डा. भट्टराईलाई मानहानीको मुद्धा लगाउनु पर्छ : राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी - Naya Online

डा. भट्टराईलाई मानहानीको मुद्धा लगाउनु पर्छ : राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं, २९ असोज ।


राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई मानहानीको मुद्धा अदालतमा हाल्ने आट गर्नु पर्ने बताउनु भएको छ । आरोप लगाउनेले प्रमाण नदेखाउने र आरोप लागेकाहरुले अदालतमा मुद्धा हाल्न नसक्नु भनेको मिलेमतोको कुरो भन्ने धारणा डा.लोहनीले सार्वजनिक गर्नुभएको छ ।

“डा.बाबुरामले ठूला नेताहरुलाई भ्रष्टाचारको आरोप लगाएका छन्। यो गम्भिर कुरो हो ।अब यसको उपचारको लागि मानहानीको मुद्धा अदालतमा हाल्ने आट देखाउन जरुरी छ ।” डा.लोहनीले फेसबुकमा लेख्नुभएको छ ।

डा. भट्टराईले सत्तारुढ पार्टी नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली ,पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेशका नेता शेरबहादुर देउवालाई भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो ।साथै यस विषयमा आफू गलत वा दोषी प्रमाणित भएमा सजाय भोग्न तयार समेत रहनु भएको बताउनु भएको छ ।

आफ्ना पार्टीका शिर्ष नेताहरुलाई भ्रष्टाचारको आरोप लागेपछि नेपाली कांग्रेश र नेकपाले विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको प्रमाणित गर्न डा. भट्टराइलाई चुनौती दिएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

सरकारको प्रवक्तामा पार्वत गुरुङ

काठमाडौँ, ३ कार्तिक । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता...

किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ

(किरात सन्देश मासिक, वर्ष ३, अंक ४, २०५४ मा प्रकाशित लेखमाथि प्रतिवाद) तान्छोप्पा पत्रिका...

डा. भट्टराईलाई मानहानीको मुद्धा लगाउनु पर्छ : राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं, २९ असोज । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता...

नेकपालाई डा. भट्टराईको जवाफ : दोषी ठहरिए दण्ड भोग्न तयार छु

काठमाडौं, २८ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बुढिगण्डकी...

त्यो भर्चुअल जानकारी र अहिलेको भर्चुअल दुनियाँ

देवेन्द्र सुर्केली दिनको ठीक ११ बजेदेखि ‘क बाट कमल, ख खरायो’ आवाज आउँछ ।...

मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको...

डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री ओली र प्रचण्डले अर्वौ रकम घुस लिएको प्रमाणित गर्न नेकपाको चुनौती

काठमाडौं , २८ असोज । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम...

बुढीगण्डकी परियोजना विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग : डा. भट्टराई

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष...

हिलाम्मे सडकले यात्रुलाई सास्ती

पवित्रा लिम्बू खजुम तेह्रथुम, २५ असोज । तेह्रथुम बसन्तपुर म्याङ्लुङ सडकखण्ड विगत केही वर्ष...