दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास
राजकुमार लिम्बु
पाटीगाउँ मोरङ, ६ मंसिर । सुमन लिम्बु र सिमा मगरले इतिहास लेखाउदै प्रथम पाटीगाउँ दौड – २०७७ हिजो तामझामका साथ सम्पन्न भएको छ । डेभिड लिम्बु, किरण लिम्बु, र बिपुल मगरको आयोजनामा भएको सो प्रतियोगितामा महिला, पुरुष गरी पचहत्तर जना खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा पुरुष तर्फ सुमन लिम्बु र महिला तर्फ सिमा मगरले प्रथम स्थान ओगट्न सफल भइन् । पुरुष तर्फको दौडमा लिम्बुले ५.५ कि: मि निर्धारित दुरि २१ मेनेट २४ सेकेन्डमा दुरि पार गर्दै प्रथम स्थान हासिल गरे । यस्तै २२ मिनेट ०७ सेकेन्डमा निर्धारित दुरि पार गर्दै यमुनी लिम्बु द्वितिय र सन्तोष राईले २२ मिनेट ४२ सेकेन्ड मा दुरि पार गर्दै तेश्रो स्थान हासिल गरे । उनीहरुले पुरस्कार स्वरुप रु. क्रमश: ५,०००/-, ३,५००/-, २,५००/- का सथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
महिला तर्फ निर्धारित दुरिलाई १९ मिनेट ३१ सेकेन्डमा दुरि पार गर्दै सिमा मगरले प्रथम स्थान ओगटिन् भने लक्ष्मी लिम्बुले २० मिनेट ३३सेकेन्डमा दुरि पार गर्दै द्धितिय तथा गोमा लिम्बुले २२ मिनेट ४ सेकेन्डमा पार गर्दै तेश्रो बन्न सफल भईन् । उनीहरुले पुरस्कार स्वरुप क्रमश : नगद रु ४,०००/- रु. ३०००/- रु २०००/-को साथमा प्रमाणपत्र तथा ट्रफी हात पारे । बिहानको समयमा खेलाडिहरु उत्साह पुर्वक मैदानमा उपस्थित भएका थिए भने दौड बिहानको ठिक ७:०० बजे सुरु भएको थियो । जस्मा ३.५ कि:मि दुरि तय गरिएको थियो भने पुरुष तर्फ ५.५ कि.मि तय गरिएको थियो ।
दशौं स्थानसम्मका दुवै तर्फका खेलाडीहरुलाई आयोजकले सान्त्वना स्वरुप प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समितिका बिपुल मगरले जानकारी दिए साथै खेलाडीहरुलाई खेलको माध्यमबाट शारीरिक तथा मानसिक विकास गराउने उदेश्यले आयोजना गरिएको पनि मगरले बताए । प्रत्येक बर्ष यस्तो प्रतियोगिता गर्ने योजना रहेको आयोजक डेभिड लिम्बुले जानकारी दिनु भयो।
बिजेता खेलाडीहरुलाई पुरुस्कार वितरण प्रमुख अतिथी केराबारी -१ का वडाअध्यक्ष चन्द्रसिंह लिम्बुको हातबाट हस्तान्तरण गरिएको थियो। पाटी स्वास्थ्य चौकी ईन्चार्ज अमरेन्द्र शाहलाई खेलाडीहरुलाई प्राथमिक उपचारको लागी खटाइएको थियो । विशिष्ट अतिथीहरुमा शरण थापा मगर, अतिथी तारा कुमारी लिम्बु, चन्द्र ब.मगर, राजेन्द्र राई लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन शुक्र बहादुर लिम्बु ज्युले गर्नुभएको थियो भने कार्यक्रम संयोजक किरण लिम्बु रहेका थिए ।
फोटो :बिपुल मगर
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।