त्यो भर्चुअल जानकारी र अहिलेको भर्चुअल दुनियाँ - Naya Online

त्यो भर्चुअल जानकारी र अहिलेको भर्चुअल दुनियाँ

देवेन्द्र सुर्केली


दिनको ठीक ११ बजेदेखि ‘क बाट कमल, ख खरायो’ आवाज आउँछ । लगत्तै मसिना केटाकेटीहरू उस्तै स्वर खापेर गाउँछन् । झसँग हुन्छु म, स्कुल नजिक पो छु कि ?

यताउता हेरेपछि शान्त हुन्छु । म आफ्नै कोठामा पाउँछु । उक्त आवाज मेरो कोठानजिकको कुनै फ्ल्याटबाट आएको हुन्छ । कुन फ्ल्याट हो भनेर चियो भने गर्दिनँ, आवश्यक पनि छैन ।

उक्त आवाज अनलाइन कक्षाको हो । त्यस फ्ल्याटमा मिस बस्नु हुन्छ या विद्यार्थी । तर माहौल पुरै कक्षाकोठा नै भइदिन्छ ।

एकछिन आफूलाई शान्त राखेर बालबच्चाको सुमधुर आवाज सुनिरहन्छु । सुन्दासुन्दै अतीतमा पुग्छु ।

…..
विसं २०४३/४४ सालदेखि तेह्रथुम जिल्लाको ओयाकजुङस्थीत श्री सरस्वति प्राथमिक विद्यालयमा कपुरी क, आँखे ख भन्दै बाह्रखरी सिकेको थिएँ । स्कुलले केटाकेटीलाई काठको फलेक दिन्थ्यो, हामी दौडेर चौरको भित्तामा गई माटोको डल्ला ल्याउँथ्यौं र ढुङ्गाले डल्लालाई धुलो बनाएर काठको फलेकमा डिक(बाँसको बनाएको कलम)ले लेख्न मिल्ने गरी छर्कन्थ्यौं । क देखि ज्ञ सम्म अटाउने ठाउँ राखेर एकअर्कामा सीमाना कोथ्र्यौं । सीमानामा कहिलेकाँही झगडा पनि पथ्र्यो ।

भीम सर, (स्कुलमा उहाँको पद पियन हो)ले धुले विद्यार्थीको लेखाई जाँच गनुहुन्थ्यो । लेख्न र पढ्न जानेपछि किताब पाउने कक्षामा पुग्थ्यौं । किताब पाएपछि संसार जितेको अनुभव हुन्थ्यो ।

कक्षा ५ उतीर्ण गरेपछि करिब २ घण्टा टाढाको स्कुल जानुपथ्र्यो । मेरो घरदेखि तेर्सैतेस्रो जान त मेहेले भनिने शिद्धकाली मावि थियो । तर ओयाकजुङको मेरो गाउँ सुर्केले जलजलेसँगै हरेक कुरामा सम्बन्ध राख्थ्यो । मेरो गाउँदेखि उता पुरै बाहुनक्षेत्रीको बसोबास भएकोले पनि उक्त साँध अघोषित रूपमा कोरिएको हुनुपर्छ ।

कक्षा ५ उतीर्ण भएपछि कहाँ पढ्ने भन्ने साथीहरूसँग चर्चा हुन्थ्यो, म जलजले स्कुल भन्थे । र, ओयाकजुङ स्कुलबाट स्थानान्तरण भएर जलजले पुग्नेमा म एक्लै थिएँ । दुईघण्टा ओरालो झरेर फेरि दुईघण्टा उकालो घर पुग्दा ज्यान पुरै थाक्थ्यो, तर किशोरवस्थामा फुर्तिलो थियो ।

जलजले स्कुलमा भर्ना हुनका लागि मेरा कान्छा काकाले लिएर जानुभयो । स्कुलले दिएको स्थानान्तरण पत्र बोकेर जलजले पुग्दा एकजना हक्कि स्वरले बोल्ने शिक्षकले भर्ना गराइदिए र मेरो काकालाई सोधे –यसको दाजु पनि यै स्कुल पढ्छ होइन ?

मेरा कान्छा काकाले जलजले स्कुलमा भर्ना हुनका लागि लानुभयो । स्कुलले दिएको स्थानान्तरण पत्र बोकेर जलजले पुग्दा एकजना हक्कि स्वरले बोल्ने शिक्षकले भर्ना गराइदिए र मेरो काकालाई सोधे –यसको दाजु पनि यै स्कुल पढ्छ होइन ?

म छक्कै परे । त्यसबेला जलजले स्कुलको कक्षा ८ लाई तीन सेक्सनमा छुट्टयाइएको थियो, प्रत्येक कक्षाको सेक्सन छुट्याइएको हुन्थ्यो । त्यति धेरै विद्यार्थीको शाखा सन्तान पनि शिक्षकले थाहा पाउँदो रहेछ नि ! मैले मनमनै यहीँ सोचिरहेको थिएँ ।

‘त्यो अघिको सर पनि खापुङ नै हो, इन्द्र सर ।’ फर्कदै गर्दा काकाले यसो भनेपछि पो म हिंस्रिक्क परेँ, सरले मलाई चिन्नको कारण त त्यो पो रहेछ ।

सरले खासमा काकालाई चिन्नुभएको थियो, शायद दाईलाई भर्ना गराउन पनि काका नै जानुभएको थियो होला र १ वर्षको अन्तरलाई इन्द्र सरले भुल्नु भएन । यो २०५० सालको कुरो हो ।

…….

कक्षा ६ मा इन्द्र सरले नेपाली विषयको कक्षा लिनुहुन्थ्यो ।

शिक्षकहरू बेलाबेला लामो तालिममा जाने गर्दथे । तालिमबाट फर्केपछि उहाँहरूको पढाउने तरिकामा केही फरकपना आउँथ्यो ।

इन्द्र सरले एक तालिमबाट फर्केपछि पढाउँदै गर्दा एउटा नयाँ कुरा सुनाउनुभयो ।

‘अहिले पो म यहाँ आएर यसरी पढाइरहेको छु, अब अलि पछि शिक्षकले पढाउन यहाँ आइरहन पर्दैन । घरैबाट या अफिसबाटै पढाए पुग्छ । म यहीँ आएजस्तै हुन्छ, तिमीहरूसँग दोहोरो बात मारेरै पढाउन सकिन्छ । एउटै मात्र गर्न सकिन्न, त्यो हो तिमीहरूको कान उखेल्न ।’

इन्द्र सरको कुराले हामी छक्क पर्यौं । गाउँमा फाट्टफुट्ट टेलिभिजन आउन थालेको र सहरतिर टेलिफोनमार्फत देशविदेश कुरा गर्न सकिने प्रविधि देख्न पाएकोले हो कि भन्ने नि हुन्थ्यो ।

कक्षा ८ पुगेपछि भने सुनसरीको प्रकाशपुर झरेँ ।

अनि एसएलसी पास नगर्दै धरान गएर कम्प्युटर कोर्स लिन थालेँ । ०५७ सालमा मात्रै इन्टरनेटबारे बुझ्ने मौका पाएँ ।

इन्द्र सरले इन्टरनेटबारे बुझेर आएका रहेछन्, याहु म्यासेन्जरमार्फत भिडियोकलमा बोल्न थालेपछि प्रष्ट भएँ । भविष्यमा हुनसक्ने कुरालाई लिएर इन्द्र सरले कक्षामा आएर प्रवचन दिइसकेको कुराले गर्दा इन्टरनेटसँग जहाँजहाँ जोडिएँ, त्यही सरलाई सम्झन थालेँ ।

……

२०६२ सालदेखि त पुरै इन्टरनेट नभई नहुनेमै परिसकेँ । समाचार लेख्नुपर्यो, कम्प्युटर चाहियो, पठाउनुपर्यो इन्टरनेट चाहियो, पत्रिका डिजाइन गर्नुपर्यो इन्टरनेटकै भर पर्नुपर्यो ।

त्यस समय म मलेसियामा थिएँ । त्यहाँ पत्रिका डिजाइन तथा सम्पादन गर्थेँ । इन्टरनेटको समाचारलाई तान्यो, पुनः सम्पादन गर्यो, तस्वीर इन्टरनेटमै खोज्यो, अनि डिजाइन गरेर छाप्ने गथ्र्यौं । कपिराइटको वास्ता थिएन, मलेसियामा रहेका नेपालीहरूलाई सूचना पुर्याउनुपर्ने हाम्रो पहिलो दायित्व थियो । हुँदाहुँदा तत्काल जर्मनीमा पोष्टडक्टरेट गरिरहनु भएका डा.लाल रापचा (जोसँग प्रत्यक्ष भेट भएको थिएन)को पुस्तक डिजाइन गुगलच्याटमा बात मार्दै गरियो ।

सामाजिक सञ्जालबिना एकछिन टाढा भयो कि मन आत्तिने, रेष्टुरेन्ट छिर्यो कि अर्डर भन्दा पहिले वाइफाईको पासवर्ड माग्ने थिति नै बसिसकेको आजकल । तसर्थ विश्वव्यापी कोरोनाले आतंक मच्चाइरहँदा घरघरमै लकडाउनमा बस्न बाध्य भए पनि इन्टरनेटका माध्यमबाट एकअर्काको जानकारी लिँदै कोही कसै टाढा नभएको महसुस गराइयो ।

अरुबेला पनि कोठैमा एक्लै बसेर काम गर्न रुचाउने मलाई लकडाउनले त्यस्तो समस्या पारेन । शुरुमा फिल्म हेरेर बिताइयो, फिल्मले वाक्क भएपछि पढ्न थालियो । त्यसपछि केही लेख्ने, केही पढ्ने ।

लामो समय लकडाउन भएपछि वैठकहरू भच्र्युअल हुन थाले । प्रतियोगिताहरू भच्यूअल हुन थाले । हुन त यो अभ्यास साहित्यकार विश्वासदीप तिगेलाले सन् २०१० मै विश्वव्यापी अनलाइन कविता प्रतियोगिता गरेर देखाइसकेका थिए ।

लामो समय लकडाउन भएपछि वैठकहरू भच्र्युअल हुन थाले । प्रतियोगिताहरू भच्यूअल हुन थाले । हुन त यो अभ्यास साहित्यकार विश्वासदीप तिगेलाले सन् २०१० मै विश्वव्यापी अनलाइन कविता प्रतियोगिता गरेर देखाइसकेका थिए ।

भच्र्युअल बैठक बसेर तीनजुरे मिल्के जलजलेलाई संरक्षित क्षेत्र बनाएर त्यहाँका स्थानीय बासिन्दालाई पर्ने असरबारे प्रशस्त बहस गरियो । ऐतिहासिक थातथलो र पहिचान मेट्न भइरहेका प्रयासलाई खबरदारी गरियो भने पोक्लाबाङलाई माङ्गेनायक मान्ने १८ थरीलाई संगठीत गरी संस्था निर्माण गर्ने कार्य गरियो ।

त्यो भन्दा ठूलो काम लिम्बूहरूमाझ लोकप्रिय पाःलामको अनलाइन प्रतियोगिता गरेर सांस्कृतिक क्रान्ति नै ल्याउन सफल भइयो ।

ति सबै कामहरूको समिक्षा गर्दै बसिरहेको बेला उही मिस र विद्यार्थीको सुमधुर गायनले फेरि झसँग बनाइदिन्छ ।

….

इन्द्र सर साइनोले मेरो दाजु पर्नुहुन्छ ।

दुईवर्ष जलजले स्कुल पढ्दा कुनै विद्यार्थीहरू मेरा लंगौटी यार बन्न सकेनन्, सरको नजरमा पर्ने कुरै आएन । त्यसबेला सँगै पढेका तथा स्कुलको फस्र्ट विद्यार्थी तुलसा बञ्जरासँग भने फेसबुकमा जोडिएको छु, कहिलेकाँही हाइहेल्लो हुन्छ ।

अँ, सरले चिन्न चै चिन्थे मलाई –नबोल्ने र सोझो विद्यार्थीको रूपमा । प्रायः पछाडिको बेञ्चमा बस्ने, सहपाठीसँग पनि नबोल्ने, टिफिनको समयमा केही नखेल्ने, कक्षाकोठा छेउको ढुङ्गामा बसेर ४५ मिनेट बिताउँथे । त्यसबेला कक्षा ६ र ७ मा पढ्ने युवतीहरू ढुङ्गाको फेदमा सात्रपत्रे नामको खेल खेल्थे । खेल्दा एकअर्काको नाम काढेर बोलाउने हुँदा उनीहरू सबैको नाम चाही मलाई कण्ठस्थ थियो ।

…..

०४५ सालको भुकम्पपश्चात पहाडी स्कुलमा ब्लक (फलामे भवन)को शुरुवात भयो । यस्ता भवन म तराई झरिञ्जेलसम्म बनिरहेका थिए ।

भवन बनाउने ठेक्का इन्द्रसरको बुबा पदमबहादुर खापुङले लिएका हुन् कि जस्तो लाग्छ । किनभने भवन उनैले बनाउँदा उनैको रेखदेख हुन्थ्यो र इन्द्र सरले पनि आएर सघाउँथे ।

भवन बनाउँदा विद्याथीहरूलाई लस्कर लगाएर इँटा सारेको क्षण पनि सम्झन्छु । त्यसको नेतृत्व इन्द्रसरले नै गरिरहेका हुन्थे भने तत्कालिन समयमा हुने वीरेन्द्र शिल्डमा विद्यार्थीहरूको अग्रिम खेलकुद अभ्यास इन्द्र सरले नै गरिरहेका हुन्थे ।

…..

धरान बस्न थालेपछि याक्थुङ कलाकार संघले तङ्सिङ पत्रिकाको प्रकाशन गर्यो । उक्त प्रकाशनमा सम्पादनको पाटो अर्जुनबाबु मावुहाङ र मैले लिएका थियौं ।

साथै, खापुङ वंशावलीसम्बन्धमा पनि केही चासो बढेको थियो । त्यससमय तेह्रथुम पुगेको बेला जलजले स्कुल पुगेँ र स्कुल पुगेपछि इन्द्र सरकोमा पुगेँ । सानोमा बोल्न डराउने, नसक्ने म यतिबेला आफ्नो कुरा राख्न सकेको थिएँ ।

मैले आफूले जलजले स्कुल पढेको, दुई वर्ष सरको कक्षा लिएको कुरा बताएँ । उहाँले त्यो कुरा त बिर्सनुभएको थियो तर मेरो बुबासँगै पढेका रहेछन् । मेरो बुबाको नाम लिँदै फलानाको छोरा हौं तिमी भन्नुभयो ।

अनि तङ्सिङ पत्रिका पढ्न पाएको र सुर्केली भन्ने खापुङको उपथर हो कि क्या हो भनेर सोच्दैथेँ, भन्नुभयो ।

…..

विसं २०६० पछि काठमाडौं बस्न थालेँ र समस्या परिहालेमा सम्बन्ध राख्नपर्छ भनेर दाजुभाइँको चिनजान गर्दै गएँ । त्यसैबेला भक्तपुरको गट्ठाघर स्थायी बसोबास हुने सुर्य खापुङ दाईसँग चिनजान भयो । सुर्य दाई इन्द्र सरका आफ्नै काकाका छोरा रहेछन् ।

तेह्रथुमे याक्थुङ निछाम्सा (विद्यार्थी) सजुमको अध्यक्ष रहेर काम गरिरहेको बेला खबर आयो इन्द्र सर सिकिस्त बिरामी भएर टिचिङ अस्पताल ल्याइएको छ । म टिचिङ गएँ । यसपटक भने इन्द्र सरले मलाई मज्जैले चिने, जलजलेमा भेट्न आएको कुरालाई जोडेर गफगाफ गरियो । र, केही समयपछि वंशावलीको काम गर्नुपर्छ भन्ने सल्लाह पनि भयो ।

भाउजु हुनुहुन्थ्यो विरामी कुरुवा । मैले भने– ‘म कुर्न सघाउँछु भाउजु ।’ त्यसपछि लगातार ३ रात मैले कुरेँ । स्याहार गरेँ ।

मेरो कुराईको तेश्रो दिनमा इन्द्र सरका बुबाआमा र लक्ष्मी दिदी आइपुग्नुभयो । आमा आइपुग्नेबित्तिकै ‘इन्द्र, त के भइस्’ भन्दै रुनुभयो ।

इन्द्र सरले भन्नुभयो –म ठीक छु आमा, केही चिन्ता लिन पर्दैन । तर त्यति टाढाबाट तपाईहरू किन आइपुग्नुभयो भन्ने कुरा मलाई थाहा भयो ।

इन्द्र सरले भन्नुभयो –म ठीक छु आमा, केही चिन्ता लिन पर्दैन । तर त्यति टाढाबाट तपाईहरू किन आइपुग्नुभयो भन्ने कुरा मलाई थाहा भयो ।

त्यसबेला फेरि म झसँग भएँ । डाक्टरले अन्तिम समय भइसकेको कुरा परिवारलाई भनिसकेका रहेछन् । मलाई थाहा हुने कुरै भएन । सरलाई केही गाह्रो भएको जस्तो पनि महसुस गरेँ । र अहिलेसम्म बाँच्छु भनेर जुन इच्छाशक्ति थियो, त्यसैले बाँचिरहेका छन् भन्ने भयो ।

तेह्रथुमबाट धेरै मान्छे आइपुगेपछि तत्काल कुरुवा जान परेन भनेर त्यसपछिको रात गइनँ । त्यस समयमा मोवाइल थिएन । पर्सिपल्ट म बस्ने बालाजुको डेरामा फोन गएछ । बहिनीहरूले थाहा पाएछन् र तत्काल हाम्रो सम्पर्कको सुत्र डीबी आङबुङले बोक्ने पेजरमा नम्बर आयो । कलब्याक गर्दा इन्द्र सर बित्नुभएको र पशुपति लगिसकेको जानकारी प्राप्त भयो ।

डीबी आङबुङ पनि इन्द्र सरको विद्यार्थी । तसर्थ हामी दुवैजना पशुपतितिर लाग्यौं । हामी पुग्दा उहाँको पार्थिव शरीर आगोले खाइसक्नै लागेको थियो । निवर्तमान सांसद सुरेन्द्रकुमार फोम्बोले शवमाथि झण्डा ओढाइएर अन्तिम श्रद्धाञ्जली गरिएको साथै तत्कालिन नेकपा एमालेको जलजले गाउँकमिटी सचिव भएको कुरा त्यसैबेलामात्रै थाहा पाएँ ।

……

इन्द्र सरका आमा अझै हुनुहुन्छ । गत हिउँदमा सुर्य दाईसँग जलजले पुग्दा भेटघाट गर्ने मौका पाइयो । तुम्मासँग एकतास फोटो खिच्ने मौका पनि पाइयो । तर तुम्बा, दिदीहरु तीनैजना स्वर्गवासी भइसक्नुभएको छ ।

गत हिउँदमा जलजले पुग्दा तुम्मासँग लिइएको तस्बिर, साथमा इन्द्र सरको जेठी बुहारी र नाती, सुर्य खापुङ, लेखक, टेकबहादुर खापुङ र तारामान मादेन

 

म अहिले भच्र्युअल दुनियाँमा छु । बेलायतमा रहेका सुर्य खापुङ दाईसँग कहिलेकाही एक घण्टासम्म भिडियो कुराकानी हुन्छ । जापानमा रहेका इन्द्र सरका छोरा बिमलसँग भच्र्युअल च्याटमा कुराकानी हुन्छ । सरको छोरी बबितासँग पहिले निकै कुराकानी हुन्थ्यो तर आजकल घरव्यावहारमा व्यस्त छिन् होला, फेसबुकमा इनेक्टिभ छिन् ।

यो भच्र्युअल दुनियाँबारे सरले २७ वर्ष अगाडि सम्झाएका थिए । तर सर आफैंले उक्त दुनियाँको रस्वादन गर्न भने पाउनुभएन ।

मैले यस दुनियाँमा रहेर अभ्यस्त भइरहँदा धेरै मिस गरिरहने इन्द्र सरलाई पनि हो ।

इन्द्र सरका बारेमा यतिका सम्झना हुरुरु आए, लेखेँ । लेखिसकेपछि प्रकाशित गर्न मन लाग्यो । उहाँ बित्नुभएको १७ वर्ष पुगिसकेको छ । तस्बिर पाउन निकै हम्मे हम्मे पर्यो । यसको कथा लेख्दा छुट्टै च्याप्टर बन्न पुग्छ । कोरियामा रहेका भाई पुष्प खापुङ (इन्द्र सरका साइँला काकाका कान्छा छोरा)ले बुहारी मन्दिरा अधिकारीलाई खोज्न लगाएर प्रकाशन गर्न समर्थ भएको छु । तस्बिर खोज्नमा बेलायतका सुर्य खापुङ दाई, जापानमा हुने भतिज बिमल, झापा धुलाबारीमा रहने छोरी बबिता, इन्द्र सरको विद्यार्थी दिदी कृष्णमाया पङ्धाक, सुस्मा दाहाल, भेना तारामान मादेन (लक्ष्मी दिदी, इन्द्र सरको बहिनीज्वाई), दाई टेकबहादुर खापुङ सबैलाई एकपटक दुःख दिएँ । उहाँहरुले पनि केही प्रयास गर्नुभयो, त्यसको लागि आभारी छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

सरकारको प्रवक्तामा पार्वत गुरुङ

काठमाडौँ, ३ कार्तिक । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता...

किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ

(किरात सन्देश मासिक, वर्ष ३, अंक ४, २०५४ मा प्रकाशित लेखमाथि प्रतिवाद) तान्छोप्पा पत्रिका...

डा. भट्टराईलाई मानहानीको मुद्धा लगाउनु पर्छ : राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं, २९ असोज । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता...

नेकपालाई डा. भट्टराईको जवाफ : दोषी ठहरिए दण्ड भोग्न तयार छु

काठमाडौं, २८ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बुढिगण्डकी...

त्यो भर्चुअल जानकारी र अहिलेको भर्चुअल दुनियाँ

देवेन्द्र सुर्केली दिनको ठीक ११ बजेदेखि ‘क बाट कमल, ख खरायो’ आवाज आउँछ ।...

मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको...

डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री ओली र प्रचण्डले अर्वौ रकम घुस लिएको प्रमाणित गर्न नेकपाको चुनौती

काठमाडौं , २८ असोज । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम...

बुढीगण्डकी परियोजना विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग : डा. भट्टराई

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष...

हिलाम्मे सडकले यात्रुलाई सास्ती

पवित्रा लिम्बू खजुम तेह्रथुम, २५ असोज । तेह्रथुम बसन्तपुर म्याङ्लुङ सडकखण्ड विगत केही वर्ष...