घटस्थापनाको अवसरमा मादी गाउँपालिकामा झण्डा पूजा सम्पन्न - Naya Online

घटस्थापनाको अवसरमा मादी गाउँपालिकामा झण्डा पूजा सम्पन्न

पोखरा १ कात्र्तिक । कास्कीको मादी गाउँपालिकाले दशैंको घटस्थापनाको अवसरमा आज गाउँपालिका कार्यालय याङजाकोटमा झण्डा पूजा तथा दशै तिहारको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले आफनो स्थापनाकालदेखि प्रत्येक वर्ष दशैंको घटस्थापनाको अवसरमा हिमाली क्षेत्रमा हुर्किएको भेडाको साँढ बलि दिएर पूजा गर्दै आएको छ ।
आज पूजापछि आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्रीले सबैलाई दशैंको शुभकामना दिँदै अहिले मादीमा विकासको लहर चलिरहेको र यसको प्रत्यक्ष लाभ त्यहाँका जनताले अबको केही समयपछि पाइने बताए ।
हिजो स्थानिय सरकार आउनु भन्दा अगाडी मादीको अवस्था कस्तो थियो र आज स्थानिय सरकार आएपछि मादीको मुहार कति फेरिएको छ त्यो जनताले आफै महसुश गरेको भन्दै मादी कास्कीकै विकट कर्णाली क्षेत्र भएता पनि समृद्धिको बाटोमा अघि बढेको बताए । अहिले आफू जिल्ला समन्वय समितिको सभापतिको हैसियतले जिल्लाको सबै ठाउँमा विकासका योजनाहरुको अनुगमन गर्दा सबै भन्दा धेरै प्रगति मादीमा देखिएको र जिल्ला समन्वय समितिले मादीलाई सधै माया गरेको पनि बताए ।
यसै वर्षमात्रै मादीमा थुप्रै झोलुङगे पुल, पक्की पुल निर्माण सम्पन्न भएको र अहिले इदि, वार्दी, मकैखोला लगायतको स्थानमा पक्की पुलको निर्माण कार्य शुरु भईसकेको बताउँदै मादीको कतिपय क्षेत्रमा २०५१ सालमा शिलान्यास गरेको पुलहरु अहिलेसम्म नबनेको तर अहिले मादीको पहिलो स्थानिय सरकारले ठूलाठूला महत्वपूर्ण योजनाहरु समय भन्दा अगाडी नै सम्पन्न गरेर जनताको मन जित्न सफल भएको जानकारी दिए ।
अहिले देशमा ठेकेदारको अस्वस्थ प्रतिशपर्धाले विकास निर्माणको कतिपय कामहरु अलपत्र परेको भन्दै अब सरकारले छिटै ठेक्कपट्ट सम्बन्धी नयाँ ऐन लागु गर्ने तयारी गरेको र त्यसपछि यो लापर्वाही प्रवृत्तिको अन्त र विकासले जनजिवीकामा परिवर्तन आयो कि आएन त्यसको मुल्याङन नेतृत्व तहमा बस्नेले गर्नुपर्ने भन्दै उनले बरु विकासको काम थोरै होस् तर यसबाट प्रभावकारी नतिजा निस्कनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्यहरु नवराज बराल र वृहस्पति सापकोटा, नेकपा मादी गाउँपालिका संयोजक कृष्णराज दाहाल, नेपाली काँग्रेस मादी गाउँपालिका अध्यक्ष देविजंग गुरुङ, गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल लगायतले शुभकानमान व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्नुहुँदै मादी गाउँपालिका अध्यक्ष वदेबहादुर गुरुङले अहिले कोभिडको महामारीका बेला पनि आफूहरुले परम्परालाई निरन्तरता दिनका लागि सामान्य ढंगले झण्डा पूजा गरेको बताए । नेपाल बहुलजाति र बहुलभाषी मुलुक भएको र यहाँको आफनै साँस्कृतिक विशेषता रहेको तथा मादीको सम्पति पनि यही भिन्न संस्कृति भएको भन्दै उहाँले यही संस्कृति मार्फत नेपालीलाई एकताको सुत्रमा बाँधेको बताए ।
मादी गाउँपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा मादी ३ का वडा अध्यक्ष मनबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मादी ७ मा २३ वर्षसम्म करार दरबन्दीमा सेवा गर्नुभएका कर्मचारी मिनबहादुर गुरुङले उमेरहदका कारण अवकास लिनुभएपछि उहाँलाई गाउँपालिकाले दोसल्ला सम्मान पत्र र ४५ हजार रकम सहित विदाइ गरेको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

घटस्थापनाको अवसरमा मादी गाउँपालिकामा झण्डा पूजा सम्पन्न

पोखरा १ कात्र्तिक । कास्कीको मादी गाउँपालिकाले दशैंको घटस्थापनाको अवसरमा आज गाउँपालिका कार्यालय याङजाकोटमा...

महिला शक्ति विकास केन्द्र, कुम्मायकद्वारा आयोजित ३ दिने तालिम

पदमदुःखी सम्बाहाम्फे पाँचथर, १ कात्तिक । कुम्मायक गाउपालिकाको यासोकमा महिला शक्ति बिकास केन्द्रको आयोजनामा...

सुदूरपश्चिमेली नेपाली समाजले बिपन्न परिवारलाई खाध्यान्न वितरण

धनगढी। सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत कैलालीको गौरीगंगा नगरपालिका मस बिपन्न परिवारलाई खाद्यान्न...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

तनहुँको व्यास नगरपालिकालाई रोटरी क्लबको पीसीआर मेशिन

पोखरा, २६ असोज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यवसायिक शिक्षाको विकासका लागि...

पाःलाम प्रतियोगिताको पुरस्कार वितरणपश्चात शान्तिराम खरेलको गाउँ नडाहामा खुशियाली

प्रकाश दिप्साली राई नडाहा, २५ असोज । याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको प्रथम अनलाइन...

हिलाम्मे सडकले यात्रुलाई सास्ती

पवित्रा लिम्बू खजुम तेह्रथुम, २५ असोज । तेह्रथुम बसन्तपुर म्याङ्लुङ सडकखण्ड विगत केही वर्ष...

पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

धरान, १० अक्टोबर । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन्...

प्रदेश नं. ५ को राजनाधनी रुपन्देही जिल्ला नै हुनुपर्नेमागसहित प्रदर्शन शुरु

गंगा खापुङ लिम्बू रुपन्देही, १८ असोज । प्रदेश नं. ५ को राजधानीको लागि रूपन्देही...

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, १७ असोज । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित मिलाप...