कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई कांग्रेशको आग्रह - Naya Online

कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई कांग्रेशको आग्रह

काठमाडौं, ६ कार्तिक ।


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई कांग्रेशको आग्रह गरेको छ ।

कोरोनाका कारण प्रत्येक नागरिक आफू र आफ्नो परिवारको स्वास्थ्यको विषयमा चिन्तित र सर्वत्र त्रास भईरहेको अवस्थामा जनताको आभिभावको रुपमा उभिनु पर्ने सरकार जनतालाई झनै पिडा थप्दै कोरोनाको परिक्षण र उपचार पनि आफ्नै खर्चमा गर्ने निर्णय निन्दनिय र लज्जास्पद भएको बताउदै विज्ञप्तिमार्फत कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको हो ।

“आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक हो ।सरकारले कुनै पनि सर्तबिना यसको कार्यन्वयन गर्नु पर्छ ।सरकारले जनताको हित विरुद्ध ,लोकतान्त्रिक मुल्य, संवैधानिक र कानुनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीलाई सजक गराउन चाहान्छु ।” पार्टी सभापति हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ओखलढुंगाको खिजिदेम्बामा जनता समाजवादी पार्टी

ओखलढुङ्गा, १७ मंसिर । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं ९ मा डेन्डी शेर्पाको अध्यक्षतामा...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्न तयार भएमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान...

संघीय दलित शिल्पी मन्च गोकर्ण नगरपालिका गठन

काठमाडौँ, १३ मंसिर । काठमाडौँ गोकर्ण नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय दलित...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...

डा.भट्टराईको सक्रियता देखेर खुसि छु : गोकुल बास्कोटा

काठमाडौँ, ९ मंसिर । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल...

नेकपा विवादमा चिनियाँ राजदुत यान्छीको सक्रियता

काठमाडौं,८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ...

बैठक छल्न अराजनितीक कार्य गरियो : रामकुमारी झाक्री

काठमाडौँ, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतृ रामकुमारी झाक्रीले बैठक...

खसान प्रान्तको माग गर्दै माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन

काठमाडौँ, ७ मंसिर । खसान राष्ट्रिय संघर्ष समितिले काठमाडौँस्थित माइतिघर मण्डलामा खसान प्रान्तको माग...

सत्तारुढ दल नेकपामा नेताहरुको दोषारोपणको दोहोरी

काठमाडौँ , ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुहरुबिच सामाजिक संजालहरुमा...