गायिका सुमिता राईको वाचा बन्धन सार्वजनिक - Naya Online

गायिका सुमिता राईको वाचा बन्धन सार्वजनिक

युके, १६ अक्टोबर । बेलायतमा रहदै आएकी गायिका सुमिता राईले आफ्नो डेब्यु एल्बम सगुनको गीत ‘वाचा बन्धन’ को भिडियो भर्खरै सार्वजनिक गरेकी छिन् । गत वर्ष सार्वजनिक गरिएको उक्त एल्बममा समेटिएका ६ वटा गीतहरू मध्ये दोस्रो नम्बरमा रहेको यस गीतका गीतकार मुकेश राई हुन् भने लय मन थुलुङ् र संगीत संयोजन हरि लम्सालले गरेका हुन् ।

प्रेम वियोगको गीत भएता पनि भिडियोले अहिलेको कठिन परिस्थितिमा भएका कतिपय घटनाक्रमलाई पृथक ढङ्गले प्रस्तुत गरिएको बताउंँछन् यस भिडियो निर्देशक एवं क्यामेरामेन भुपेन्द्र तुम्बाहाम्फे लिम्बु । गीत र भिडियोले छुट्टै मिठास र सन्देश बोकेर आएको यस म्युजिक भिडियोमा अहिलेका मेरो अनलाईन टिभीका चर्चित भिजे एव पत्रकार विश्व लिम्बु, अहिले उदियमान हुँदै गरेकी कलाकारद्वय मलाईका बस्नेत र सुजता थुलुङ् राईको अभिनय देख्न सकिने छ । गीतमा कोरियोग्राफ स्वयं भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले गरेका छन भने मेक अफ आर्टिस्ट बिमल तामाङ र भिडियो सम्पादन अनिल रानाले गरेका छन् । यस म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानलबाट गरेकी छिन् ।

पुर्ख्यौली घर खोटाङ, बाक्सिला रहेकी सुमिता राई हाल श्रीमान खरुन राई अनि दुई छोरी नयना र सगुनसङ्ग बेलायतको ननिटनमा बसोबासो गर्छिन । सानैदेखि नृत्य र गायनमा रुची राख्ने सुमिताले प्रवासमा रहेर पनि आफ्नो कलामार्फत नेपाली गीत संगीतलाई माया गरेकी छिन्, आत्मसात गरेकी छिन् तर पनि यो व्यस्तता र देशबाहिर रहनुको बाध्यताले आफुले चाहेर पनि संगीत शिक्षा अधुरै छोडनु परेको पीडा अनि यता आएपछि चाहे जति रियाज र अभ्यास गर्न नसकिएको दुखेसो पोख्छिन् । यद्धपि फुर्सदको समयलाई यही आफ्नो रुचिलाई तन्मयका साथ अगाडी बढाईरहेकी उनको सिर्जनाहरूका मुल्याकंन कुनै दिन अवश्यै नै होला, नहोला तर पनि आफ्नो कलाकारिता र गायनलाई निरन्तरता दिईरहने वाचा बन्धन गर्दै यो गीत आफ्नो श्रोता, दर्शक र शुभचिन्तकहरूलाई समर्पित गर्न चाहन्छिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

कात्तिक ६,फेदेन । गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ बोलको गीतको विहिबार छायांकन सकिएको छ...

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...