका हुन् । यस्तो समस्या परेको बेला सानु तामाङ सहयोग अगाडि सरिहाल्ने व्यक्ति भएको कुरा शुक्र राईले बताए ।

विरामीका बुबा सन्तोष राईले आफ्नो सन्तानको ज्यादै माया लागेर नै सहयोगको अपिल गर्न पुगेको बताए । अहिलेसम्म २२ लाख सकिएको र अझै के कति लाग्ने हो, थाहा नभएको उनको भनाई थियो । हङकङ र जापानबाट आएको यो सहयोगले आफूलाई केही राहत मिलेको भन्दै सन्तोषले धन्यवाद व्यक्त गरेका थिए । ५ वर्षीय छोरा सविन राईका बुबा सन्तोष सामान्य किसान हुन् । घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचारमा कठिनाई भएर नै अपिल गर्नुपरेको समाजका सचिव लुमुम्बुले बताए ।

समाजले बैंक खाता तथा विरामीका बुबाको सम्पर्क तथा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सम्पर्क र बैंक खातासहित सार्वजनिक अपिल गरेको छ ।

भिडियो हेर्नुहोस्

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा सुनसरी, ३ कार्तिक । पछिल्लो समय एकपछि अर्को गर्दै गीत...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...

दयाहाङ र एलिसा राईको अभिनयमा ‘हुरुक्कै भएँ म’

काठमाडौ, १९ माघ । राजन मुकारुङको शब्द रहेको ‘हुरुक्कै भएँ म’ बोलको गीतको म्युजिक...

आङ्साङ मोक्तानबाट अभिनित (तिङला माया) को भिडियो सार्वजनिक, दर्शकले हेर्नै पर्ने

हेम बोम्जन, काठमाडौ / गायक बिरेन्द्र दोङ तामाङको प्रेम गीत तिङला माया सार्बजनिक भएको...

विजयले ल्याए ‘सयौँ तारा’ (भिडियोसहित)

काठमाडौँ । गायक विजय मुकारुङ राईद्वारा स्वरबद्ध ‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक...

मुग्लान म्हिला ह्युल म्युजिक भिडियो मलेसियामा लन्चिङ (भिडियो सहित)

फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युल” म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्यरुपमा लन्चिङ...

राज कुश्मी र अन्जु कुश्मी माघी गितमा एकदमै फरक अवतार देखिए (भिडियो सहित हेर्नुस्)

आरएन चौधरी थारु, कैलाली : थारु लगायत नेपाली दर्शक, क्ष्रोताहरुको माझ डान्स बिट, प्रेम...