त्रासदीपूर्ण ती तिनरात - Naya Online

त्रासदीपूर्ण ती तिनरात

इक्साहाङ चेम्जोङ


बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी भएर शरीर थकान भएजस्तो अनुभूति हुन थाल्यो । बेलाबेला खोकी पनि शुरु भयो ।

घरमा पुग्दा निकै थाकेजस्तो भयो । भित्री ज्वरो आउन थाल्यो । शरीर निकै भारी भयो । दिउँसो भोक लागेको थियो, त्यो पनि हरायो । तताएर सेलाएको पानी चाहिँ दुई गिलास पिएँ । बेलुकाको खाना एक दुई गाँस टिपेजस्तो गरें रुचेन र छोडी दिएँं । सिटामोल एक दाना खाएर म ढल्के । निन्द्रा लागेन, अस्पट, छटपट हुन थाल्यो । श्वास रोकिन खोज्छ, फोक्सो नै ड्यामेज भएजस्तो हुन थाल्यो । नाँक टालिएजस्तो (रुघा लागेजस्तो) तर नाँकबाट कुनै पानी नआउने, नाक सुख्खा नै हुन्थ्यो । अनि मनमा अनेकौं तनावी कुराहरू खेल्न थाले ।

“अब चाहिँ पक्कै कोरोना लागेछ, म त मर्छु–मर्छु तर मेरा परिवारलाई पनि स¥यो भने के गति होला ? दमकी रोगी मेरी आमाको के हालत हुने होला ?” यी भावनात्मक बियोगसँगै अनन्तकालिन बिछोडका ज्वालाहरू मन भरी बलेर, मुटु भतभति पोलेकोले रातभर छट्पटी भो । ज्वरो झन्झन् बढ्दै गयो । सुख्खा खोकी निरन्तर हुन थाल्यो । बेलुका नै मनुले गुर्जो, बेसार, अदुवा, लसुन, तुलसीको पत्ता, ल्वाङ लगाएर उमालेको पानी मेरो छेउमा राखेकी थिईन् । यो लक्षण यसै भन्न नसकिने भएकोले मैले उनीहरू सबैलाई मेरो नजिक नआउनु भनी सकेको थिएँ । रातभर एक्लै उठ्दै पानी पिउदै ढल्किदै गरे । बिहान भयो तर थोरै पनि आराम भएन ।

बिहान फेरि नयाँ उमालेको पानी पिएँ (जडिबुटी सहितको) । बिहानको खाना राखी दिए तर हेर्नै मन लागेन बलगरेर एक दुई गाँस उठाएँ हरियो डल्ले खुर्सानी मागेर टोकेँ, जिब्रोले पिरो नै थाहा पाएन । त्यसो त खानाको रस नै थाहा पाईएको थिएन । नाकले कुनै गन्ध नै थाहा पाएको थिएन । घाँटीबाट पानी बाहेक केही छिर्न सकेन । तै पनि मलाई हस्पिटल जान मन लागेन । घरमै सुरक्षीत बस्ने । र, नजाने अठोट गरेर बसें । त्यही जडिबुटी, र सिटामोलको साथमा चिरेटो, टिमुर, सिलटिमुर, खानाक्पा, चिम्भिङ निरन्तर सेवन गर्दै तातो पानीको बाफ बेलाबेला लिदै सुतें ।

यसरी नै अनेकौं त्रास र थकानसहित दुई दिन तिनरात बितेर गए । तर स्थिति उस्तै रहयो । अब यस्तै रहयो भने भोलि या चौथौ दिनमा चाहिँ जे पर्ला पर्ला हस्पिटल जानुपर्‍यो भनेर मनलाई धिरज दिएँ । तर मनमा भय र शरिरमा ज्वरो उस्तै नै रहयो । अब कुनै बेला यो मेरो शरीरलाई सेतो प्लास्टिकले लपेटेर जेसीबीले खनेर अलग्गै पुर्दै गरेको दृश्यहरू मैले नदेखे पनि फेसबुकभरी कुद्नेछ । फेसबुकको भित्ताभरी मलाई श्रद्धाञ्जली दिदै गरेको हुनेछ । यस्तै–यस्तै भयवित कल्पनाले हो कि ज्वरोले हो श्वास रोकिनु खोज्थ्यो । बल गरेर श्वासप्रस्वास गरिरहेँ । यो समयमा मेरा नजिकका साथिहरूसँग पनि यो कुरा गरेको थिएन मैले र गर्न चाहिन पनि । तर घरमा सुरक्षित नै बसिरहेँ ।

चौथो रातमा मलाई केही सहज भए जस्तो भयो (अघिल्लो तिनरातको भन्दा) । श्वासप्रश्वासमा गाह्रो भएन, ज्वरो भए पनि नाँकबाट केही गन्धहरू थाहा पाएँ । मुख आफैमा सामान्य मिठास हुन थाल्यो । खाना पनि अलिअली रुच्न थाल्यो । त्यो बिहानदेखि मुस्किलले तीनचार गाँसचाहिँ खान थाले । खुर्सानी पिरो भएको जिब्रोले अलिअलि थाहा पायो । अनि चाही लाग्यो “अब बाँचे” तर ज्वरो प्रायः उस्तै नै रहयो । फेरि पनि हस्पिटल नजाने निर्णय गरेँ ।

यो बिचमा मलाई अनेकौं चिन्ताहरू थिए/छन् । तर अति महत्त्वपूर्ण चाहिँ प्रथम बिश्वब्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० को रहयो/छ । मलाई यो बेला सम्ममा मानसिक विक्षिप्त नै भएको थिएँ/छु । सदस्यहरू र निर्णायकहरूसँग बारम्बार सम्पर्कमा रहन सकिन/सकेको छैन । मतलब अझै पनि मेरो स्वास्थ्य र मानसिक सन्तुलनले सहि गति लिन सकेको छैन । यसमा मेरा सम्पुर्ण सरोकारवालाहरू माथी क्षमाप्रार्थी चाहन्छु । अहिले मेरो स्वास्थ्य स्थिति सामान्य भएको छ । सामान्य ज्वरोको अनुभुति र बेलाबेला टाउको दुख्नेबाहेक केही छैन । अझै पनि जडिबुटी र ज्वरोको औसधी सेवन गर्दैछु । हामी सब परिवार नै जडिबुटी खान्छौं । अब भने म पूर्ण रूपमा बाँच्न सक्छु भन्ने हिम्मत छ । मेरा लागि फेसबुकमा, म्यासेन्जरमा र प्रत्यक्ष कलमा जो जसले स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँहरूलाई अनगिन्ति धन्यवाद ।

यो अनुभुति लेख्दै गर्दा मलाई कोरोना नै लागेको हो भन्न पनि सक्दिन । किनकि म सँग डाक्टरी रिपोर्ट छैन । तर मलाई यो सालचाहिँ अनौठो रुघाखोकी र ज्वरो चाहिँ पक्कै आएकै हो । सायद हल्लाले गर्दा पनि अलिक धेरै मनमा त्रास भएको हुन सक्छ । त्रासले गर्दा पनि अनौठो लागेको हुन सक्छ । तै पनि यो समयमा हामी सबै सचेत रहौं । कोरोना लाग्ने सबै मरिन्छ भन्ने नसोचौं । नजिकका एकजनालाई लाग्दा मलाई पनि सर्यो होला भनेर नडराउँ । निको भएर बसेकाहरूसँग छिछिदुरदुर नगरौं । आत्माबल बढाउँ । मेरा तिनरातका त्रासदीहरू केवल त्रास नै त्रासले मात्र बितेको हैन बाँच्नुपर्छ म बाँच्छु भन्ने हिम्मतहरू पनि थिए । तर भयवित अनावश्यक कुराहरूले अलिक पिरोलेको मात्र हो ।

सचेत रहौं आफू बचौं अरुलाई पनि बचाउँ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

प्रधानमन्त्री केपी शर्मा ओली अब टिकटकमा

काठमाडौं, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी...

धीरज राईको आँखामा युरोप

चर्चि गायक धिरज राईले युरोपका १० देशहरू – डेनमार्क, जर्मनी, स्वीटजरल्यान्ड, बेल्जियम, फ्रान्स, स्पेन,...

चिउरामाक्रा र सुकनाक्रा खोज्दै जादा…

  भैरब आङ्ला पुरानो हडेसन पाण्डुलीपिको लिम्बू नेपाली उल्थासँगै लिम्बू गोर्खा युद्धकालमा दिईएका विभिन्न...

चुम्लुङद्वारा किरात धर्म लेखाउन अपिल

युमा साम्योको अनुरोधमाथि जवाफ दिएर चुम्लुङले विभाजनको रेखा कोरेको युमा समूहको आरोप काठमाडौं, ८...

मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण

(Mundhum, Sawayethang, Eight Ray and Ten Limbus: A Critical Analysis)     नन्द कन्दङवा...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं, ३० कात्तिक । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’...

त्रासदीपूर्ण ती तिनरात

इक्साहाङ चेम्जोङ बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी...

अलविदा गजेन्द्र इस्वो दाई

नरप्रसाद लिम्बु लुम्फुङवा अरू दिनभन्दा कार्तिक १८ गते तदअनुसार नोभेम्बर ३ को बिहान छिटो...

निराश नागरिक र नेकपाको अबको बाटो

इन्द्र नारथुङे वर्तमान नेकपा सरकारसँग आम नागरिकहरुको ठूलो अपेक्षा थियो । यस्तो अपेक्षा हुनु...