सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न - Naya Online

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता

१६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको खेलकुद विभागले नेपाली राष्ट्रिय चाडपर्वहरु बलिहाङ तङ्नाम, तिहार, नेपाल संवत्, म्ह:पुजा र छटको अवशरमा मैत्रीपुर्ण खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।

गत १३ निभेम्बरका दिन सलिसाम खेलकुद विभागद्वारा सम्पन्न उत्त खेलमा दोहा कतारमा रहेका २७ नेपाली फुटबल क्लबहरुको सहभागिता रहेको थियो। सो खेलमा CFC BLUE फाइनल बिजेता भएको छ भने LIMBUWAN FC उपबिजेता भएको छ । बर्वा बराह को खेल मैदानमा सम्पन्न सो खेलमा ट्रफी, नगत पुरस्कार, उत्कृष्ट खेलाडि, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलर, अनुशाशीत टिम, उत्कृष्ट रेफ्री, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड प्लेयर र म्यान अफ दी म्याच जस्ता सम्मानहरु द्वारा खेलाडिहरुलाई पुरस्कृत गरिएको थियो। सो अनुरुप CFC BLUE का क्याप्टेन अर्जुन लिम्बू उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरि LIMBUWAN FC का गोलरक्षक अनिल तामाङ उत्कृष्ट गोल रक्षक बनेका थिए भने LIMBUWAN FC का खेलाडी दिल्ली पराहाङ हाइस्कोर, CFC RED का खेलाडी पुर्ण दनुवार उत्कृष्ट डिफेन्डर LIMBUWAN FC का सगुन गुरुङ उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट रेफ्री प्रबिन राई र Trags Youth FC ले सबैभन्दा अनुशाशित टिमको उपाधी पाएका छन्। यसैगरी क्वाटर फाइनलदेखि लागू हुने गरि म्यान अफ दि म्याचमा Gurkha FC का रजन तामाङ, UPC FC का विक्की बन्जरा, CFC RED का राज राई, UNITED FC का लाविन माझी र CFC BLUE का सुमन लिम्बु, Miteri FC का आलम सन्सारी र Trags FC का प्रकास गुरुङ लगायतले म्याच म्यान अफ दी म्याचको उपाधी हात पार्न सफल भएका थिए।

फाइनल खेलमा दुबै टिमको परिणाम शून्य भई बरोबर अवस्थामा टुङ्गिएकोले ट्राई ब्रेकर द्वारा CFC RED पहिलो र LIMBUWAN FC उपबिजेता भएका हुन।। विभाग प्रमुख खगेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न खेलमा केन्द्रिय समितिको तर्फबाट वरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, प्रमुख सल्लाहकार देवि थेगुवा, उपमहासचिव सुजन पराहाङ, अर्थसचिव कुमार सिं योङ्हाङ, केन्द्रिय सचिवालय सदस्य मौसम लिङ्दम, अमिर लावती, अमृत कुरुम्बाङ, योगेश नेम्बाङ, डिकलाल लिङ्दम र तुलसी मिभक उपस्थिति रहेका खेलको समुद्धाटन समारोह Nepali Foot Ball Team (NFT) का सल्लाहकार सदस्य श्याम भुसाल द्वारा गरिएको थियो।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

पाटीगाउँमा पहिलोपल्ट मिनि दौड प्रतियोगिता २०७७ हुने

चबेगु राज सानु,पाटीगाउँ | मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १...

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...

कोरोनाविरुद्ध आत्मबल मिलोस् भन्दै ६० मिटर गहिराईमा जलयात्रा

काठमाडौं, ९ मे । नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार ‘कोरोना...

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’ यो बोलि कुनै पाटी र बजारको...

हङकङसँग नेपाल पराजित, नेपालको लगातार दोस्रो हार

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।...

नेपालको कीर्तिमानी, अमेरिकामाथि जित

काठमाडौं। काठमाडौंमा बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले...

सिद्धार्थ मेमोरियल इ. स्कुलको खेलकुद उत्सव आजबाट सूरु

प्रकाश दिप्साली राई नडाहा    ४ वटा हाउसले झण्डै २८ वटा विधामा प्रतिष्पर्धामा गर्ने ...