कुल्वा सुब्बालाई आर्थिक सहयोग - Naya Online

कुल्वा सुब्बालाई आर्थिक सहयोग

काठमाडौं, २८ शुक्रबार । नेपाली गीत संगीतमा अनवरत लागिरहेका कुल्वा सुब्बालाई पत्निशोक तथा सुब्बा आफै पनि निमोनिया ग्रस्त भएकोमा शुभेच्छुकबाट आर्थिक सहयोग भएको छ ।

सुब्बापत्नि ललिता चाम्लिङ लामो समयदेखि मृगौलापीडित थिइन् । उनले गत कात्तिक १० गते कोरोनाबाट मृत्युवरण गर्न पुगेकी छिन् । त्यसबेला कुल्बालाई पनि सोही लक्षणका कारण आइसोलेसनमा राखिएको तर कोरोना नेगेटिभ आएको थियो ।

सुब्बाको अवस्था थाहा पाएका चलचित्र निर्देशक किशोर सुब्बाले प्रादेशिक कलाकार मञ्चनामक म्यासेन्जर ग्रुपमार्फत अभियान चलाएका थिए । उक्त अभियानबाट संकलित ८४ हजार ५ सय ४ रुपैया विहिबार किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव तथा कलाकार यासेली योङहाङबाट हस्तान्तरण गरिएको छ ।

रकम सहयोग गर्नेहरुको नामवली तथा रकम सञ्चारकर्मी गायक राजेन्द्र केरुङले जानकारी गराएका थिए । सहयोग गर्नेहरुमा पुष्प श्रेष्ठ (विराटनगर) रु. ५,०००।–, बाबुराम न्यौपाने (विराटनगर) रु. १,५५१।–, विनोद पोमू (अमेरिका) रु ६,०२३।–, सुमन थाम्सुहाङ (अमेरिका) रु. ३,०००।–, जीतकुमार लिम्बू (किशोर सुब्बा, अमेरिका) रु. १५,०००।–, दुर्गा नेम्बाङ रु. २५००।–
अमर सेन्दाङ रु. ३०००।–, दिलसिङ्ग मेन्याङ्बो रु. १७९३०।–, प्रीती योगी रु. २०००।–, शोभा खजुम रु. १०००।– छन् । त्यसैगरी अन्य सहयोगीहरुमा शर्मिला याक्सो रु. १००००।–, मौसम इम्बुङ रुः ५०००।–, याशेली योङ्हाङ रु. २५००।–, निर्दोष कोईराला रु. १०००।–, लोकेन साम्बा रु. २०००।–, बबिता नेयोङ रु. २०००।–, देवेन्द्र खापुङ रु. १०००।–, जेपी नेम्बाङ रु. १०००।– र राजेन्द्र केरुङ रु. ३०००।– छन् ।

रकम हस्तान्तरणपश्चात कुल्ला सुब्बाले विरामीको अवस्थाबारे जानकारी दिँदै सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कलाकार तथा किरात याक्थुङ चुम्लुङका सचिव यासेली योङहाङले पनि सहयोग गर्नेहरुप्रति धन्यवाद गर्दै कुल्वा सुब्बालाई शिघ्रस्वास्थ्य लाभको कामना गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन । पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक...

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

मृगौलापीडित मानबहादुर खापुङलाई युकेबाट सहयोग

ललितपुर, ४ पुस । मृगौलापीडित मानबहादुर खापुङलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग गरेको छ...

क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग

काठमाडौं, ३ पुस । क्यालर्ड नामक रोगले शरीरमा ऐजेरु पलाएका विशाल केरुङको उपचारार्थ जुटेको...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग

काठमाडौं, ३ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म...

कुल्वा सुब्बालाई आर्थिक सहयोग

काठमाडौं, २८ शुक्रबार । नेपाली गीत संगीतमा अनवरत लागिरहेका कुल्वा सुब्बालाई पत्निशोक तथा सुब्बा...

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा सुनसरी, ३ कार्तिक । पछिल्लो समय एकपछि अर्को गर्दै गीत...