उत्तरी मोरङ साहित्यिक मन्चले गर्यो सिर्जना वाचन - Naya Online

उत्तरी मोरङ साहित्यिक मन्चले गर्यो सिर्जना वाचन

चबेगु राज सानु ,पाटीगाउँ


मोरङ , १ मंसिर ।महाकवि लक्षमि प्रसाद देवकोटाको ११२ औ जन्म जयन्तिको पावन अवसरमा उत्तरी मोरङ साहित्य मंन्चको आयोजनामा चौबिसेको सौरे डाडामा रचना वाचनको कार्यक्रम गरेको छ ।

कार्यक्रममा मोरङ,धनकुटा लगायतका विभिन्न ठाउँबाट साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा किरात साहित्य उथान संघ धनकुटाका अध्यक्ष श्री पुर्ण खजुम, विशेश अतिथी अस्थाई प्रहरी चौकी सम्मेवाका ईन्चार्ज श्री भोजराज कार्की,विशिष्ट अतिथी समाजसेवी श्री देबेन्द्र कुमार चेम्जोङ साथै वरिष्ठ साहित्यकार राज माङ्लाक ज्युहरुको उपस्थितिले कार्यक्रमको थप गरिमामय बनेको थियो । सौरे बजारदेखी केहि माथी पहाड पैदल यात्रा पछि मनै लोभ्याउने फक्ताङ्लुङ(कुम्भकर्ण) हिमालको दृश्य अनि वरिपरि हरियाली पहाड र दन्त लहर देखिने अन्य हिमालका टाकुराहरुले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सोही सुन्दर वातावरणमा कवि आङ्देम्बे शुक्र ‘आँसु’को कविताले सबैको मन छोयो ।

“माथी पहाडको फेदिबाट
बगरै बगर भएर
निरन्तर बगिरहेको जिन्दगी
खोलाको सुसाईले
गुमनाम भएको मेरो आवाज ।
बालुवाको ह्रासमा फसेको
मेरो पाईलाहरु
निसासिदो यि खोलाका किनार
शिरमै टेकेर यि चुचुराहरुले
अझ दबाउदै छ मलाई
उहि हिलाम्मै दलदलमा “

रचना वाचनको कार्यक्रममा कबि तथा गजलकारहरुले ढुङ्गा,माटो,पर्यावरण तथा सरकार समक्ष रचनाको माध्यमबाट गुनासाहरु पोखे । कवि टेकबिर युङ्सा,कबिन्द्र तुम्बापो,याक्थुङ्बा कान्छा,श्रीमान खजुम,सरगम खजुम,रोमि मगर लगायतले कविता राखे सुनाए भने मिलन थेगिम, सन्देश तुम्बापो, युवराज ठकुरीले गजल सुनाए । गजलकार एवम हाइकिङ साहित्यका अभियानता हृदय चबेगुको गजल खुब मननीय थियो ।

“हरियो वन नेपालको धन मै बुढोलाई,ढाल्दैछ।
उनै गरिब दुःखीको अगेनामा मलाई ,बाल्दैछ।“

शुभकामना आदान प्रदानसमेत गरिएको सो कार्यक्रमका सभाध्यक्ष मन्चका अध्यक्ष सन्देश तुम्बापो रहेका थिए भने कार्यक्रमलाई कवि कबिन तुम्बापोले सन्चालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नयाँ राष्ट्रनिर्माताको खोजी

बच्चु हिमांशु पृथ्वीनारायण शाह थिए एक कथित राष्ट्रनिर्माता उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन...

बेवारिसे लासको सम्बोधन

सुनिल आङ्बो यो अपरिचित वर्णमालाजस्तो पृथ्वीको क्लान्त कुनामा म जन्मिएको हुँ म जन्मदा न...

चुट्किलाको शासक

सन्जित फलाना सरकार ! ठिक यतिखेर स्वीकार्य छ मलाई विद्रोही बन्न सजिलो त कहाँ...

हतुवागढीको अर्को ठूलो महोत्सव “हसनपुर साहित्य महोत्सव–२०७७” हुदै ।

प्रकाश दिप्साली राई, सुनसरी । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा आगामी पुष २९ र माघ...

‘म देशकै मिठो सपना हुँ’

आचार्य प्रभा सपना, तिम्रो स्वच्छ र कोमल मनको कसरी गरूँ म प्रशंसा ? एउटी...

गजल – चबेगु राज “सानु”

कोही बाँच्छन् चोक चोकमा पानी बेचेर बाँचिरहेछ उ सहरमा जवानी बेचेर तरिका मात्र फरक...

उभौलीमा भेट्ने वाचाका साथ सकियो “साकेला साहित्य महोत्सव ”

प्रकाश दिप्साली राई ,नडाहा । किरात समुदायको महान चाड उधौलीमा आयोजित ,साकेला साहित्य महोत्सव...

फिक्कलको उकालो बजारमा

काठमाडौँ, १७ पुस । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निबन्ध सङ्ग्रह फिक्कलको उकालो बजारमा...

कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती

काठमाडौँ, १५ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती प्रज्ञा...

गजल

हो ! सरकार यहाँ, नदी नाला बेच्दैछ ऊ आफ्नो घरको ,चाबी ताला  बेच्दैछ ।...