प्रा.डा. महेन्द्र लावतीको अगुवाईमा आदिवासी पहिचानको अतिक्रमणक विरूद्धमा आन्दोलनलाई सहयोग - Naya Online

प्रा.डा. महेन्द्र लावतीको अगुवाईमा आदिवासी पहिचानको अतिक्रमणक विरूद्धमा आन्दोलनलाई सहयोग

न्यूयोर्क, २८ असोज । नेपालमा पहिचानमाथि लगातार अतिक्रमण भइरहेको प्रति अमेरिकास्थीत आदिवासी जनजातिहरु सक्रिय भई संरक्षणको निम्ति आर्थिक तथा नैतिक सहयोगका निम्ति जुटेका छन् ।

आदिवासी जनजाति आन्दोलनका अगुवा प्रा.डा. महेन्द्र लावतीको अगुवाईमा मुकुम्लुङ सङ्घर्ष समितिलाई आर्थिक सहयोग गर्न जुटेको हो । सहयोग जुटाउन न्युयोर्कबाट प्रेम कुरूङबाङ, निला जबेगु, लोक चेम्जोङ, सुमन थाम्सुहाङ साथै क्यालिफोर्नियाबाट ओमराज सम्बाहाम्फेले संयोजन गरेका छन् । मुकुम्लुङ लिम्बुवानको ऐतिहासिक धार्मिक मुन्धुमी पहिचान रहेकाले यसको पहिचानलाई जोगाउनको लागि अमेरीकामा रहेका पहिचानवादीहरूले आन्दोलनलाई आर्थिक तथा नैतिक सहयोग गरेका हुन् ।

जनताको राज्यसत्ता आयो भनिएता पनि नेपालका आदिवासीहरुको पहिचान (संस्कृति, रिति तिथि, थातथलो, खोलानाला आदिको नाम आदि) को श्रृङ्खलावद्व अतिक्रमण नेपालमा जारी रहेको भन्दै आदिवासीहरूको ऐतिहासिक पहिचान अतिक्रमणविरुद्ध आदिवासीहरु आन्दोलित हुन थालेका हुन् । ताप्लेजुङ, पान्थर, काठमाडौको आन्दोलन केही उदाहरण हुन् । पाथीभरा नामकरण विरुद्ध ताप्लेजुङमा आन्दोलन जारी छ ।

पहिचानवादीहरूको आन्दोलनप्रतिको ऐक्यवद्दता स्वरूप रू २,६३,२६८।– (दुई लाख त्रिसठठी हजार तिन सय अठसठ्ठी) सङ्घर्ष समितीलाई पठाएको आर्थिक संकलन अभियानका सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् । सम्पूर्ण सहयोगीहरूलाई प्रा.डा. महेन्द्र लावतीले धन्यवाद व्यक्त गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विजयपुरमा बोर्ड राखेपछि विवाद बढ्दै

लिम्बुवान नागरिक समाजको ध्यानाकर्षण १४ अक्टोबर, लन्डन/प्रदेश नम्बर एकको नामाकरणको विषय टुङ्गो नलागिरहेको बेला...

प्रा.डा. महेन्द्र लावतीको अगुवाईमा आदिवासी पहिचानको अतिक्रमणक विरूद्धमा आन्दोलनलाई सहयोग

न्यूयोर्क, २८ असोज । नेपालमा पहिचानमाथि लगातार अतिक्रमण भइरहेको प्रति अमेरिकास्थीत आदिवासी जनजातिहरु सक्रिय...

विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व

केन्ट(बेलायत), १३ अक्टोबर । बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ...

मुकेश राईको साथी तिमी मेरो… म्युजिक भिडियोमा

युके, ९ अक्टोबर । गीतकार मुकेश राईको एल्बम मनोकांक्षा भाग २ मा समाविष्ट गीत...

अमेरिकामा हलोविन मनाउँदा

विरही काइँला ३१ अक्टोबर हलोविन पर्व । प्रत्येक वर्ष अक्टोबर महिनाको अन्तिमदिन ईसाइहरूले मनाउने...

केवाईसी यूके, वर्कशायर (रेडिङ) शाखाको अध्यक्षसहित सबै निर्विरोध निर्वाचित

यूके, ८ अक्टोवर किरात याक्थुङ चुम्लुङ यूके, वर्कशायर (रेडिङ) शाखाको अध्यक्षमा चुडाकर्ण थाम्सुहाङसहित सबै...

स्पेनले आप्रवासीमाथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुद नेपालीहरू धमाधम पोर्चुगल जाँदै

कृष्ण खनाल ‘मदन’ बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक...

किरात याक्थुङ चुम्लुङ युकेको बेजिङस्टोक शाखाको अधिवेशन सम्पन्न

विजयकुमार लिङ्थेप युके, ४ अक्टोबर । किराँत याक्थुङ चुम्लुङ युकेस्थीत बेजिङस्टोक शाखाको शनिबार भर्चुअल...

अमेरिकामा नेपाली आदिवासी कलाकार संगठीत

न्यूयोर्क, ४ अक्टोबर । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आयोजनामा अक्टोबर ३,...

नेपाली साहित्यमा अफ्रिकाः अनुभव बाड्दै अनेसास अफ्रिकाको पहिलो साहित्यिक भेट

सिसेल्स, २९ सेप्टेम्बर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले २६ सेप्टेम्बर (असोज १०...