खोजी आवाजको बिजेता बने सुर्खेतका धीरेन्द्र र अछामकी पवित्रा - Naya Online

खोजी आवाजको बिजेता बने सुर्खेतका धीरेन्द्र र अछामकी पवित्रा

काठमाडौं, ५ मंसिर । रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणीको बसाईमा खोजी आवाजको पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।

लोकगीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागि रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाई एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिनाभित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।

देशभरका एक सयभन्दा बढि रेडियो एफएमहरूबाट एकैसाथ प्रशारण हुने कार्यक्रम ईन्द्रेणीमार्फत देशभरका लोकगीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रमको संचालन ईन्द्रेणीका सञ्चालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गर्ने गरेका छन् । खोजी आवाजको प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गायक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सीता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडी काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सीता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पुर्णकुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाण्डौ, नविन बोहरा डोटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धीरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धीरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सीता मगर, पवित्रा खड्का र धीरेन्द्र सलामी मगर रहेका थिए ।

फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धीरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लाकुरीभञ्ज्याङमाथि गीत

काठमाडौं, १९ मंसिर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने लाकुरीभञ्ज्याङ चर्चित वनभोज र भ्रमणस्थल...

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ...

अभिनेत्री श्वेता खड्का मङ्सिर २२ गते विवाह बन्धनमा बाँधिने

काठमाडौँ, १८ मङ्सिर । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले धनगढीका विजयन्द्र...

सुम्केलःरे’को म्युजिक भिडियो छायांकन

काठमाडौं, १७ मंसिर । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सहभागी जीवन केदेम र गरिमाया लिम्बूको...

यसो हेरे पूर्वतिर सार्वजनिक

काठमाडौं १७ मंसीर । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट...

१२औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वाेत्कृष्ट पाँच मनोनयन सार्वजानिक

काठमाडौं १७ मंसीर । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को...

धेरैपछि तिमीलाईमा तेजुला खतिवडा

काठमाडौं ९ मंसीर । द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेका...

यलम्बर आइडलमा सहभागी उत्कृट १० को नाम सार्वजनिक

हामी हाम्रै गीत गाउँदैछौं कि मनोरञ्जको पछि मात्र कुद्दैछौँ ? कवि/गीतकार :भुपाल राई प्रकाश...

युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी

काठमाडौं, ६ मंसिर । ‘निरन्तर बगिरहेछ खोला पुलमुनि निरन्तर बगिरहेछु म पुलमाथि सायद बग्नुको...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ६ मंसीर। लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा...