लेलेस्थित मनकामना मन्दिरलाई आर्थिक सहयोग - Naya Online

लेलेस्थित मनकामना मन्दिरलाई आर्थिक सहयोग

ललितपुर २७ कात्तिक । लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर विसं २०६२ मा जनश्रमदानबाट निर्माण शुरु गरिएको हो । सो मन्दिर गोरखाको वैकल्पिक मनकामनामाईका रूपमा स्थापना गरिएको थियो । मन्दिर निर्माण उपभोक्ता समिति गठन गरेर जनश्रमदानबाट तीन लाख र दुई लाख बराबरको जिन्सी सामान उठाएर मन्दिर निर्माणको काम सुरु भएको थियो भन २०६४ साल वैैशाख २२ गतेबाट मन्दिर उद्घाटन गरेर देवीको पुजा, आरधाना थालिएको थियो । त्यसताका मन्दिर निर्माण शुरु गरियो तर यसलाई पूर्णता दिन प्रर्याप्त रकम भने थिएन । यसलाई जसरी भए पनि अघि बढाउनुपर्ने बाध्यता रहँदा २०६८ सालमा भागवत लगाएर त्यसबाट सङ्कलित केही रकम मन्दिरमा खर्च गरिएको थियो ।
अहिले पनि मन्दिर सुधारका लागि बिभिन्न संघ, संस्था र मनकारी दाताहरूबाट आर्थिक सहयोग जुट्ने कार्य भैरहेको छ । ‘हाम्रो नेपाल हामी नेपाली’ का संयोजक ज्ञानेन्द्र शाही र समाजसेवी राजकुमार महर्जनको अग्रतामा कात्तिक २७ गते एक कार्यक्रमको आयोजना गरि मन्दिर ब्यवस्थापन केही रकम हस्तान्तरण गरेका छन् । रकम सहयोग गर्नुहुने सहयोगी अभियान्ताहरूमा संयोजक ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्यहरूमा राजकुमार महर्जन, सदस्य शुरेस शाही, सन्तोष महत, संजय राज अधिकारी, कञ्चन सिलवाल, सुनिता पाख्रिन, सञ्जु रञ्जित, भीम मैनाली, क्रान्ति बराईली, ललितपुर जिल्ला सल्लाहकार बिम्लेस्वर प्रधान, लपु जिल्ला सदस्य दिपेन्द्र देसार, समाजसेविहरूमा सुनिल महर्जन, कपिल श्रेष्ठ, सन्जिव बस्नेत, बिकास थापा, दिल बहादुर घल, धन बहादुर लामा, कमल, पुरुषोत्तम बस्नेत, बिपिन अधिकारी, राकेश जोशी, सबिन गुरुङ, मोहित गुरुङ, लि गुरुङ, शेरबहादुर वाइबा, लभ सिल्वाल, केसब आचार्य रहेका छन् । उहाँहरूले आफुखशी एक हजारदेखि पाँच हजारसम्म आर्थिक रकम सहयोग गरेका थिए ।
हाल बढ्दो कोभिड महामारीले कसैलाई पनि नआउन अनुरोध गरिएको र घुम्न आउने मानिसबाट उठेको रकम भने मन्दिरमा आवश्यक काम तथा सामान, भजनकृतन, वार्षिक कार्यक्रम तथा बाजागाजामा खर्च हुने गरेको मन्दिरका संस्थापक अध्यक्ष ठुलाबहादुर तामाङले बताए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘रिङ्केबुङको राँगोलाई…’ का गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

पबित्रा लिम्बू खजुम दमकर, १८ मङ्सिर । दमक, नेपाल चलचित्रकर्मी महासंघ १ न. प्रदेशको...

प्राज्ञ राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको लोपोन्मुख लोकभाकाको स्थलगत अनुसन्धान

ताप्लेजुङ, १८ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

रसुवामा अनलाइन तथा भिडियो पत्रकारिता तालिम

रसुवा, १७ मंसिर । रसुवामा पहिलो पटक अनलाइन तथा भिडियो पत्रकारिता तालिम सञ्चालन भएको...

सेवा निवृत प्रधानाध्यापक बोहोराको विदाई

पदमसुखी सम्बाहाम्फे पाँचथर, १७ मंसिर । कुम्मायक गाउपालिका वडा नं. ५ को महेन्द्रोदय माध्यमिक...

क्यान्सरपीडित सीता राईलाई सहयोग जुटाउन समूह निर्माण

पबित्रा लिम्बू खजुम दमक, १७ मङ्सिर । सामाजिक सन्जाल फेसबूकबाट सञ्चालित “हाम्रो ऐतिहासिक सागुरीगढी...

पि सि आर जाचमा सबैको नेगेटिभ रिपोर्ट

पान्थर ,१३ मङ्सिर । कुम्मायक गाउँपालिकाको यासोकमा गत बुधबार ३० जनामा गरिएको कोरोना भाइरस...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

युमा साम्याे महासभाकाे सङ्गठन विस्तार जारी

धरान  । राष्ट्रिय जनगणना २०७८ मा युमा धर्मलाई उल्लेख गराउन सक्रिय भएर लागेको युमा...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...