देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह - Naya Online

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले गरेको कोरोनाको सशुल्क उपचारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।

संविधानको धारा ३५ ले आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको बताउनु हुदै कसैलाई भदभाव नगरि कोरोनाको परिक्षण र उपचार निशुल्क गर्न सभापति देउवाले सरकारसँग माग गर्नु भएको हो ।

सभापति देउवाले महामारीमा जनताको निःशुल्क उपचार गर्नु राज्यको आधारभूत दायित्व हो । यस्तै महामारीमा राज्यको भरोसा हुन्छ भनेरै जनताले सरकारलाई कर तिर्ने हो । तर महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्ने बताउनुहुदै आफ्नो दायित्वबाट नभाग्न सरकारलाई आग्रह समेत गर्नु भएको छ ।

“संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा हरेक जनतालाई कुनै भेदभाव नगरी स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व हो।, म सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गरि सर्वोच्च अदालतको पटक पटकको आदेशलाई समेत पालना गर्दै हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निशुल्क गराउन जोडदार माग गर्दछु।” सभापति देउवाले टुईटरमा लेख्नु भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

प्रधानमन्त्री केपी शर्मा ओली अब टिकटकमा

काठमाडौं, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी...

धीरज राईको आँखामा युरोप

चर्चि गायक धिरज राईले युरोपका १० देशहरू – डेनमार्क, जर्मनी, स्वीटजरल्यान्ड, बेल्जियम, फ्रान्स, स्पेन,...

चिउरामाक्रा र सुकनाक्रा खोज्दै जादा…

  भैरब आङ्ला पुरानो हडेसन पाण्डुलीपिको लिम्बू नेपाली उल्थासँगै लिम्बू गोर्खा युद्धकालमा दिईएका विभिन्न...

चुम्लुङद्वारा किरात धर्म लेखाउन अपिल

युमा साम्योको अनुरोधमाथि जवाफ दिएर चुम्लुङले विभाजनको रेखा कोरेको युमा समूहको आरोप काठमाडौं, ८...

मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण

(Mundhum, Sawayethang, Eight Ray and Ten Limbus: A Critical Analysis)     नन्द कन्दङवा...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं, ३० कात्तिक । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’...

त्रासदीपूर्ण ती तिनरात

इक्साहाङ चेम्जोङ बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी...

अलविदा गजेन्द्र इस्वो दाई

नरप्रसाद लिम्बु लुम्फुङवा अरू दिनभन्दा कार्तिक १८ गते तदअनुसार नोभेम्बर ३ को बिहान छिटो...

निराश नागरिक र नेकपाको अबको बाटो

इन्द्र नारथुङे वर्तमान नेकपा सरकारसँग आम नागरिकहरुको ठूलो अपेक्षा थियो । यस्तो अपेक्षा हुनु...