ओयामको दस्ताबेजिकरण पुस्तक ओयाम एक तस्वीरको लोकार्पण - Naya Online

ओयामको दस्ताबेजिकरण पुस्तक ओयाम एक तस्वीरको लोकार्पण

प्रकाश दिप्साली राई,नडाहा


सुनसरी,२७ कार्तिक ।
कवि तथा साहित्यकार सुजन सेलिङद्वारा तयार पारिएको ऐतिहासिक खोजमुलक पुस्तक “ओयाम एक तस्वीर” गत २४ गते सोमबार लोकार्पण गरिएको छ ।

पुस्तक भित्र ओयामका महत्वपूर्ण पक्षहरू समेटिएको छ । राजनैतिक, सामाजिक, आर्थिक, पुरात्वतिक र ओयामका पञ्चायती व्यवस्थादेखि आहिलेसम्मका ओयामलाई नेतृत्व गर्ने व्यक्तित्वको जिवनी पढ्न पाइने छ । साथै गायक, साहित्यकार, कलाकार ,खेल खेलाडीहरुको योगदानको कदर गर्दै पुस्तकमा उच्च सम्मानका साथ समेटिएको छ । विभिन्न पर्यटकीय धार्मिक स्थल जैविक विविधता को बारेमा वर्णन गरिएको छ ।

याङ्वरक गाउँपालिका वडा नं. ३ मा अवस्थित ओयामको इतिहास कालदेखि वर्तमान सम्मका सम्पुर्ण विषयवस्तुहरुलाई समेटेर तयार गरिएको उक्त पुस्तक सोमबार याङवरक गाउँपालिका वडा नं. ३ स्थित श्री गुप्तेश्वर माध्यमिक विद्यालयको सभाहलमा विमोचन गरिएको थियो ।

याङ्वरक गाउँपालिका वाड न ३ वडा समिती र सारथी युवा मंचको संयुक्त आयोजित पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगूको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि याङ्वरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे साथै याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ, प्रवक्ता बिमल राई, साहित्यकार प्रेम ओझा, पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक, सामाजिक अभियन्ता, पुस्तक समिक्षक तथा साहित्यकार मधुराज केरुङ ‘केवाहाङ’, साहित्यकार उदय साउदेन लगायत स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघरसंस्थाका प्रतिनिधि, शिक्षक साथै स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

पुस्तक बिमोचनको क्रममा बोल्दै पुर्व मन्त्री जबेगुले सम्पुर्ण स्थानीय तहमा रहेका सम्बन्धित निकायले पनि यस्ता दस्तावेज मुलक पुस्तक निर्माण कार्यमा सहयोग तथा मार्गनिर्देशन दिनु पर्ने बताउदै लेखक सेलिङलाई बधाई दिए थिए । यस्तै याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले पुराना पुस्ताको सम्मानलाई नयाँ पुस्ताले उहाँहरुको योगदानलाई वृत्तचित्र झैँ उतारेर एउटा दस्तावेज बाट आफुले पनि केही ज्ञान प्राप्त गरेको बताएका थिए । सो पुस्तकमाथी साहित्यकारहरु प्रेम ओझा, मधुराज केरुङ, उदय सावदेन र याङ्वरक गाउँपालिकाका प्रवक्ता बिमल राईले समिक्षा गरेका थिए ।

कोरोना कहर बिच पनि पुस्तक बिमोचन कार्य सफल पार्न सबैको उपस्थिति तथा सहयोगी मनलाई हृदयबाट धन्यवाद दिदै आफ्नो जन्मभुमी प्रतिको मायालाई सदैव आत्मासाथ गर्दै अघि बढ्ने भन्दै लेखक सेलिङ्ले खुशी व्यक्त थिए । सो कार्यक्रमको सभाअध्यक्ष याङ्वरक गाउँपालिका(३ वडा समिति सदस्य मचिन्द्र सेलिङ रहेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नयाँ राष्ट्रनिर्माताको खोजी

बच्चु हिमांशु पृथ्वीनारायण शाह थिए एक कथित राष्ट्रनिर्माता उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन...

बेवारिसे लासको सम्बोधन

सुनिल आङ्बो यो अपरिचित वर्णमालाजस्तो पृथ्वीको क्लान्त कुनामा म जन्मिएको हुँ म जन्मदा न...

चुट्किलाको शासक

सन्जित फलाना सरकार ! ठिक यतिखेर स्वीकार्य छ मलाई विद्रोही बन्न सजिलो त कहाँ...

हतुवागढीको अर्को ठूलो महोत्सव “हसनपुर साहित्य महोत्सव–२०७७” हुदै ।

प्रकाश दिप्साली राई, सुनसरी । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा आगामी पुष २९ र माघ...

‘म देशकै मिठो सपना हुँ’

आचार्य प्रभा सपना, तिम्रो स्वच्छ र कोमल मनको कसरी गरूँ म प्रशंसा ? एउटी...

गजल – चबेगु राज “सानु”

कोही बाँच्छन् चोक चोकमा पानी बेचेर बाँचिरहेछ उ सहरमा जवानी बेचेर तरिका मात्र फरक...

उभौलीमा भेट्ने वाचाका साथ सकियो “साकेला साहित्य महोत्सव ”

प्रकाश दिप्साली राई ,नडाहा । किरात समुदायको महान चाड उधौलीमा आयोजित ,साकेला साहित्य महोत्सव...

फिक्कलको उकालो बजारमा

काठमाडौँ, १७ पुस । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निबन्ध सङ्ग्रह फिक्कलको उकालो बजारमा...

कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती

काठमाडौँ, १५ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती प्रज्ञा...

गजल

हो ! सरकार यहाँ, नदी नाला बेच्दैछ ऊ आफ्नो घरको ,चाबी ताला  बेच्दैछ ।...