महिला शक्ति विकास केन्द्र, कुम्मायकद्वारा आयोजित ३ दिने तालिम - Naya Online

महिला शक्ति विकास केन्द्र, कुम्मायकद्वारा आयोजित ३ दिने तालिम

पदमदुःखी सम्बाहाम्फे


पाँचथर, १ कात्तिक । कुम्मायक गाउपालिकाको यासोकमा महिला शक्ति बिकास केन्द्रको आयोजनामा महिलाहरूको लागि नेतृत्व सिप बिकास सम्बन्धि ३ दिने आधारभूत तालिम सन्चालन भइरहेको छ ।

असोज ३० गते देखि सन्चालनमा रहेकोे उक्त तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ । सार्वजनिक क्षेत्रमा नेपाली ग्रामीण महिलाहरूको सहभागिता सम्भाब्यता र सामार्थता साथै सामाजिक र राजनीतिक क्रियाकलाप अनि समुहमा आवद्ध दिदिबहिनीहरूको लागि आर्थिक सशक्तीकरण कार्यक्रम मार्फत महिलाहरूको क्षमता विकास कसरी गर्न सकिन्छ भन्नेबारे तालिमको उद्देश्य रहेको जनाइएको छ ।

महिला शक्ति बिकास केन्द्र ल्न्इ द्वारा बिनियोजित ३० हजार बजेट बाट संचालित उक्त तालिम कार्तिक २ गते समापन हुने कुरा सहजकर्ता तथा क्षेत्रीय संयोजक भुमिका आचार्य र कोरलिडर तारा लुइँटेलले बताउनु भएको छ ।

ग्रामीण स्तरमा रहेका महिलाहरूको जिवन स्तर उकास्न महिलाहरू नै आफै सशक्त रूपमा लागि पर्नु पर्ने गाउपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिको अध्यक्ष सीता आचार्यले समुहका दिदिबहिनीहरूलाइ सल्लाह दिनु भएको छ । अधिकांस महिलाहरू आत्मनिर्भर नभएको कारण जीवन गुजारामा समस्या आउने गरेको कुरा पालिका सदस्य उर्मिला निरौलाले बताएका छन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

घटस्थापनाको अवसरमा मादी गाउँपालिकामा झण्डा पूजा सम्पन्न

पोखरा १ कात्र्तिक । कास्कीको मादी गाउँपालिकाले दशैंको घटस्थापनाको अवसरमा आज गाउँपालिका कार्यालय याङजाकोटमा...

महिला शक्ति विकास केन्द्र, कुम्मायकद्वारा आयोजित ३ दिने तालिम

पदमदुःखी सम्बाहाम्फे पाँचथर, १ कात्तिक । कुम्मायक गाउपालिकाको यासोकमा महिला शक्ति बिकास केन्द्रको आयोजनामा...

सुदूरपश्चिमेली नेपाली समाजले बिपन्न परिवारलाई खाध्यान्न वितरण

धनगढी। सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत कैलालीको गौरीगंगा नगरपालिका मस बिपन्न परिवारलाई खाद्यान्न...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

तनहुँको व्यास नगरपालिकालाई रोटरी क्लबको पीसीआर मेशिन

पोखरा, २६ असोज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यवसायिक शिक्षाको विकासका लागि...

पाःलाम प्रतियोगिताको पुरस्कार वितरणपश्चात शान्तिराम खरेलको गाउँ नडाहामा खुशियाली

प्रकाश दिप्साली राई नडाहा, २५ असोज । याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको प्रथम अनलाइन...

हिलाम्मे सडकले यात्रुलाई सास्ती

पवित्रा लिम्बू खजुम तेह्रथुम, २५ असोज । तेह्रथुम बसन्तपुर म्याङ्लुङ सडकखण्ड विगत केही वर्ष...

पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

धरान, १० अक्टोबर । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन्...

प्रदेश नं. ५ को राजनाधनी रुपन्देही जिल्ला नै हुनुपर्नेमागसहित प्रदर्शन शुरु

गंगा खापुङ लिम्बू रुपन्देही, १८ असोज । प्रदेश नं. ५ को राजधानीको लागि रूपन्देही...

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, १७ असोज । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित मिलाप...