मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक - Naya Online

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा


सुनसरी, ३ कार्तिक ।
पछिल्लो समय एकपछि अर्को गर्दै गीत बजारमा ल्याउदै आएकी गीतकार मुना बान्तावा राईले अर्को “बिश्वासको आशा रोपी ….”  बोलको गीत आफ्ना श्रोता तथा दर्षकमाझ ल्याएकी छिन ।

हिजो युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक भएको हो । बराहक्षेत्र–३ नडाहाकी मुना बान्तावा राई हाल वैदेशिक रोजगारको शिलशिलामा ओमानमा रहेर बचेखुचेको समयमा निरन्तर साहित्य र सङ्गीत साधनामा तल्लिन छन् । मुना बान्तावाको यो गीतलाई लोकप्रिय गायिका रचना रिमालले गाएकी छिन् भने गीतमा सङ्गीत तथा कम्पोज सुनिल राईले गरेका छन् । एरेन्ज राजु कार्कीको रहेको छ । सो गीतमा निर्देशन तथा क्यामेरा देव पुन मगरको रहेको छ । गीतलाई सम्पादन सुबाश जि.सी.ले गरेका छन् । मायाको नाममा गरिने विश्वासले जीवनमा अनेकौं उतारचढाव आउने र अनावश्यक बिश्वास हानिकारक हुने सन्देश यो गीतमा रहेको छ ।

यस अघि पनि उनको कयौं गीतहरु बजारमा आइआकेका छन् भने कविता तथा गजलहरु पनि निरन्तर प्रकाशित भैरहेका छन् । गीत सार्वजनिक पश्चात् गीतकार मुना बान्तावाले गीत सुनेर तथा हेरेर रचनात्मक प्रतिक्रिया दिन अनुरोध गरिन् । “यो गीतलाई राम्रो बनाउन निक्कै कोसिस गरेकी छु, सुरुवाती प्रतिक्रिया राम्रै छ, अब अरु प्रतिकृया र सुझावको प्रतिक्षामा छु । यहाँहरुको सल्लाह र सुझाव अनुसार अघि बढ्ने छु ।” नयाँ अनलाइनसङ्गको कुराकानीको बिट मरौनीमा मुना बान्तावाले बताइन् ।

यहाँबाट भिडियो हेर्नुहास् 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुल्वा सुब्बालाई आर्थिक सहयोग

काठमाडौं, २८ शुक्रबार । नेपाली गीत संगीतमा अनवरत लागिरहेका कुल्वा सुब्बालाई पत्निशोक तथा सुब्बा...

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा सुनसरी, ३ कार्तिक । पछिल्लो समय एकपछि अर्को गर्दै गीत...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...

दयाहाङ र एलिसा राईको अभिनयमा ‘हुरुक्कै भएँ म’

काठमाडौ, १९ माघ । राजन मुकारुङको शब्द रहेको ‘हुरुक्कै भएँ म’ बोलको गीतको म्युजिक...

आङ्साङ मोक्तानबाट अभिनित (तिङला माया) को भिडियो सार्वजनिक, दर्शकले हेर्नै पर्ने

हेम बोम्जन, काठमाडौ / गायक बिरेन्द्र दोङ तामाङको प्रेम गीत तिङला माया सार्बजनिक भएको...

विजयले ल्याए ‘सयौँ तारा’ (भिडियोसहित)

काठमाडौँ । गायक विजय मुकारुङ राईद्वारा स्वरबद्ध ‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक...

मुग्लान म्हिला ह्युल म्युजिक भिडियो मलेसियामा लन्चिङ (भिडियो सहित)

फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युल” म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्यरुपमा लन्चिङ...