झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन - Naya Online

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक ।


झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत खुवाइएको छ ।यो संगै कमाण्डरहरुलाई विभागिय जिम्मेवारी दिने निर्णय समेत एल.भी. केन्द्रीय कमाण्डले जनाएको छ ।

विशेषत अरुण पूर्व नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य निर्माणको निमित्त विगत १५ बर्ष देखि एल.भी.हरु लिम्बुवान भूमि रक्षाको निमित्त विना वर्दी र विना हतियार आन्दोलनरत युवाहरुको समूहलाई लिम्बुवान भोलेन्टियर्स एल.भी. भनेर मञ्चले स्वयम्सेवकको रुपमा नौ जिल्लामा परिचालित गरेको छ ।

मञ्चका केन्द्रीय सचिव तथा एल.भी. प्रवक्ता राजु राईले लिम्बुवान भोलेन्टियर्सहरु भूमि रक्षक भएकाले देश संघीयतामा गएतापनि राज्य सत्ता पुरातन प्रवृधिमा गई पुरानै पञ्चायती शैलीमा शासन सत्ता चलाउने दुस्साहस गरेको हुँदा भोलेन्टियर्सहरुलाई सक्रिय बनाउन सबै स्थानीय स्तरमा कमाण्ड गठनलाई तिब्र बनाएको बताए । त्यसैगरी उनले भने, अब सरकार हरेक ढंगबाट सत्ता संचालनमा चुकि सकेको हुँदा जबसम्म पहिचानमा आधारित लिम्बुवान सहितको १०ं१ प्रान्तमा राज्यको पुनःसंरचना हुँदैन एल.भी.हरु लड्न तयार भएको बताए । त्यसैगरी उक्त गठन कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य भिम सुनुवार, पहिचान सदस्य तथा शिवसताक्षी नगर संयोजक प्रकाश लिङ्देन, जिल्ला नेता शुभानसिंह कुरुम्बाङ् त्यसैगरी लिला लावती, अर्जुन लावती, विचारी लावती लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

उक्त कमाण्ड गठन कार्यक्रममा उपफिल्ड कमाण्डरहरुमा सन्जीव परियार, रतन सिगु, सञ्जय सिगु, दिल कुमार इङ्नाम चयन भएका छन् भने फिल्ड कमाण्डरहरुमा साजन सेर्मा, राजेन्द्र सेर्मा, सविन चेम्जोङ् नियुक्त भएका छन् । त्यसैगरी उक्त कार्यक्रममा ३५ सदस्य एल.भी. कमाण्ड गठन गरिएको नगर संयोजक प्रकाश लिङ्देनले बताए ।

कार्यक्रम लिम्बुवान भोलेन्टियर्स सिनियर फिल्ड कमाण्डर सुमन सम्बाहाम्फेको अध्यक्षता र सिनियर फिल्ड कमाण्डर बादल राईको संचालनमा सम्पन्न भएको हो । यो संगै सबै वार्डहरुमा एल.भी. वार्ड कमाण्ड समेत गठन गर्दै जाने नेता लिङ्देनले बताएका छन् ।

स्रोत : लिम्बुवान खबर

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ओखलढुंगाको खिजिदेम्बामा जनता समाजवादी पार्टी

ओखलढुङ्गा, १७ मंसिर । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं ९ मा डेन्डी शेर्पाको अध्यक्षतामा...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्न तयार भएमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान...

संघीय दलित शिल्पी मन्च गोकर्ण नगरपालिका गठन

काठमाडौँ, १३ मंसिर । काठमाडौँ गोकर्ण नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय दलित...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...

डा.भट्टराईको सक्रियता देखेर खुसि छु : गोकुल बास्कोटा

काठमाडौँ, ९ मंसिर । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल...

नेकपा विवादमा चिनियाँ राजदुत यान्छीको सक्रियता

काठमाडौं,८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ...

बैठक छल्न अराजनितीक कार्य गरियो : रामकुमारी झाक्री

काठमाडौँ, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतृ रामकुमारी झाक्रीले बैठक...

खसान प्रान्तको माग गर्दै माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन

काठमाडौँ, ७ मंसिर । खसान राष्ट्रिय संघर्ष समितिले काठमाडौँस्थित माइतिघर मण्डलामा खसान प्रान्तको माग...

सत्तारुढ दल नेकपामा नेताहरुको दोषारोपणको दोहोरी

काठमाडौँ , ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुहरुबिच सामाजिक संजालहरुमा...