संघीय तमुवान मञ्च कास्कीको अध्यक्षमा सन्तोस आले - Naya Online

संघीय तमुवान मञ्च कास्कीको अध्यक्षमा सन्तोस आले

कास्की, १ कार्तिक ।

पहिचानसहितको १०ं१ प्रान्त स्थापनाको मुल मुद्धाका लागि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तमुवान मञ्च अन्र्तगत शनिवार पोखरामा जिल्ला समिति कास्की र साँस्कृतिक मञ्च तमुवान घोषणा गरिएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा तमुवान मञ्च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले तमुवान मञ्च नेपाल जिल्ला कार्यसमिति कास्की साँस्कृतिक मञ्च तमुवान घोषणा गरेका हुन।

तमुवान मञ्च कास्की र कलाकार मञ्च तमुवानको घोषणा गर्दै कार्यक्रमका मुख्य अतिथि पहिचानवादी नेता गजेन्द्र लिम्बुले पहिचानसहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए। प्रसासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेकालाई मर्मसहितको संघीयता स्थापित गर्नका लागि सबै जुट्न आग्रह गर्दै अब कास्की र तमुवानमा पहिचानको अभियानमा सशक्त रुपले अघि बढाउने घोषणा गरे।

पहिचानको आन्दोलनलाई शसक्त बनाउन घोषित तमुवान मञ्च नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्षको जिम्मेवारी सन्तोष आले पाएका छन्। १७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अम्मर छन्त्याल, सदस्यहरुमा भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्ती रहेकाछन्।

यसरी नै शनिवार नै घोषित १३ सदस्यीय संघीय साँस्कृतिक कलाकार मञ्च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट रहेकाछन्।कलाकार मञ्चको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गिता थापा, जुना विक, कमलबहादुर कार्की, शिला थापा रहेकाछन्।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

खसान सघर्ष समितिद्धारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन गर्ने

काठमाडौँ, ७ कार्तिक। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै,तिहार,छठ पर्वको उपलक्ष्यमा शुभकामना...

प्रधानमन्त्रीलाई प्रश्न,शुभ कामनामा चुच्चो नक्सा खै ?

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभ कामना व्यक्त गर्नुहुदा प्रयोग...

कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई कांग्रेशको आग्रह

काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्न...

प्रधानमन्त्री र रअ प्रमुखको वार्ता मर्यादा विपरीत : भिम रावल

काठमाडौं, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले प्रधानमन्त्री र रअ...

हाङ्पाङमा लिम्बुवान मञ्चको माखाथोक टोल समिति गठन

ताप्लेजुङ, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य...

ताप्लेजुङमा लिम्बुवान मञ्च सक्रिय बन्दै, खुवा टोल समिति गठन

ताप्लेजुङ ,६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य...

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक । झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.)...

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध...

उपचार निशुल्क गर्न भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ५कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना...