मिसेस नेपाल लागि आवेदन खुल्ला - Naya Online

मिसेस नेपाल लागि आवेदन खुल्ला

काठमाडौं, ३० असोज । विवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।

आयोजनक इप्लानेट प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो वर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरूबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए
प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । उनीहरू बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

कात्तिक ६,फेदेन । गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ बोलको गीतको विहिबार छायांकन सकिएको छ...

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...