प्रतिज्ञाको ब्यस्तता बढ्दो - Naya Online

प्रतिज्ञाको ब्यस्तता बढ्दो

काठमाडौं ६ मंसीर । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्येमबाट विभिन्न अवसरहरू पनि पाईरहेका हुन्छन् । पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरू पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ । धेरै सफल पनि भइरहेका छन् भने केही हराईरहेका पनि छन् । यस्तै बाल्यकाल देखि नै नृत्य र अभिनयमा रुचि राख्ने मोडल प्रतिज्ञा भण्डारी भविष्यमा चर्चितभन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर कला क्षेत्रमा आएकी पनि धेरै भएको छैन ।

मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र पनि हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउँने माध्येम हो । मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरू रहेका छन् भने क्षमतावान तथा कला भएकाहरूको लागि आफू चर्चित हुने राम्रो माध्येम पनि हो । वास्तवमा कलाकारितमा एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम, दाम दबै कमाउँन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिने गरेको पाईन्छ ।

मोडलिङ क्षेत्रलाई ब्यबसायिक रुपमा अगाडी बढाउँने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी मोडल प्रतिज्ञा भण्डारी इटहरीकी स्थानीय बासिन्दा हुन् । आफ्नो उज्ज्वल भविष्यको लागि संघर्षरत छिन् भने उनि अभिनित पछिल्लो म्युजिक भिडियो हिजो शुक्रबार सार्वजनिक भएको छ । देवि घर्तिमगर, मिलन घिसिङको स्वर रहेको गीतको भिडियोलाई सुवाष गौरामले निर्देशन गरेका हुन् ।
प्रतिज्ञालाई अभिनयमा राजपुलामी मगरले साथ दिएका छन् । विभिन्न कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी प्रतिज्ञाले आधा दर्जन बढी भिडियोमा काम गरेकी छन् ।

लामो समय कोरोना कहरका कारण धेरै भिडियो छुटेको र अहिले केही भिडियोहरूको कुरा भइरहको बताउने प्रतिज्ञा आगामी दिनहरू म्युजिक भिडियोको काममा अलि ब्यस्त हुने विश्वास उनले लिएकी छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लाकुरीभञ्ज्याङमाथि गीत

काठमाडौं, १९ मंसिर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने लाकुरीभञ्ज्याङ चर्चित वनभोज र भ्रमणस्थल...

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ...

अभिनेत्री श्वेता खड्का मङ्सिर २२ गते विवाह बन्धनमा बाँधिने

काठमाडौँ, १८ मङ्सिर । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले धनगढीका विजयन्द्र...

सुम्केलःरे’को म्युजिक भिडियो छायांकन

काठमाडौं, १७ मंसिर । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सहभागी जीवन केदेम र गरिमाया लिम्बूको...

यसो हेरे पूर्वतिर सार्वजनिक

काठमाडौं १७ मंसीर । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट...

१२औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वाेत्कृष्ट पाँच मनोनयन सार्वजानिक

काठमाडौं १७ मंसीर । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को...

धेरैपछि तिमीलाईमा तेजुला खतिवडा

काठमाडौं ९ मंसीर । द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेका...

यलम्बर आइडलमा सहभागी उत्कृट १० को नाम सार्वजनिक

हामी हाम्रै गीत गाउँदैछौं कि मनोरञ्जको पछि मात्र कुद्दैछौँ ? कवि/गीतकार :भुपाल राई प्रकाश...

युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी

काठमाडौं, ६ मंसिर । ‘निरन्तर बगिरहेछ खोला पुलमुनि निरन्तर बगिरहेछु म पुलमाथि सायद बग्नुको...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ६ मंसीर। लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा...