चबेगु राज सानु,पाटीगाउँ |
मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १ स्थित पाटीगाउँमा मङ्सिर ५ गते पाटीगाउँमा पहिलोपल्ट मिनि म्याराथन हुने भएको छ ।
आगामी मंसिर ५ गते हुने सो दौड बिगत लामो समयदेखी म्याराथुन गर्दै आईरहेका किरण लिम्बुको संयोजकत्वमा हुने भएको छ । किरणले बिगत केहि बर्ष यता म्यारथन प्रतियोगिता गर्दै आईरहेका छन् उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाललाई पदक दिलाएका खेलाडी पनि हुन् । विश्वमा कोभिड(१९ ले ल्याएको विषम परिस्थितिमा युवाहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ र तन्दुरुस्त राख्दै परिवर्तन समेत गर्न सकिन्छ भन्ने हेतुले यो दौड गर्न लागिएको बताइएको छ । प्रतियोगिताको आयोजकमा किरण लिम्बुका साथै डेभिट लिम्बु,बिपुल मगर लगायत छन् ।
प्रतियोगितामा १५ देखी ४० बर्ष सम्मका महिला,पुरुष खेलाडिहरुले भाग लिन पाउने आयोजकले जानकारी दिएका छन् । दौडमा पुरुषले ५.५ र महिलाले ४.५ किलोमीटर दौडनुपर्ने छ । पुरुषले पाटीगाउँबाट सुरु गरि कुमाल किरातेश्वर हाङ्साम फाल्गुन्द माङ्हिममा पुगि फेरि फर्केर पाटीगाउँ सम्म पुग्नु पर्ने छ भने । यस्तै महिला पाटीगाउँबाट दौड सुरु गरि कुमाल, इभान्जलिकल चर्ज सम्म पुगि फर्केर फेरि पाटीगाउँ पुग्नु पर्नेछ । आयोजक डेभिड लिम्बुका अनुसार पुरुष तर्फका विजेताहरुलाई क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद रु ५,०००, रु.३,५००, रु. २५०० यस्तै महिला तर्फ रु. ४,०००, रु.३,००० र रु. २,००० का साथमा मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दशौ स्थानसम्मका खेलाडीहरुका लागी प्रमाणपत्रको व्यवस्था गरिएको पनि आयोजकले जानकारी गराएको छ ।
म्याराथनमा १५ जना स्वयंसेवक परिचालित गरिने, बाटोको बिच(बिचमा खेलाडीहरुलाई पानीको ब्यब्स्था र प्राथमिक उपचारको टोलि समेत रहनेसमेत बताइएको छ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।